निर्णय नं. ३८३५ - बाली लुटपिट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८३५ - बाली लुटपिट भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०३/११ २२५१ निर्णय नं. ३८३५ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०४४ सालको फौ.पु.नं. ५६९ फैसला भएको मिति : २०४६।३।११।१ मा पुनरावेदक/प्रतिवादी : ताप्लेजुङ जिल्ला पैदाउ गा.पं. वा.नं. ९ बस्ने पूर्णप्रकाश लिम्बू विरुद्ध प्रत्यर्थी/वादी : ऐ.जि. तेल्लोक गा.पं.वा.नं. ३ बस्ने मनमाया अधिकारी मुद्दा : बाली लुटपिट § आ–आफ्नो राजीनामा बकसपत्रको आधारमा विवादित जग्गामा आ–आफ्नो हक स्वामित्व देखाई दुवै पक्ष आएको देखिँदा लुटपिटको परिभाषा भित्र नपर्ने । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय फैसला न्या. पृथ्वीबहादुर सिंह : पू.क्षे.अ.को आदेश उपर अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. ५० साल जाँचमा सु.आसाहाङ लिम्बू जिम्मा राजमान लिम्बू मिन्हा तिरो रु. २।– मा दर्ता भएको जग्गा मध्ये आसधोज लिम्बूका किपट जरुवा ढुंगा फधार ठूला ढुंगा समेत देखि पश्चिम लछीध्वजका किपट खेत देखि पूर्व ठाडो बाटो देखि दक्षिण आसधोजकै साँध देखि उत्तर यति ४ किल्ला भित्र तिरो रु. ।२५ लाग्ने खाम्बुलङ भन्ने किपट खेत १ जसबहादुर लिम्बुको साँध ठूलो डिलदेखि पूर्व आसधोज लिम्बुका रैकर खेत खले गराका भित्ता वारपार देखि पश्चिम नरबहादुर लिम्बुका किपट खेत देखि उत्तर, जसबहादुर लिम्बूका किपट खेत देखि उत्तर, जसबहादुर लिम्बुका साँधदेखि दक्षिण यति ४ किल्ला भित्रको तिरो रु. ।२५ लाग्ने जगेडा किपट खेत १ नरबहादुर लिम्बुका किपट खेत देखि पूर्व आसहाङका किपट खेत खले गरा भित्ता देखि पश्चिम नरबहादुर लिम्बुका खेत आँठा साँध देखि उत्तर आसध्वजका साँध आठा थुम्का देखि दक्षिण यति ४ किल्लाभित्र तिरो रु. ।२५ लाग्ने सिरुपानी किपट खेत १ जसबहादुरका किपट खेत देखि दक्षिण नरबहादुरका किपट साँधदेखि उत्तर ठाडो खोल्सा पूर्वका हुले खेत आसाहाङका खेत साँधदेखि पश्चिम यति ४ किल्लाभित्र तिरो रु. १२।– लाग्ने कूत सिं भन्ने किपट खेत १ समेत ४ थला जग्गामा हक हुने दर्तावालाको नाती तिर्नबहादुर ददिहाङले यिनै प्रतिवादीको बाजे आसमानलाई भा.रु. १२००। मा ०१३।२।१४ मा बन्धकी पास गरी त्यसपछि आसध्वजबाट रु. ११००।– लिई बड लिखत गरी दिएका ददिहाङले पास गरी नदिएका आसध्वजको यस अदालतमा उजूर परी फैसला बमोजिम १७–११–१५ मा पास भई यि प्र. को बाजे आसध्वजले भोग गरी आएको यस समय निज साहु आसध्वजको थैली बुझाई उता ददिहाङ विदेश गई बेपत्ता हुँदा ददिहाङको छोरा हर्कबहादुर उनै तिर्नबहादुरले म फिरादीका पति धर्मानन्दबाट ८४४१।– लि ०२८।११।२३ मा बन्धकी लिखत गरी ऐ. २४ गते पास गरी जग्गा धनी हर्कबहादुर तिर्नबहादुरको उक्त ४ थला जग्गा बण्डा हुँदा उक्त जग्गा मध्ये खोलुङ किपट तिर्नबहादुरको बण्डा र अरु ३ थला जग्गा हर्कबहादुरको बण्डा भई जग्गा धनी हर्कबहादुरले उनै पतिदेव धर्मानन्दबाट जम्मा रु. ८०००।– मा तिर्नबहादुरको भाग खोलुङ बाहेक उक्त ४ किल्लाभित्रको जगेडा समेत ३ थला जग्गा ०३०।११।३ मा राजीनामा पास गरी उक्त ३ कित्ता जग्गा भूस्वामित्व हक पति धर्मानन्दको हकमा सरेको थियो भने उता तिर्नबहादुरको भागको खेलुल भन्ने किपट खेततर्फ बन्धकी थैली कायम रही बन्धकीबाटै भोगी आएको थियो पति धर्मानन्द ज्यान मुद्दामा अभियोग लाग