निर्णय नं. १४०६-१ - बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४०६-१ - बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: माघ अंक: १० फैसला मिति :२०३७/१०/०३ २२३० निर्णय नं. १४०६-१ ने.का.प. २०३७ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३७ सालको रि.फु.नं. ४९ फैसला भएको मिति : २०३७।१०।३।६ मा निवेदक : ल.पु.जिल्ला सैंबु भैंसेपाटी घर भई हाल डि.एस.पि.कार्यालय काठमाडौंमा थुनामा रहेको आनन्द रिसालको हकमा निवेदन गर्ने एकाघरको बाबु विष्णुप्रसाद रिसाल विरूद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय हनुमानढोका समेत विषय : बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउं (१) मुचुल्काको अवस्था समेतलाई विचार गरी हुनसक्ने जरीवाना र कैद बापतको हुने बिगोको धरौटी राख्नु भनी अ.बं.११८ नं. को देहाय (१९) बमोजिम धरौटी लिई कारवाही गर्ने भनी अधिकार प्राप्त अधिकारीले आदेश पर्चा गरी धरौटी नराखेबाट थुनामा राखेकोलाई गैरकानुनी थुनामा रहेको भन्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश न्या. बासुदेव शर्मा : प्रस्तुत मुद्दामा ०३७।९।१० र ४ को डिभिजन बेञ्चबाट निर्णय हुँदा सो बेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी बाझिएकोले निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य र निवेदन जिकिर यस प्रकार छ : मेरा छोरा आनन्द रिसाल गत ०३४ साल वैशाख देखि शाही वायु सेवा निगमको सिनिएर मार्केटिङ्ग असिस्टेन्ट पदमा बहाल रही त्रिभुवन विमानस्थल कार्गो सेक्सनको काम गरी आएकोमा निज आनन्द रिसाललाई अवैध घडी पैठारी मुद्दामा परेको प्रतिवेदन, मौका मुचुल्का समेतबाट निज प्रतिवादी आनन्द रिसाल समेतको मिलेमतोबाट उक्त घडी भएको सुटकेश पैठारी हुनलागेको देखिएको हुँदा हाललाई मुख्य कसूरदार निज नै देखिएकोले निकासी पैठारी नियन्त्रण ऐन, २०१३ (संशोधन सहित) को दफा ५(१) को कसूरमा पछि मुद्दा फैसला हुँदा र बमोजिम हुने गरी हाल उक्त पक्राउ भएको घडी गोटा ५१९ को प्रति गोटा रु.२५८।– ले जम्मा रु.१,३४,६२२।– बिगो कायम भएकोले सो बिगो बमोजिम हुनसक्ने जरीवाना रु.१,३४,६२२।– कैद बापत रु.५४०।– समेत जम्मा रु.१,३५,१६२।– एकलाख पैतीसहजार एकसय बासठ्ठी रुपैयाँ धरौटीमा राखेमा निज आनन्द रिसाल तारेखमा राखी कारवाही गर्ने र धरौटी राख्न नसकेमा अ.बं.११८(१९) नं. बमोजिम थुनामा राखी कारवाही गर्ने र ट्याक्सी ड्राइभर भरतबहादुर खड्काको खास कसूर नदेखिएको निज ट्याक्सी धनी नभई खाली चालक मात्र भएको देखिएकोले आवश्यक परेका बखत ट्याक्सी समेत दाखिल गराउने छु भन्ने समेत व्यहोराको कागज निज भरतबहादुर खड्कालाई गराई सो नं. १४९७ को ट्याक्सी निजलाई नै फिर्ता बुझाई दिने समेत गरी र हाललाई निज ड्राइभरलाई समेत तारेखमा राख्ने गरी मिति ०३७।६।१३।२ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पर्चा भएको रहेछ । सो पर्चा अनुसार धरौटीको रकम निवेदकले राख्न नसकेको भन्दै जिल्ला कार्यालय हनुमानढोका काठमाडौंलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट मिति ०३७।६।१३।२ मा थुनुवामा राख्न पठाएको विषयको पत्रले त्यसको बोधार्थमा उपरोक्त अनुसार धरौटी रकम नराखेसम्म थुनुवा राखिएको छ भन्ने जनाई निवेदक आनन्द रिसाललाई बोधार्थ दिएको रहेछ । सो थुनुवा गैरकानुनी छ भन्ने कुराको निम्न जिकिर लिँदै प्रस्तुत रिट निवेदन पर्नआएको छ : ३. मेरो छोरा आनन्द र