निर्णय नं. ३८३६ - रकम दिलाई भराई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८३६ - रकम दिलाई भराई पाउँ भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०२/२९ २५०० निर्णय नं. ३८३६ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजालस माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ७११ फैसला भएको मिति : २०४६।२।२९।१ मा पुनरावेदक/प्रतिवादी : मेमर्श ज्योतिज क्लियरिङ एजेन्सी तथा आफ्नो हकमासमेत ऐ.ऐ.को प्रो.अमृतज्योति कंशाकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : दुग्ध विकास संस्थानका कार्यकारी अध्यक्ष पर्लजंग राणा तथा सम्वत् २०४५ सालको दे.पु.नं. ७७७ पुनरावेदक/वादी : दुग्ध विकास संस्थानको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक दुर्गादत्त जोशी विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ज्योती क्लियरिङ एण्ड फर्वाडिङ एजेन्सीसमेत मुद्दा : रकम दिलाई भराई पाउँ § संस्थानको सञ्चालक समितिको निर्णयानुसार कानुनी कारवाहीका निमित्त संस्थानको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकबाट फिराद परेको देखिँदा नालेश गर्ने हकदैया नभएको भन्न नमिल्ने । (प्रकरण नं. २०) § वादीले हिसाब मिलानको लागि लेखेको पत्रमा प्रतिवादीले नै २ महिनाको म्याद मागी सो म्यादमा उपस्थित भई हिसाब मिलान गरेको नदेखिँदा सो म्याद पुगेको मितिलाई मुद्दा गर्नु पर्ने कारण मानी म्याद भित्रै फिराद जिल्ला अदालतमा दायर भएकोमा अञ्चल अदालत पठाउन सकिने अवस्थाको हदम्याद रहेबाट तत्काल सरुवा नगरी अदालतको गल्तीबाट पछि सरुवा गर्दैमा कानुनी क्षेत्र ग्रहण गरी निर्णय गर्न नपाउने भन्न नमिल्ने । (प्रकरण नं. २०) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुंवर पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी फैसला न्या. पृथ्वीबहादुर सिंह : म.क्षे.अ. को फैसला उपर पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. क्लियरिङ एण्ड फर्वाडिङ कार्यका सिलसिलामा विपक्षीले संस्थानबाट पटक पटक गरी जम्मा रु. ६,२८,९१४।३० पेश्की स्वरुप बुझी लिएकोमा विपक्षीले उक्त कार्य गरे बापतको बिलमा विभिन्न मितिमा जम्मा रु. ७,७३,८९७।६१ को बील पेश गर्नुभएकोमा करारको शर्त विपरीत सि.आई.एफ. मूल्यको रु. २।– को अलावा अन्य खर्च भनी समावेश गरी बील पेश गर्नुभएको रहेछ । करार अनुसार सि.आई.एफ. मूल्य रु. २।– का हिसाबले हुन आएको रकम रु. ५,२६,२१३।०१ मात्र दिनुपर्ने हो । विपक्षीहरुले पेश्कीको रुपमा रु. ६,२८,९१४।३२ बुझी सकेको हुँदा १, ०२,७०१।३१ बाट पेश्की गएको हुँदा संस्थानलाई फिर्ता बुझाउनु पर्ने निर्विवाद छ । संस्थानका नाममा आएका सामान नपुग भएको र नोक्सानी भएको समेत बीमा दावी गरी असूल उपर गर्नुपर्ने रकम कलम विभिन्न मुद्रा अमेरिकी डलर २५,३०९।८५ र नेपाली रुपैयाँ ३५,७५४।७८ छ । सम्बन्धित बीमा कम्पनी र सिपिङ एजेन्ट दावी गरी असूल उपर गर्ने काम समेत विपक्षीहरुलाई सुम्पिएको र यसरी दावी गरी असूल भएको रकम जुन विदेशी मुद्रा हो सोही मुद्रा विपक्षीहरुले दावी गर्नु पर्दछ । यसरी दाखिल गर्नुपर्ने विदेशी मुद्राको ने.रा. बैंकबाट २०४०।११।१७ मा तोकिएको विनिमय दर अमेरिकी डलर १ को ने.रु. १५।६५ र भारतीय रुपैयाँ रु. १०० को ने.रु. १४५ का दरले क्रमश अमेरिकी डलर २५,३०९।८५ को ने.रु. ३,९६,०९९।१५ र भा.रु. १३,७०२।१६ को ने.रु. १,९८,६८८।१३ र ने.रु. ३५,७५४।७८ गरी जममा ने.रु.४,५१,७२१।०६ हुन आउँछ । जुन विपक्षीहरुले यस संस्थानलाई बुझाएको छैन । यसरी पेश्की बढीको रु. १,०२,७०१।३१ र बीमा नोक्सानी दाव