निर्णय नं. १४१०-१ - परमादेशको आदेश जारी गरिपाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४१०-१ - परमादेशको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: माघ अंक: १० फैसला मिति :२०३७/०९/१९ २६५१ निर्णय नं. १४१०-१ ने.का.प. २०३७ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३७ सालको रि.फु.नं. ५३ फैसला भएको मिति : २०३७।९।१९।६ मा निवेदक : का.जि. फर्पिङ सतिखेल बस्ने वर्ष २६ को कमल शर्मा विरूद्ध विपक्षी : श्रीमान प्रमुखज्यू, विद्यार्थी हित शाखा त्रि.वि.वि., शिक्षा शास्त्र अध्ययन संस्थानसमेत विषय : परमादेशको आदेश जारी गरिपाउं (१) निवेदकले विश्वविद्यालय स्तर निर्धारण लिष्ट अनुसारको परीक्षा उत्तीर्ण नभई त्रिभुवन विश्वविद्यालयलाई झुक्याई किर्तिपुर बहुमुखी क्याम्पसमा प्रवेश गरेको देखिएबाट निवेदक सफा हातले आएको नदेखिएबाट रिट निवेदन खारेज गर्ने गरेको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली आदेश न्या. बासुदेव शर्मा : तथ्य यस प्रकार छ : त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र अध्ययन संस्थान किर्तिपुर बहुमुखी क्याम्पसले निवेदक कमल शर्मालाई लब्धाङ्क पत्र पेश गर्ने विषय लेखेको ०३३।२।११ को पत्रमा तपाईले आई.ए.वा सो सरह परीक्षा पास गरेको लब्धाङ्क पत्र तपाईको व्यक्तिगत विवरण फायलमा नदेखिएकोले यो पत्र प्राप्त भएको ३ दिनभित्र अनिवार्य रूपमा उक्त बमोजिमको लब्धाङ्क पत्र पेश गर्नु हुन सूचित गरिन्छ । अन्यथा तपाईको परीक्षाफल र लब्धाङ्क रोक्का गरी आवश्यक कारवाईको लागि लेखापढी गर्ने कुरा पनि अवगत गराइन्छ भन्ने समेत उल्लेख भएको रहेछ । २. प्रस्तुत रिट निवेदनमा लिएको मुख्य जिकिरहरू यस प्रकार छन् : उत्तर बंगाल युनिभर्सिटीको वि.ए.प्रथम वर्षको जाँच पासलाई त्रिभुवन विश्वविद्यालयले आई.ए.सरह मान्यता दिइने भएअनुसार नै मलाई ०३१ साल श्रावण ५ गतेबाट त्रिभुवन विश्वविद्यालय किर्तिपुर बहुमुखी क्याम्पसमा डिप्लोमा स्तरमा (वि.एड.) भर्ना लिई अध्ययन गरी आएकोमा पछि चौंथो सेमेष्टरको अन्ततिर टिचिङ्ग प्राक्टीसको लागि नेपाल आर्दश माध्यमिक विद्यालय गब्बाहाल काठमाडौंमा पढाई रहेको । मेरो अध्ययन पूरा भई नतिजा प्रकाशित हुन मात्र बाँकी थियो । आफ्नो अध्ययन पूरा गर्न ५ दिन मात्र बाँकी भएको अवस्थामा अनावश्यक विवाद उठाई विपक्षी परीक्षा शाखाबाट समेत मेरो परीक्षाफल र लब्धाङ्क रोक्का गरियो मैले पेश गरेको उत्तर वंगाल युनिभर्सिटीको पि.प्र.मार्कसीट र सो सत्य हो भनी खर्साङ कलेजले दिएको सक्कल प्रमाणित पत्र समेतको कागज विपक्षी प्रमुख र विद्यार्थी हित शाखामा राखियो र पटक–पटक विपक्षहरू समक्ष गई भन्दा समेत आजसम्म परीक्षाफल प्रकाशित नगरी दिएबाट त्रिभुवन विश्वविद्यालय ऐन, ०२८ को दफा ६(क)(ख)(ग) र (च) को समेत प्रत्यक्ष कानुनी त्रुटि गर्दै मेरो शिक्षा उपार्जन गर्ने सम्बन्धी हकमा समेत आघात पुर्‍याए । ३. रिट निवेदन खारेज हुनुपर्ने भनी विपक्षी सहायक डीनको लिखितजवाफमा लिएका जिकिर यस प्रकार छ : निजले पेश गरेको मार्कसीट नक्कल समेत राखी साथै वंगाल युनिभर्सिटीलाई पत्र लेखी सोधपूछ गरिंदा निवेदक कमल शर्माले यस विद्यालयमा फस्र्ट इयरमा जाँच दिएको तर पास गर्न नसकेको भन्ने समेत कुरा उल्लेख गरी मिति ०३०।३।१९७७ मा पत्र प्राप्त हुनआएकोले त्यसरी धोका दिई झुक्याई नकडा प्रमाणपत्र समेत पेश गरेकोले निवेदकको परीक्षाफल कारवाईको ल