निर्णय नं. ३८३७ - लिखत दर्ता बदर समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८३७ - लिखत दर्ता बदर समेत भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०३/०४ २३०२ निर्णय नं. ३८३७ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको दे.पु.नं. ८६२ फैसला भएको मिति : २०४६।३।४।१ मा पुनरावेदक/प्रतिवादी : का.न.पं. वडा नं. ३ बस्ने राजबहादुरको मु.स. गर्ने राजेन्द्र पौड्यालसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वडा नं. ३० त्यौड बस्ने गोविन्दलालको मु.स. गर्ने प्रेमलाल श्रेष्ठसमेत मुद्दा : लिखत दर्ता बदर समेत § आफ्नो नापी भएको कित्ताफोर भई गएको भन्ने कुरा मौकामा थाहा पाएको भन्ने कुरा नदेखिएपछि निजले तत्काल नै उजूर गर्नु पर्ने भन्ने कुरा कानुनी र व्यवहारिक नहुने । (प्रकरण नं. १९) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला न्या. गजेन्द्रकेशरी बास्तोला : श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. साविक हाँडी गाउँ पोता लगत ३३७ नं. मा दर्ता भएको नकपुखु रोपनी २–०–० जग्गा रैकरमा परिणत गरी हा.नं. ५२४ मा दर्ता भई तिरो तिरान गरिआएको जग्गाको मोही पहिले निरबहादुर कार्की भएकोमा निजसँग २०२०।८।५ मा विपक्षी विष्णुकुमारीले मोहियानी किनेकोले कमाई आएकी थिइन् । नापीको समय थाहा नभई उपस्थित हुन नसकी मेरो जग्गा का.न.पं. वडा नं. २२(ङ) कि.नं. ११ भई नापी भएको जग्गामा पर्खाल लगाउन पाउँ भनी नक्सा सहित का.न.पं. मा दर्खास्त दिएकोमा ऐन बमोजिम म्याद टाँस हुँदा कसैको उजूर नपरेबाट २०३५।३।२८ गते नक्सा पास भएको नक्सा अनुसार चारैतर्फ पर्खाल लगाई सकेकोमा विपक्षीको वडा नं. २२(ङ) नि.नं. ६८ को ०–१०–० जग्गा भित्र पारी नक्सा पास र मन्जूरी बेगर पर्खाल लगाएको हुनाले पर्खाल भत्काई जग्गा कायम गरी पाउँ भनी विपक्षी राजबहादुरले ०३४।८।१३ गते का.न.पं. मा उजूरी दिई १५ दिनभित्र सनाखत गर्नु पर्नेमा नसकेकोले भनी फेरि ०३४।९।२६ गते अर्को निवेदन दिनु भएको रहेछ । विपक्षीको कि.नं. ६८ को जग्गा अहिले कसरी आइपुग्यो भनी कि.नं. ६८ को ज.ध.प्र.पुर्जा साविक दर्ता उतार समेतका कागजातहरुको नक्कल ०३५।८।११ गते सारी लिंदा थाहा हुन आई उपरोक्त ४ किल्ला भित्रको मेरो जग्गा पहिले नापी हुँदा कि.नं. ११ बाट २–१०–० भई नापी भएकोमा विपक्षी राजबहादुरको झुठ्ठो निवेदनबाट मेरो स्वीकृति नै नलिई उक्त कि.नं. ११ को जग्गाबाट कित्ताफोड गरी कि.नं. ६८ को जग्गा निकालिएको रहेछ । फेरि विपक्षीले उक्त मेरो १० आना जग्गा दर्ता गर्दा निजको रै.नं. ५४९ को हांडीगाउँ मौजाको खेत ।३ को धान ।८।५। रु. १।७३ तिरो लागेको दर्ता प्रमाण भिडाइएको देखिन्छ तर यो कुरा पनि बिलकुल झुठ्ठा हो किनभने त्यस ठाउँको जग्गालाई नकपुखु भन्दछन् जबकी विपक्षीको जग्गा महाराजगंज समेत भन्नेबाट विपक्षीको तथाकथित साविक दर्ता मेरो जग्गा वा त्यस वरिपरीको नै होइन भन्ने प्रष्ट भएको र विपक्षीको जग्गा हाँडी गाउँ मौजाको भएकोमा मेरो महाराजगंज मौजाको रहेकोमा नलाग्ने झुठ्ठा प्रमाण पेश गरी विपक्षीहरु मिली जालसाजी गरी बीचबीचमा निवेदन दिई एकापक्षीय कारवाई गरी मेरो हकभोग चलनको जग्गा गैरकानुनी तरिकाले खिचोला गरेको कुरा फिल्डबुक समेतका कागजातहरुबाट थाहा हुन आई ज.मि.को १८ नं. अ