निर्णय नं. ३८४२ - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८४२ - सवारी ज्यान भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०३/१८ २८३१ निर्णय नं. ३८४२ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको फौ.पु.नं. ४९८ फैसला भएको मिति : २०४६।३।१८।१ मा पुनरावेदक/प्रतिवादी : जि. बैतडी त्रिपूरा सुन्दरी गा.पं. वा.नं. ८ घर भई कैलाली कारागारमा बन्दी धनसिंह थापा विरुद्ध विपक्षी/वादी : लोकराज पन्तको जाहेरीले श्री ५ को सरकार मुद्दा : सवारी ज्यान § मृतकलाई मारौं भन्ने प्रतिवादीको नियत देखिँदैन, सवारी चलाउन अनुमति प्राप्त नभएको प्रतिवादीले चलाएको ट्याक्टर ब्रेक फेल भई मृत्यु भएको देखिँदा ज्यान मार्ने सम्मको नियत नभई हेलचेक्र्याईबाट ज्यान मरेको देखिने । (प्रकरण नं. २२) § मारौं भन्ने प्रतिवादीको नियत नभै हेलचेक्र्याईबाट सवारी चलाउँदा दुर्घटना हुन गएको अवस्थामा ज्यानसम्बन्धीको १३ नं. प्रयोग गर्नु न्यायसंगत नदेखिने । (प्रकरण नं. २३) § ज्यान जस्तो गम्भीर प्रकृतिको मुद्दामा मनसाय निर्णायक तत्व हुने हुँदा अवस्था अनुसार जुनसुकै दफा पनि प्रयोग हुन सक्छन यस्तो अवस्थामा ज्यानसम्बन्धीको १३ नं. प्रयोग गरी प्रतिवादीलाई सजाय गर्ने गरेको न्यायसंगत नदेखिने । (प्रकरण नं. २४) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री थानेश्वरप्रसाद विपक्षी/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी फैसला न्या. महेशरामभक्त माथेमा : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी प्रतिवादी धनसिंह थापाको पुनरावेदन परी साधक सदर समेतको लागि दर्ता भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. मिति २०४३।१।९ गते बेलुकी अं.६ बजे मेरो भतिजा तर्कराज पन्त ध.न.पं. वार्ड नं. ३ चौराहा देखि उत्तर पट्टि पुग्दा ट्राफिक प्रहरी धनसिंह थापाले बिना लाइसेन्स से.अं. ६६ नं. को ट्रेक्टर हाँकी कुल्ची तिर्थराज पन्तलाई मारेकाले कारवाही गरी पाउँ भन्ने समेतको लोकराज पन्तको जाहेरी दर्खास्त । ३. धनगढी चौराहाबाट अं.१५ गज उत्तर तर्फ सडकबाट अं. ५२ फिट साइडमा लाश रहेको, सडकमा स्पीड मार्क केही नदेखिएको, लाशको टाउको, नाक, मुखबाट रगत आएको टाउकोमा निधारदेखि माथि ६” लम्बाई ३” चौडाई घाउ भई प्रशस्त रगत निस्केको भन्ने समेत व्यहोराको घटनास्थल तथा लाश प्रकृति मुचुल्का । ४. २०४३।१।९ गते बेलुकी ५,६ बजे म ट्राफिक आईलैण्डमा बसेको बेलामा से.अ.नं. ६६ नं. को ट्रेक्टर नरबहादुर देउवाले चलाई चौराहा तर्फ ल्याउदाँ सो ट्रेक्टरको हेडलाइट बनाएर ल्याउनु पर्‍यो भनी मैले भने पछि सो ट्रेक्टर घुमाई वर्कशप तिर लैजाँदा म पनि ट्रेक्टरमा बसी मलाई ट्रेक्टर चलाउन सिकाई दिनु पर्‍यो भनी भन्दा चालकले हुन्छ भनेकोले म ट्रेक्टरको सिटमा बसी स्टेरिङ समातें । चालकले गियर लगाई दियो । मेरो हात अचानक एक्सीलेटरमा लागी ट्रेक्टर बढी दौड्न लाग्यो । साइड लिन मृतकले आफ्नो साइकल एक्कासी घुमाउँदा निजलाई बचाउन भनी मैले ट्रेक्टरलाई बायाँ तर्फ दबाएर हाँक्न लागें । तै पनि ट्रेक्टरको अगाडि सिसाले साइकललाई छोई धक्का दिँदा रोडको बाँयातर्फ हुत्तिएर गै मृतक र निजको साइकल लड्यो । ट्रेक्टर पनि कन्ट्रोल नभई गुड्दै गई अगाडि खाल्टोमा गई अडियो । मृतकको नाक मुखबाट रगत आएको अचल भएको देख्दा म र नरबहादुरले ट्राफिक पोष्टमा गई ड्युटीवालासंग भनेको हु भन्ने समेतको धनसिंह थापाले अधिकारप्राप्त अधिकार