निर्णय नं. ६५८९ - जग्गा खिचोला ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५८९ - जग्गा खिचोला । भाग: ४० साल: २०५५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५४/०९/०७ ३८०६ निर्णय नं. ६५८९ ने.का.प. २०५५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधिश श्री टोप बहादुर सिंह सम्वत् २०५२ सालको दे.पु.नं..... ३०२८ फैसला मिति : २०५४।९।७।२ मुद्दा : जग्गा खिचोला । पुनरावेदक/प्रतिवादी : ल.पु. ताप्लेजुङ्ग थेचम्बु गा.वि.स. वडा नं. ६ बस्ने हिमकला उप्रेती समेत ३ । विरुद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ. बस्ने ज्ञानमोती लिम्बुनी § कानून बमोजिम पारित लिखत बेगर घरसारको राजिनामा लिखतबाट सकैलाई अचल सम्पत्तिको हक स्वामित्व प्राप्त हुन नसक्ने स्पष्ट छ । कसैले कसैको अचल सम्पत्ति कुनै प्रकारले वर्षै सम्म आफ्नो भोग कब्जामा लिइ राखेको हुन सक्छ वा अर्को अर्थमा लिन सफल भएको हुन सक्छ तर त्यस्तो भोग कब्जाबाटै उसलाई स्वतः सो सम्पत्तिको पुरा हक स्वामित्व नै प्राप्त हुन्छ भन्न मिल्ने देखिदैन । कारण हक स्वामित्व र भोग दुई अन्योन्याश्रति अवस्था हो । (प्र.नं. ९) पुनरावेदन प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ता श्री मोहमद शेष अव्वास प्रत्यर्थी वादी तर्फबाट : x अबलम्बित नजिर : x फैसला न्या. अरविन्दनाथ आचार्य : प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : २. १९५० साल जाचमा याङरुप थेचुम्बु मौजाका सुब्बा एकलमान जिम्मा नन्दलाल तिरो रु.६।५० मा पाखा तर्फको मोठमा दर्ता भउको थेचम्बु गा.वि.स. ६ मा पर्ने खिवुना भन्ने खेत मेरो बाजे बाबु ससुराको शेष पछि म फिरादीले भोग गरी कि.नं. ४८५ क्षेत्रफल २४.०.३.३ मा सर्भे नापीमा नापजाच दर्ता भई म फिरादीको नाउमा जग्गाधनी दर्ता प्रमाणपुर्जा समेत प्राप्त गरी भोग गरी आउदा मिति २०४८।९।२७ गतेका दिन देखि प्रतिवादीहरु उक्त जग्गामा प्रवेश गरी खनजोत खिचोला दावी गर्न लाग्नु भएकोले उक्त कि.नं. ४८५ को क्षेत्रफल २४.०.३.३ को खिवुना खेत म फिरादीको नाउमा नापी दर्ता भएबमोजिम जोतभोग गर खान हक सदर थानी पाउँ भन्ने वादी ज्ञानमोति लिम्बुनीको २०४८।१०।२९ को फिरादपत्र । ३. विवादीत उक्त कि.नं. ४८५ को खिवुना भन्ने खेत य वादकिा छोरा लिला बहादुर समेतले मिति २०३४।१०।१५ गते प्रेमलालबाट रु.४०,०००। लिनु भई घरायसी राजिनामा गरिदिनु भएको पासमात्र हुन बाकी छ । त्यसै घरायसी राजिनामाले हाल सम्म भो गरी आएको हो । वादी दावी अनुसार जग्गामा खिचोला गरेको होइन । फिरादीको झुट्टा पोल पक्राउबाट अलग फार्सा गराई साविक अनुसार भोगी खान हक सदर सकार थामी पाउ भन्ने प्रतिवादीहरु प्रेमलाल उप्रेती, हिमकला उप्रेती पुण्य प्रसाद उप्रेतीको मिति २०४९।१।१९ गतेको प्रतिउत्तर पत्र । ४. यी वादीका छोरा समेतले बाली लुटपिट मुद्दामा प्रतिवाद गर्दा खिवुना देत प्रतिवादीकै घरायसी राजिनामा अनुसार वादी लगाई खाई आएको छ भन्ने कुरा लेखि मिति २०४५।७।३० मा डिसमिस भएको छ । यी प्रतिवादीले जग्गा भोगी राखेको छ भन्ने समेत प्रतिवाद देखिदा जग्गा खिचोला गर्यो भन्ने यी वादीले लेख्न सकेको नदेखिदा र प्रतिवादीको रुपैया बुझाएको सम्बन्धमा समेत केही उल्लेख भएको नदेखिदा किचोला गर्यो भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने ताप्लेजुङ्ग जिल्ला अदालतको मिति २०५०।२।३२ को फैसला । ५. हक नपुग्ने छोरा लिला बहादुरले विवादको खेत प्रतिवादी प्रेमलाललाई गरि।दिएको घरसारको राजिनामाले कानूनी मान्यता पाउन नसक्नेमा किचोला गरेको ठहर्दैन भनी गरेको शुरुको फैसला चित्त बुझेन । मेरो हक