निर्णय नं. ६५८८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५८८ - उत्प्रेषण भाग: ४० साल: २०५५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५५/०२/२५ १५७०९ निर्णय नं. ६५८८ ने.का.प. २०५५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत् २०५३ सालको रिट नं...... २१८७ आदेश मिति : २०५५।२।२५।२ विषय : उत्प्रेषण निवेदक : का.जि.का.म.न.पा. वार्ड नं. ३३ बस्ने अन्नपुर्ण राणा । विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने गोरख सम्शेर ज.व.रा. समेत ४ जना । § जुन माना चामल मुद्दामा यि निवेदिका सो मुद्दाको वादी अन्नपूर्ण राणाको योनी तथा पाठेघर जचाइयोसे भनी माग गरिएको छ सो मुद्दामा प्रतिउत्तरपत्रमा नै प्रतिवादीले वादी अन्नपुर्ण राणाको भारत नैनिताल मुलुकमा आर.यस. तडागीसँग विवाह भएको र निजको एक दुही लक्ष्मी सिं तडागी नामको छोरी जन्मिएको भनी लोग्ने तथा बच्चीको नाम र बच्चा जन्मिएको जि.वि. पन्थ नैनिताल अस्पतालको रेकर्ड समेत उल्लेख गरेको देखिन आउछ । यस प्रकार जब यी निवेदिका अन्नपूर्ण राणाको खास व्यक्तिसँग विवाह भइसकेको छ भनी लोग्नेको नाम तथा बच्चाको नाम समेतको विवरण उल्लेख गरिएको छ भने अब सोही अन्नपूर्ण राणाको योनी तथा पाठेघर आदि जाच गराई यकिन गराई रहन पर्ने प्रयोजन नै के रहन सक्छ र यस्तो कुमारित्वको जाँच (Verginity Test) को आवश्इकता नै किन पर्ने भन्ने प्रश्न तत्काल सहजै उठ्छ र वब उक्त विवाह एवं सन्तान जन्माएको प्रमाण नै यथेश्ट हुन सक्छ भने सोही प्रमाणको विश्लेषण एवं मुल्याङ्कनले नै प्राथमिकता पाउन सक्ने स्पष्ट देखिन्छ । यसतो अवस्थामा गौण रुपमा देखिा आउने कुमारित्व जाच (Verginity Test) को प्रमाण बुझ्नको लागि अदालतले किन समय नष्ट गर्ने भनी त्यस तर्फ पनि सोच विचार, पुर्याउनु पर्ने । (प्र.नं.१४) § कुनै पनि महिलाको योनी तथा पाठेघर जाचबाट सो महिला विवाहित नै हुन भनी ठोकुवा गर्न मिल्ने पनि होइन । कुमारित्व (Verginity) कायम रहेको नदेखुनु तथा विवाहित देखिनु दुई अलग अलग अवस्था हो । कानूनी दृष्टिबाट पनि त्यही हो । कुमारित्व भंग भएको हुदैमा विवाहित नै हो भनी अनुमान गर्न सकिदैन । जब उमेर अनुसार कुनै महिलाको कुनै पुरुषसँग कतै कुनै पनि बेला यौन सम्पर्क (Sex) रहन सक्छ । हाल यो सामान्य कुरा भई सकेको छ । जब त्यसरी यौन सम्पर्क रहन सक्छ भने त्यसबाट चाहेर वा नचाहेर पनि गर्भ रही बच्चा जन्मन सक्छ । त्यो पनि स्वाभाविकै हुन्छ । यस्तो स्थितिमा उक्त कुमारित्वको परिक्षण (Verginity Test) बाट सार्थक कै परिणाम आउन सक्छ त्यो नै मुख्य विारणीय पक्ष देखिन आउछ । योनी तथा पाठेघरको परिक्षण पनि प्रमाण ऐन, २०३१ को दफा ३ ले सम्वद्ध पमाण नै हुन्छ । तर कुनै प्रमाण बुझ्दा तत्काल नैतिक मान्यतामा समेत खलल पुग्न जाने अवस्थाको छ भने त्यस्तो प्रमाण बुझ्दा तत्काल बुझिरहन श्रेयकर नहुने स्पष्ट छ । बदलिदो सामाजिक परिवेशलाई हेर्ने हो भने पनि कुमारित्व कायम राख्ने वा स्वछन्द भएर आफूले मन पराएको मानिससग यौन सम्पर्क राख्दै जाने भन्ने कुरा सम्बध्ति व्यक्तिको आफ्नो निजी आचरण (Private affair) को कुरा हो । कसैले खुलस्त भएर त्यस्तो आचरण गरि हिड्छन् भने कसैले लुकिछिपी अर्थात् गोप्य रुपमा त्यस्तो आचरण गर्दै जाने पनि हुन सक्छ । त्यस्तो यौन सम्पर्क (Sex) भएको हुदैमा महिलाको कानूनी स्थितिमा खास परिवर्तन हुन सक्दैन । कसै कसैले पहिले यौन सम्पर्क राखी त्यसबाट त्यसबाट बच्चा समेत जन्मिए पछि मात्र विधिवत रुपमा लोग्ने स्वास्नीको सम्बन्धमा जोड्न सक्छन् । अझ यस भन्दा अगाडि बढेर भन्ने