निर्णय नं. ३८३४ - उत्प्रेषण मिश्रित परमादेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८३४ - उत्प्रेषण मिश्रित परमादेश जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०३/३० २२९४ निर्णय नं. ३८३४ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको रि.नं. १९९८ आदेश भएको मिति : २०४६।३।३० मा निवेदक : भू.सु.शा.खोटाङको ब.स.नि. पदमा कार्यरत गणेशबहादुर बस्नेत विरुद्ध प्रत्यर्थी : सगरमाथा अञ्चलाधीश श्री सूर्यबहादुर सेन ओलीसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश जारी गरिपाउँ § नियममा स्पष्टसंग व्यवस्था गरिएको प्रावधानलाई कुनै हालतमा पनि नाघ्न नमिल्ने । त्यस्तो कानुनी व्यवस्था विपरीत गरिएको निर्णयलाई कानुनी त्रुटियुक्त मान्न पर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बिनोद रोक्का विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी एवं विद्वान अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान अधिवक्ता श्री हरिहर दाहाल आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार रहेछ । २. म निवेदक मिति २०३३।१२।२५ गते देखि भूमिसुधार मन्त्रालय अन्तर्गत प्रशासन तर्फको रा.प.अ.द्वि. श्रेणीको बचत सहायक निरीक्षक पदमा लो.से.आ. को सिफारिश अनुसार स्थायी नियुक्त भई भू.सु.का. खोटाङमा हालसम्म कार्यरत छु । यस अविधिमा मैले कुनै नसिहत पाएको छैन । नि.से.नि. बमोजिम भू.सु.शा. ओखलढुङ्गाको रिक्त रा.प.अ. प्रथम श्रेणी प्रशासन समूहको ना.सु. पद १ र भू.सु.शा. खोटाङ्गको रिक्त रा.प.अ. प्र. श्रेणी प्रशासन समूहको लेखापाल पद १ बढुवाद्वारा पूर्ति गर्ने आव्हान बमोजिम मैले पनि सम्पूर्ण विवरण खुलाई विपक्षी भूमिसुधार अधिकारी मार्फत बढुवा समितिमा सम्भाव्य उम्मेदवारको रुपमा फाराम प्रस्तुत गरेको थिएँ । उक्त बढुवा समितिमा सम्भाव्य उम्मेदवारको रुपमा दर्खास्त गरिएको ११ जना मध्ये मेरो नोकरी अवधि, तालिम, शैक्षिक योग्यता, कार्य सम्पादन, वर्गीकृत क्षेत्रको सम्पूर्ण हिसाब गर्दा जम्मा २३६.०५२ हुन आउँछ । तर प्रत्यर्थी मध्येका चण्डिका भट्टराईको जम्मा २१३.८२ र प्रत्यर्थी हर्कनारायण श्रेष्ठको २३५.५८८ भएकोले बढुवा समितिले २०४४।३।३१ मा योग्यताक्रम बमोजिम सिफारिश गरेकोले सोही बमोजिम भू.सु.का. राजविराज समक्ष सूचना प्रकाशित गर्न फाइल पठाएको थियो । नि.से.नि. बमोजिम गोरखापत्रमा प्रकाशित उक्त विपक्षी कार्यालयको सूचना बमोजिम मेरो नाम प्रथम र विपक्षी हर्कनारायणको नाम दोश्रो नम्बरमा थियो उक्त निर्णयमा चित्त नबुझी विपक्षी चण्डिकाप्रसाद भट्टराईले सगरमाथा अञ्चलाधीशज्यू समक्ष पुनरावेदन गर्दा विपक्षीको निर्णय अनुसार २०४५।१।१५ मा प्रकाशित सूचनामा संशोधित नामावली बनाई म निवेदकको नाम हटाई विपक्षी हर्कनारायण श्रेष्ठ र विपक्षी चण्डिकाप्रसादको नाम प्रकाशित गरेको रहेछ । विपक्षी सगरमाथा अञ्चलाधीशज्यूको निर्णयमा हर्कनारायणको श्रेणी नखुलेको शैक्षिक योग्यता बापत द्वितीय श्रेणीको नम्बर दिनुपर्ने र चण्डिकाप्रसादको विकासतर्फको नोकरी अवधि जोड्नु पर्ने भनी कारण दर्शाई मेरो नाम हटाई विपक्षी चण्डिकाप्रसादको नाम प्रकाशित गरेको रहेछ । विपक्षी सगरमाथा अञ्चलाधीशज्यूले शुरु बढुवा समितिले गणना गरेको शुरु नोकरीको निमित्त आवश्यक शैक्षिक योग्यता भन्दा एक तह माथिको शैक्षिक योग्यता हचुवा प्रकारको थपघट गर्नुभएको छ । विपक्षी हर्कनारायण र म न