निर्णय नं. १४०८-१ - जग्गा दर्ता बदर खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४०८-१ - जग्गा दर्ता बदर खिचोला भाग: २२ साल: २०३७ महिना: माघ अंक: १० फैसला मिति :२०३७/१०/१४ २३५९ निर्णय नं. १४०८-१ ने.का.प. २०३७ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको दे.फु.नं. ३६ फैसला भएको मिति : २०३७।१०।१४ मा निवेदक : जिल्ला तेह्रथुम छथर पोखरी गा.पं. वार्ड नं. ४ बस्ने दुग्रेन्द्रबहादुर निरौला क्षेत्री विरूद्ध विपक्षी : मोरङ जि. अमरदह गा.पं. वार्ड नं. ५ तित्रिझांक बस्ने बलबहादुर निरौला क्षेत्री समेत मुद्दा : जग्गा दर्ता बदर खिचोला (१) निवेदकले पूर्जा पाएको मितिबाट जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८ को उपदफा (१) को म्याद ४५ दिनभित्रै विपक्षीको नाममा दर्ता गरेको बदर गरी दर्ता पूर्जा पाउँ भनी दिएको उजूरीमा हक बेहक तेरो मेरो देखिन आएकोले अदालतबाट हक प्राप्त गरी अन्तिम निर्णय भएबमोजिम हुने भनी २०२७।११।१६ मा भू.प्र.का.मोरङबाट सुनाएअनुसार ०२७।१२।५।५ मा दायर गरेको मुद्दाको फिरादपत्रलाई म्याद नाघी दायर भएको भन्न नमिल्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे र विद्वान अधिवक्ता ठाकुरप्रसाद खरेल फैसला प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दा डि.बे.बाट भएको निर्णय दोहर्याइपाउँ भनी निवेदक वादी दुगेन्द्रबहादुर निरौलाले चढाएको निवेदनपत्रमा यसमा व्यहोरा साँचो भए त्यस अदालतबाट ०३४।५।९ मा छिनिएको जग्गा दर्ता बदर खिचोला मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई कानुन बमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भइआएको हु.प्र.बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस फुल बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : विपक्षी मध्येको साँहिला बाबु बलबहादुरले र निजको छोरा विपक्षी सुभाष निरौलाबाट १९।५।८ मा निजका नाउँमा दर्ता भएको मोरङ प्र. लहर महामौज इटहरा छ तित्रि झांकको ०९ सालको हाल अवादी कि.नं. ३।४ को २४।३।१ समेतको ससिम जग्गा ५२।२ राजीनामा लेखी १९।१०।१२ मा राजीनामा पास गरी दिनुभएको ४ किल्लाभित्र आंत १९,१६ सालको सर्भेमा रहे ठहरेको ८७ बिगहा जग्गा गोश्वारै राखी विपक्षी बलबहादुरले नै दामकाम गरी भोगी खाइआएको विपक्षी बलबहादुरको मौजे हसनदहमा जग्गा बिगहा १० र विपक्षी भीमाका नाउँमा १० बिगहा जग्गा देवर भाउजूको नाउँमा २० बीस बिगहा जग्गा दर्ता भएको र राजीनामा बमोजिम म र सुभाषको नाउँमा २४ सालमा गोश्वारा सर्भे हुन पर्नेमा भू.सु.उजूरीमा लेखिएबमोजिम विपक्षी बलबहादुरजीले नापी छुटाई दिएअनुसार गोश्वारा फोरी आफ्नो–आफ्नो सर्भे गराए पनि विपक्षी साँहिला बाबुको विश्वासमा परी म पब्लिक कलेजमा विद्या अध्ययन गरी रहेको अवस्था सर्भे नापी गराउँदा डोरीले नापी छुट्याएबमोजिम सर्भे गराउनुपर्नेमा विपक्षीको छोरा विपक्षी सुभाषका नाउँमा कि.नं. ११,१२,१३,३४,३६,३७ मा ३५–४। र मेरा नाउँमा कि.नं. ४,५,६,७,८,९,१०,१४,१५,३५ र कि.नं. ४ समेत ०३२।१।।।४ मात्र सर्भे गराई दिएको त्यसमा वा.नं. ४, कि.नं. ४० को २–१७ हसनदह राष्ट्रिय अमरसिं प्राईमरी पाठशालाले भोगी चर्ची आएको स्कूल भवन बनी चालू रहेको जग्गा काटाउँदा बाँकी २९।२।।।४ मात्र मेरो कायम हुनआएको शुभाषको र मेरो गोश्वारी भाग शान्ति सर्भे गराएको जग्गा बराबर हुन पर्नेमा शुभाषको ३–४ मेरो नाउँमा २९।३।।४ भई सुभाषको ५।।।१.१ बढी सर्भे गराई २६(२)