निर्णय नं. १४०७-१ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४०७-१ - अंश भाग: २२ साल: २०३७ महिना: माघ अंक: १० फैसला मिति :२०३७/०९/१९ २४०० निर्णय नं. १४०७-१ ने.का.प. २०३७ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३६ देवानी फुल नं. ३२ फैसला भएको मिति : २०३७।९।१९।६ मा निवेदक : का.जि.का.न.पं.वडा नं. १ त्रिपुरेश्वर बस्ने गोविन्दमोहन प्रधान विरूद्ध विपक्षी : का.जि.का.न.पं.वडा नं. १ त्रिपुरेश्वर बस्ने बालकृष्ण प्रधान मुद्दा : अंश (१) अंशबण्डाको २० नं. मा घरको लेनदेन कामकाज गर्ने जानकारसँग फाँट लिई बण्डा गरिदिनु भन्ने र २१ नं. मा दबाएकोमा नदबाउनेले ऐन बमोजिम खान पाउँछ भन्ने उल्लेख भएको पाइन्छ । यसबाट अरू अंशियार जिम्मा रहेको फाँटवारी अनुसार बण्डा गर्न पर्ने भनी सम्झन नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : आशा मरुको २ स्वास्नी अन्यान्य म कान्छा कृष्ण छोरी रीता र कान्छी स्वास्नी म नन्दलक्ष्मीको बाबु लोग्ने ०११ साल कार्तिकमा परलोक हुनुभएपछि पनि सबै सगोलमा नै थियौं म गोविन्द ०१७ सालमा विदेशतर्फ गएको र म कृष्ण नोकरीमा बाहिर गई ०२५ सालमा घर फर्केको हाम्रो समेत हक लाग्ने त्रिपुरेश्वर घर विपक्षीले बिक्री गरेकोमा हामीले नालिश गरी बदर हुने ठहरी का.जि.अ.बाट ०२७।४।१८ मा फैसला भएको छ । यसरी मुद्दा परेकोले सँग बस्न नहुने भई अंशबण्डा गराउ भन्दा नमानेको विपक्षीसँग ०२५।७।१ मा मानु छुट्टिएको हुँदा त्यसको अघिल्ला दिनसम्मको तायदाती फाँट लिई अंशियार जवान मध्ये हामी गोविन्दमोहन, कृष्ण नन्दलक्ष्मीको ३ भाग र म रीताको अंशबण्डाको १६ नं. बमोजिम आधा समेत गरी जम्मा ३।। भाग अंश हामीलाई दिलाई बण्डा गरी सजाय गरिपाउँ भन्ने समेत फिराद । २. विपक्षी नन्दलक्ष्मी घरमा बस्न मञ्जूर नगरी हाना गुलुमा घर जग्गा लिई बस्नु भएकोले प्रचलित कानुनले वहाँले अंश नपाउने भई चित्त बुझाई बसेकोमा बाबु गोविन्दको सिखावटबाट अंशमा दावा गर्नु भएको छ । घरको जेठापाको विपक्षी गोविन्दमोहन हुँदा सारा सम्पत्ति हात व्यवहार चलाई बसेको राजनीतिमा लागि मखमलीसँग रु.३२८५। लिई ०१६।१।१९ मा घर समेत भोगबन्धकी दिएको वादी गोविन्दमोहन अन्तर्राष्ट्रिय तत्त्वमा लागि चल सम्पत्ति लिई विदेश भागी ०२५ सालको आखिरीमा काठमाडौं आएकोले चल अचल सम्पत्तिको फाँट निजसँग लिई बण्डा हुनुपर्ने वादी मध्ये कृष्ण पनि ०१८ साल देखि बाहिर हिंडेको बाबुले लिनुभएको ऋण २५००।– दाजुले लिनुभएको ३२८५।– का तमसुकी साहू रु.१२५०।– समेतमा मुद्दा परी डिग्री भरी भराउ दरखास्त समेत पर्यो सो ऋण र बहालको रु.६८५।३० समेतमा साहूहरूलाई तिरी घर बनाउन मुआब्जाबाट नपुगी ६० हजार रुपैयाँ लगाई घर तयार पारी लागेको साहू तिर्न रत्नबहादुरलाई केही घर जग्गा बिक्री गरी साहू तिरी सकेपछि ऋण जति मेरो थाप्लोमा हाल्ने कुनियत गरी निखनाई पाउँ भन्ने मुद्दा जि.अ.मा दायर गरेकोमा फैसला भई मेरो पुनरावेदन परी रहेको छ । हामीहरू सो मुद्दा पर्नु अघिल्ला दिनसम्म सगोलमा भएको दावीको मानु छुट्टिएको दिन कायम गर्न प्रमाण दिएको छैन घर निर्माणमा लागेको रु.६० हजार शुरू देखिको ऋण समेत खर्च भएको जम्मा गरी भाग लगाई वचुवाको सर्व श्री सम्पत्तिको फाँट विपक्षी गोविन्दसँग खुलाई भाग लगाई पाउँ भन्ने समेत प्रतिउत्तर । ३. मा