निर्णय नं. ४६९२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६९२ - उत्प्रेषण भाग: ५५ साल: २०५० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/१२/०३ ३९८४ निर्णय नं. ४६९२ ने.का.प. २०५० (क) अङ्क २ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४५ सालको रिट नम्बर : ६१ फैसला मिति : २०४९।१२।३।३ निवेदक : सप्तरी जिल्ला नक्टो रामपुर गा.वि.स. वडा नं. ३ बस्ने रुन्दीलाल खत्वे । विरुद्ध विपक्षी/प्रत्यर्थी : भूमि सुधार कार्यालय सप्तरी । सप्तरी जिल्ला मलेठ ग.वि.स. वडा नं. ६ बस्ने चन्द्रकला कायस्तनी । विषय : उत्प्रेषण । (१) धर्मपूत्रको नाममा मोही नामसारी गरी प्रमाणपत्र दिन नमिल्ने भनि भू.सु.का. सप्तरीबाट भएको निर्णय कान्छा प्रजापति विरुद्ध भू.सु.का भक्तपुर समेत भएको उत्प्रेषणको रिट निवेदनमा मिति २०४८।९।१६ मा वृहत पूर्ण इजलासबाट भएको निर्णयबाट प्रतिपादित नजीर सिद्धान्त समेतका आधारमा मिलेको नदेखिंदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र. नं. ११) निवेदक तर्फबाट: बिद्वान अधिवक्ता श्री राधेश्यम अधिकारी विपक्षीको तर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. विद्वान अधिवक्ता श्री कमलनारायण दास अबलम्बित नजीर : कान्छा प्रजापति विरुद्ध भू.सु. का. भक्तपुर समेत भएको उत्पे्रेषण रिट निवेदनमा स.अ. वृहत पूर्ण इजलास बाट २०४९।९।१६ मा प्रतिपादित सिद्धान्त । आदेश प्र. न्या. विश्वनाथ उपाध्याय १. सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको मिति २०४४।३।१५ को आदेश दोहोर्याई पाउँ भनी रुन्दीलाल खत्वे न्यायिक समिति मार्फत चढाई पठाएको बिन्तीपत्रमा श्री ५ महाराजधिराज सरकारबाट नेपालको संविधान २०१९ को धारा ७२ (ख) बमोजिम उक्त निर्णय दोहोर्याई हेरी कानून बमोजिम गर्न हुकुम बक्स भए बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. विपक्षी जग्गा धनी चन्द्रकला देवीको नामको दर्ता तिरोको सप्तरी जिल्ला नक्टी रामपुर गा.पं. वडा नं. ३ कि. नं. ३२ को ०–३–१४ कि.नं. ३८ को ०–३–१ र कि. नं. २०३ को ०–१५–९ समेत जग्गा मेरो लोग्ने जहरखग खत्वेले मोहि भई कमाई आउनु भएकोमा निज परलोक हुनु भएकोले निजको स्वास्नी म करयाही वति खत्वेनीको नाममा उक्त जग्गा नामसारी गरी पाउँ भन्ने आमा करयाहीवतिले भूमि सुधार कार्यालयमा निवेदन गर्नु भएकोमा निज आमा मिति २०४१।११।३० गते परलोक हुँदा निजको एकमात्र हक खाने छोरा (धर्मपुत्र) म निवेदकले मुद्दा सकार गरेकी थिएँ । धर्मपुत्रको नाममा मोही नामसारी हुनेछ, भनी भूमि सम्बन्धी ऐनमा कुनै व्यवस्था नभएकोले वादी दावी खारेजी गरी पाउँ भन्ने समते विपक्षी जग्गा धनी चन्द्रकला कायस्थनीको प्रत्यर्थी कार्यालयमा प्रतिउत्तर पत्र परेको । यसमा मिति ०४१।९।२८ गतेमा भएको आदेशले मिशिल तामेल भएकोमा पुनः यिनै मोहिले यिनै ज.ध. उपर मोहि प्रमाण पत्र नामसारीको माग गरेको र ज.ध.ले बादी दावी इन्कार समेत गरेकोमा निवेदक धर्मपुत्र देखिंदा निजका नाममा मोहि नामसारी गरी प्रमाण पत्र दिन नमिल्ेन र भू.सु. ऐन, २०२१ को दफा ३४ (१) (२) समेतबाट निवेदक मोहि नदेखिंदा दावी खारेज पत्र दिन नमिल्ने र भू.सु. ऐन, २०२१ को दफा ३४ (१) (२) समेतबाट निवेदक मोही नदेखिंदा दावी खारेज हुने ठहर्छ भन्ने प्रत्यर्थी भूमि सुधार