निर्णय नं. १४०९-१ - उत्प्रेषणको आदेश जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४०९-१ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: माघ अंक: १० फैसला मिति :२०३७/१०/०३ २१८७ निर्णय नं. १४०९-१ ने.का.प. २०३७ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ रि.फु.नं. ३९ आदेश भएको मिति : २०३७।१०।३।६ मा निवेदक : जि. सप्तरीको चावरबरी गा.पं.वडा नं. ५ बस्ने सुनरदास कथवनीया विरूद्ध विपक्षी : श्री का.मु. भूमिसुधार अधिकारी भू.सु.का.सप्तरीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) हरूवाहीमा जग्गा जोत्ने व्यक्ति मोही हुने व्यवस्था भूमिसम्बन्धी ऐनमा भएको नदेखिएको जग्गावालाको जग्गामा काम गर्ने गरी हरूवाही भई काम गरी कमाउने लाई मोहियानी हक प्रदान नहुने देखिएकोले हरूवाहीलाई मोही कायम गरेको विपक्षी भू.सु.का.सप्तरीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या. बासुदेव शर्मा : प्रस्तुत मुद्दा ०३६।८।२७।५ मा डिभिजन बेञ्चबाट निर्णय हुँदा ०३५।८।८।५ को डि.बे. को निर्णयसँग रुलिङ बाझिएको भनी निर्णयार्थ यस बेञ्चमा पेश हुनआएको रहेछ । २. तथ्य यस प्रकार छ : जगदीश्वरको नाउँमा दर्ता रहेको कि.नं. १९९ को ०–०–१५ र कमलेश्वर दासको नाउँको कि.नं. २३९०–०–१७ र कि.नं. १९ को २–५–१३ मध्ये उत्तरपूर्व तर्फबाट ०–९–० रामशेवक दासको नाउँको कि.नं. २७२ को ०–१२–१६ मध्ये दक्षिणतर्फबाट ०–६–० र सुनरदास नाउँको कि.नं. ११९ को ०–१७–७ मध्ये दक्षिणको पूर्वबाट ०–४–० जग्गा स्वर्गीय पिता फागु खत्वेले मोहीमा कमाइआएको ०२३।२।३० मा जोताहा स्थायी निस्सा समेत पाएको बाबु परलोक भए सर्भे नापी हुँदा विरामी परेकोले दर्ता गराउन छूट भएकोमा दर्ता गरी मेरो नाउँमा मोही नामसारी गरी मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने रामेश्वरको मिति ०३५।८।१८ को निवेदन रहेछ । साथै कि.नं. १६२ को ०–६–० जग्गा मोठ श्रेस्तामा सुन्दर दासको नाउँमा भएकोले मेरो नाउँमा मोही नामसारी दर्ता गरी प्रमाण–पत्र पाउँ भन्ने मिति ०३५।९।३ मा अर्को निवेदन गरेको रहेछ । फागुको नाममा प्रकाशित अनुसूची म्यादभित्र बदर गराएको छैन साथै स.जि.अ.बाट ०२४ साल चैत्र ८ गते हटक गरेको ठहरी भएको निर्णय बदर गराएको छैन । दावी मध्येको कि.नं. २३९ को ०–०–१७ मा कमलेश्वर दासको घर छ भन्ने प्र.कमलेश्वर दास, बसन्तप्रसादको र फागु खत्वे कमलेश्वर दासको हलो जोती आएको निज मरेपछि निजको हक समेत समाप्त भएको भन्ने जगेश्वर दास र कि.नं. १६२ को जग्गा सुन्दर दासको दर्ता कायम छ निवेदकको दावीमा रामसेवक दासको भनी गलत दावी लिएको छ भन्ने समेतको प्र.रामसेवक दास प्र.सुन्दर दासको प्रतिवादी परेकोमा फागुको नाउँमा प्रकाशित २ नं. अनुसूचीको म्यादभित्र प्रतिवादीहरूको उजूर नपरेको र निवेदकको बाबु मरिसकेको प्रतिवादीहरूले समर्थन गरिसकेकोमा प्रतिवादीहरू कुनै पनि पत्याउन नमानेको साथै मालपोत कार्यालयबाट प्राप्त जवाफमा जो.खा.भनी उल्लेख भएकोले निवेदक मोही ठहर्छ भन्ने समेतको विपक्षी भू.सु.का.सप्तरीको ०३५।११।२१ को निर्णय पर्चा रहेछ। ३. रिट निवेदनको जिकिर यस प्रकार छ : हरूवाही भनेको हरूवा काम गर्नेलाई भनिन्छ जो पारिश्रमिक दिई ज्यालामा हलो जोत्ने र काम गर्न राखिएको व्यक्तिलाई भनिने हो सो व्यक्ति मोहीको परिभाषामा पर्दैन । ज्याला खाजामा काम गर्ने व्यक्तिलाई भू.सु.ऐन, ०२१ को