निर्णय नं. ६५८५ - अंश माना चामल ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५८५ - अंश माना चामल । भाग: ४० साल: २०५५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५५/०१/११ ४८८५ निर्णय नं. ६५८५ ने.का.प. २०५५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय सम्वत् २०५१ सालको दे.पु.नं..... २२२८ फैसला मिति : २०५५।१।११।६ मुद्दा : अंश माना चामल । पुनरावेदक/प्रतिवादी : कपिलवस्तु जिल्ला कृष्णनगर घर भई का.जि.का.म.न.पा. वडा नं. ११ त्रिपुरेश्वर बस्ने रत्नलाल कनौडिया । विरुद्ध विपक्षी/वादी : का.जि.का.म.न.पा. वडा नं. ७ चावहिल बस्ने रेणु अधिकारी । § सामान्यतया गर्भ रहेको ९ महिना पश्चात् बच्चाको जायजम्न हुन्छ । प्रस्तुत मुद्दामा वादीले छोरी जन्मी सकेपछि दावी लिएको ९,१० महिना अगाडिको प्रतिवादीसँग यौन सम्बन्ध रहेको कुराको एकिन मिति खुलाउन नसकेको कुरा अश्वभाविक नहुने तथा यसर एकि मित खुलाउन नसकेता पनि २०३२ साल भाद्र महिना सम्म उल्लेख गरेको र प्रसुती गृहको रिपोर्टबाट पनि वादीको २०३२ साल भाद्र महिना देखि महिनावारी रोकिएको भन्ने रहेको छ । यस्तो अवस्थामा करणी भई गर्भ रहेको एकनि मिति वादीले खुलाउन नसकेकै कुराले मात्र प्रतिवादीको जिकिर पुष्टि हुने अवस्था पनि नदेखिने । § यी वादी प्रतिवादी दुवैलाई प्रतिवादी बनाई वादी श्री ५ को सरकारले मुद्दाको तहकिकात गरी का.जि.अ.मा. वहु विवाह मुद्दा दायर गरेको कुरमामा मुख मिलेकै देखिन्छ । सो मुद्दा हदम्याद नाघी दायर भएको कारण जनाई का.जि.अ. बाट तामेलीमा राखेको देखिन्छ । यसरी हदम्याद नाघेको कार्य विधिगत कारणबाट सो वहु विवाह मुद्दा तामेलीमा राखिएको कुराले वादी प्रतिवादीलाई उक्त मुद्दामा सजाय हुने वा नहुने भन्ने विषयसँग मात्र सरोकार राख्ने हुदा सो मुद्दा तामेलीमा रहेबाट वादी प्रतिवादी विचको सम्बन्ध नै स्थापित हुन नसक्ने भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्र.नं.१९) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्तहरु श्री शिवनन्द शरस, श्री कमल नारायण दास र श्री शंभु थापा । विपक्षी वादीको तर्फबाट : विद्वान अधिवक्ता श्री लोकभक्त राणा अबलम्बित नजिर : ने.का.प. २०३४, पृ१३८ ने.का.प. २०४५, पृ १२७ फैसला न्या. हरिशचन्द्रप्रसाद उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ : २. का.मु. वरिष्ठ सरकारी अधिवक्ता रत्नलाल कनौडियाले आफ्नो अफिस कोठामा टाइप गर्न पर्छ भनी बोलाई जवरजस्ती करणी गरी गर्भ रहन गएपछि २०३३।२।१७ मा म प्रसुती गृहमा भर्ना भई बच्चाको न्वारन पनि निजले नै गर्नु भयो । यि सब कुरा वि.प्र.वि.मा समेत बयान गरी सकेकोमा २०३३।३।२१ मा दिउसो अफिसबाट निजको घरमा लगी कोठामा राखी मेरो लोग्ने रत्नलाल कनौडिया होइन अर्कौ छ भनी डर धाक देखाई ३ थान कागजमा सहिछाप गराएपछि पुन जस्ताको तस्तै वि.प्र.वि.मा बयान गरी सकेपटि वि.प्र.वि. बाट भइ सकेको कारवाहीमा समेत ढाकछोप गरी रत्न लाल कनौडियालाई बचाउने प्रयास गरेकोले जाहेर गर्न आएको छु । म अन्जान अनाथ अवला आइमाई उपर अनैतिक व्यवहार गरे उपर निज कनौडिया उपर कानूनी कारवाही भई मलाई माना चामल तथा अंश दिलाई दिनु भनने हु.प्र. पाउ भनी रेणू कनौडियाले वि.जा.वि.मा दिएको निवेदनमा बक्स भै आएको हु.प्र. बमोजिम गर्न सम्बन्धित मिसिल राखी कानून बमोजिम गर्नु भन्ने २०३३।५।९ को हु.प्र. बमोजिम कारवाही भएको प्रस्तुत मुद्दामा श्री ५ का जुनाफमा मैले दिएको विन्तिपत्रबाट दावी लिए बमोजिम विपक्षी रतनलाल कनौडियाब