निर्णय नं. ६५८७ - हक कायम समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५८७ - हक कायम समेत । भाग: ४० साल: २०५५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५५/०४/११ ५०१७ निर्णण नं. ६५८७ ने.का.प. २०५५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायधीश श्री भैरवप्रसाद लम्साल सम्वत् २०५३ सालको दे.पु.नं.... ३७९० फैसला मिति : २०५५।४।११।४ मुद्दा : हक कायम समेत । पुनरावेदक/प्रतिवादी : ल.पु.उप महानगरपालिका वडा नं. २० गावहाल नवहाल बस्ने आशाकाजी शाक्य समेत । विरुद्ध विपक्षी/वादी : ऐ. वडा नं. १२ हखाटोल बस्ने धनजीत शाक्य समेत ३ । § पुनरावेदक वादीको २०३२ सालमा नै प्रतिवालीले गराएको दर्ता वदर गराई माग्ने नालेस गर्ने हदम्याद समाप्त भइसकेकामा सो को १४ वर्ष पश्चात् अर्थात् २०४६ सालमा मालपोत कार्यालय ललितपुरमा सो जग्गा दर्ता गरी पाउँ भनी निवेदन दिई दर्ता गर्न नमिल्ने आफ्नो हक कायम गराउने सम्बन्धित निकायमा नालिस गर्न जानु भनी मालपोत कार्यालयले सनाएको आधार दिई म्याद बाकी नै छ भनी आएको प्रस्तुत उजुरीबाट कारवाही हुन सक्दैन । कानूनी व्यवस्थाले हदम्याद गुज्री सकेको अवस्थामा उजुरी गर्न जानु भनी कुनै निकायले पक्षहरुलाई सुनाउँदैमा हदम्याद बाकी नै छ भन्ने परिकल्पना गर्न नमिल्ने । (प्र.नं. २०) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ताद्वय श्री हरी अर्याल र श्री राधेश्याम अधिकारी अवलम्बित नजिर : ने.का.प. २०४६, नि.नं.२९९३ पृ १८०, ने.का.प. २०४६ नि.नं. ३८१२ पृष्ठ ४६८, ने.का.प. २०४८ नि.नं. ४४२७ पृ.७९७, ने.का.प. २०४९, नि.नं. ४४९९ पृ.२६८ फैसला न्या. गोविन्द बहादुर श्रेष्ठ : पुनरावेदन अदालत पाटनको मिति २०५३।२।२९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तर्गत दोहोर्‍याउने हेर्न निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : २. गावहाल ७० नं. धनज्योती दकर्मी नवहालका नाउँमा दर्ता भएको जम्मा रोपनी १५।। मध्ये इकुहिती खेत रोपनी ।।८ आना समेत कि.का. गरी जम्मा ८।।। जग्गा पुनी थकु बरेनी र बालकुमारी बरेनी १ समेत २ जनाको हक रहन आएको जग्गा मध्ये ।। आठ आना जग्गा पुनी थकु र आमा बालकुमारले १९७४ सालमा विपक्षी आशा काजी र धन वाडालाई मो.रु. ११५। मा भोग बन्धकी दिएको र अरु जग्गा विपक्षी तरमै महर्जनले कमाई आएको निजले हामीलाई ।९।४ नौ पाथी आरमाना धान बुझाई कबुलिय समेत गरी दिउको हामीसँग छ । पछि सर्भे नापी हुँदा ल.पु.न.पा. वडा नं. ३(ग) कि.नं. २३९ को क्षे.फ. ०–१२–२ कायम भएको जग्गाको २०४५ सालको बाली तरमैले भर्पाइ समेत गरी दिई दोहोरी भर्पाई लिई राखेको सहामीसँग छ । भोगबन्धकी लिएको लिखत ०२६।२।२० मा तमसुक फट्टा गरी सोही मितिमा तरिमै महर्जनबाट हामीलाई कबुलियत गराई ल.पु.न.पा. वडा नं. ३(ग) कि.नं. २३९ को जग्गाको वाली २०२६ साल देखि हामीलाई दिलाई लिई खाई भोगी आएको कुरा गुपचुपमा राखी विपक्षीले आशा काजी, चैत्यराजको हक भनी देखाई सो जग्गा समेत निजहरुका नाउमा दर्ता गर्ने भनी २०३०।३।२२ मा भूमी प्रशासन कार्यालय ल.पु.बाट भएको निर्णय पर्चाको आधारमा आशाकाजी र चैत्यराजको नाउमा दर्ता प्रमाणित गरी गराई लिएको दर्ता समेत वदर गरी हामीहरुको नाउमा हक कायम गरिपाउ भन्ने समेत फिराद दावी । ३. हाम्रा बाबु आसाभद्रको नाउमा र.नं. ७० मा दर्ता रहेको इकुहिटी १।। एक रोपनी आठ आना जग्गा सर्भे नापी हुदा ल.पु.न.पा. वडा नं. ३(ग) कि.नं. २३९ को क्षे.फ. ०–१२–२ ऐ. कि.नं. २५९ क्षे.फ. ०–१३–० ऐ.कि.नं. २६८ को क्षे