निर्णय नं. ६५८३ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५८३ - अंश भाग: ४० साल: २०५५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५५/०२/१२ ८७६६ निर्णय नं. ६५८३ ने.का.प. २०५५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत् २०५२ सालको दे.पु.नं..... २५५३ फैसला मिति : २०५५।२।१२।३ मुद्दा : अंश पुनरावेदक/वादी : जिल्ला सर्लाही गाउँ विकास समिति गमहरीया वडा नं. ५ हाल ऐ.ऐ. वडा नं. ६ बस्ने विहारी राय यादव विरुद्ध विपक्षी/प्रतिवादी ऐ.ऐ. बस्ने गुदर राय यादव । § प्रतिवादीले प्रतिउत्तर नै नफिराई म्यादै गुजारी बसेकोमा वादीले मुद्दाको तथ्य सम्बन्धमा लिएको दावामा अदालत स्वयंले प्रश्न उठाउन मनासिव माफिकको कारण वा अवस्था हुनुपर्नेमा वर्तमान मुद्दामा वादीहरुले दावी लिएको नाता मानो छुट्टिएको मिति र अंश नभएको भनने तथ्यमा वादीले प्रमाण नपुर्याएको भनी प्रतिवादीले विवाद नै नउठाएको कुरालाई समाती शुरु र पुनरावेदन अदालतबाट निर्णय भएको देखिन्छ । आफ्नो आमा सहोदर भाई जस्ता नाताका व्यक्ति स्वभाविक रुपमा अंशियार मान्नुपर्ने भएको र पछि यस अदालतबाट निज प्रतिवादी गुदर रायलाई झिकाई अ.वं. १३३ नं. बमोजिम कागज गराउँदा समेत सो नाता सम्बन्धलाई स्वीकार गरेकोले अंशियार भन्ने प्रमाणित हुन आएको समेत देखिन्छ । यस्तो स्थितिमा ति अंशियारहरुले अंश पाएको छैन भन्ने प्रमाण वादीले होइन बरु छुट्टिसकेको हुन् भन्ने कुराकाु प्रमाणको भार प्रतिवादीले नै पुर्याउनुपर्छ र सो व्यवहार वा प्रमाण दिन नसकेमा वादीको पक्षमा न्यायिक अनुमान र निष्कर्ष बन्ने प्रमाण सम्बन्धि न्यायिक प्रकृया र परिणति हुने । (प्र.नं. १४) पुनरावेदक वादी तर्फबाट : x विपक्षी प्रतिवादी तर्फबाट : x अबलम्बित नजिर : x फैसला न्या केदारनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क)(ख) अत्र्गत मुद्दा दोहोर्याउने निवेदन परी यस सर्वोच्च अदालतबाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको रुपमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. मुल पुरुष मनकरायको २ छोरामा जेठो विपक्षी गुदर राय कान्छो म वादी हु र मनक रायको श्रीमती म वादी मूर्ती देवी हु मनकराम परलोक भई सक्नु भएको विपक्षी गुदर राय जुवा खेल्ने, रक्स खानजे गरी धान विनास गरेकोले २०२६।११।१५ गते माने छुट्टी आ–आफ्नो भागको जग्गा भोग गर्दै आएका थियौ“ । घरका मुख्य व्यक्ति मुर्तिया देवी भएपनि जग्गा विपक्षीका नाममा दर्ता भएका नाताले विपक्षी गुदरबाट सम्पुर्ण चल अचल सम्पत्तिको ३ खण्डको १ खण्ड विपक्षीको अंश परसारी बाकी २ खण्ड हामी वादीहरुको अंश भाग छुट्टयाइ पाउ भनने समेत वादीहरुको फिराद पत्र । ३. प्रतिवादीको नाममा जारी भएको इतलायनामा मिति २०४७।५।३१ मा तामेल भई प्रतिउत्तर नफिराई शुरु म्याद गुजारी बसेको । ४. अंश पाउ भनने वादीले अफ्नो दावी प्रमाणित गर्न कुनै साक्षी प्रमाण गुजार्न नसकी पैरवी नै छोडी बसेको देखि आएकोले सुवतको अभावमा हुदा वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरुको फैसला रहेछ । ५. पुनरावेदक वादीले आफ्नो सबुत प्रमाण बुझी नसकेको अवस्थामा नै तारेख गुजारी बसेको र वादी दावी पुष्टि हुने खालको प्रमाणको अभावमा प्रतिवादीले प्रतिउत्तर नफिराइको कारणबाट मात्र वादी दावी पुग्न नसक्ने भएकोले शुरु जिल्ला अदालतले वादी दावी पुग्न नसक्ने ठहर गरेको मिति २०४८।३।१३।५ को फैसला मिलेको देखिदा सदर हुने ठहर्छ, पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरको फैसला