निर्णय नं. ३८४१ - जग्गा खिचोला दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८४१ - जग्गा खिचोला दर्ता बदर भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०१/३० २७५३ निर्णय नं. ३८४१ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पु.नं. ५१२ फैसला भएको मिति : २०४६।१।३०।६ मा पुनरावेदक/वादी : का.जि. का.न.पं.वडा नं. हात्तीसार बस्ने भूपेन्द्रशम्शेर थापासमेत विरुद्ध विपक्षी/प्रतिवादी : जि. सिन्धुली सितलपाटी गा.पं. वा.नं. २ बस्ने तिलकबहादुर कार्कीसमेत मुद्दा : जग्गा खिचोला दर्ता बदर § बिर्तावारले २०१६ सालमा नै म्यादभित्र बिर्ता जग्गाको विवरण दाखेल गरेकोमा प्रत्यर्थीहरुले २०१७ सालमा विवरण दर्ता गराएको कारणबाट मुद्दाको कारवाही चलाई राखेको यस्तो स्थितिमा हदम्याद नाघेको भन्न नमिल्ने । (प्रकरण नं. २०) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या. महेशरामभक्त माथेमा : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।८।३० को फैसलामा चित्त नबुझाई वादी तर्फबाट परेको निवेदनमा यस अदालत डिभिजनबेञ्चका मिति २०४३।२।२१ गतेका आदेशले पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. सिन्धुली जिल्ला अन्तर्गत चैनपुरको कुमाले भन्ने खेत कित्ता १, वारबिसे भन्ने खेत कित्ता १, चालिसे भन्ने खेत कित्ता १, छबिसे भन्ने खेत किता १, ठाडो दश भन्ने खेत कित्ता १, बलौटे बीस भन्ने खेत कित्ता १ समेतको माटो मुरी २००।– को खेत हामीहरुको गोश्वारा हकको (ख) बिर्ता जग्गा हुँदा साल १ को धान मुरी १०० को गाउँघरको चलन चलेको दरभाउले नगदी र केही जिन्सी समेत बुझाउने गरी विपक्षका बाबु बाजेहरु र विपक्षहरु समेतले कबूलियत गरी कमाई बाली बुझाई आउनु भएको बिर्ता उन्मूलन ऐन, २०१६ लागू भएपछि तुरुन्तै हामीले बिर्ताको विवरण दाखिल गरी रैकरमा परिणत गरी मालपोत समेत बुझाई आएकोमा विपक्षी हरुले सो जग्गालाई (क) बिर्ता हो भनी जोत हक देखाई मिति २०१७।३।१४ मा मालमा विवरण दाखिल गरी हामीहरुको दर्ता लगत कट्टा गरी पाउँ भनी उजूर दिएकोमा हाम्रो दर्ता लगत काट्न भनी मिति २०२७।७।९ मा फैसला भए उपर हामीहरुको ज.अ.का.मा पुनरावेदन परेकोमा (क) (ख) श्रेणीका बिर्ता के हो सो कुराको समेत विचार गरी दोहरी दर्ता हो होइन सो बारे हक बेहकको प्रमाण बुझी इन्साफ गर्नुपर्ने भई सो अधिकार अदालतको भएकाले माल कार्यालयले गरेको फैसला बदर हुने ठहर्छ भनी मिति २०३३।३।१६ मा फैसला गरेकोले ३५ दिन भित्रै नालेश गर्न आएको छु । मिति २०१६ सालमै बिर्ताको विवरण दी रैकरमा परिणत गराई दर्ता गरी मालपोत समेत बुझाई आएको त्यस्तो (ख) बिर्ता जग्गालाई मिति २०१७।३।१४ गतेको विवरणमा ‘क’ श्रेणीको बिर्ता भनी दर्ता गराएको सो दुषित दर्ताले मान्यता पाउन नसक्ने हुँदा विपक्षीहरुका नाउँमा दोहरी दर्ता गरेको बदर गरी हामीहरुको (ख) श्रेणीको बिर्ता जग्गा दर्ता भएकालाई विपक्षीहरुले बदर गराउनै नसकेकोले (ख) बिर्ता हामीहरुको दर्ता कायम रहने गरी हकै नहुने व्यक्तिहरुले खिचोला उठाएकोले मुद्दाको अन्तिम किनारा नभएसम्म जग्गा मिच्नेको १० नं. बमोजिम साल सालको बाली समेत रोक्का राखी विपक्षीहरुलाई कानुन बमोजिम सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०३४।६।२१।६ को फिरादपत्र । ३. हामीले जोती कमाई आएको भूतपूर्व बिर्तावारहरुको (क) श्रेणीको बिर्ता जग्गा हामीहरुको