निर्णय नं. ३८४३ - जग्गा खिचोला हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८४३ - जग्गा खिचोला हक कायम भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०४/३१ २३७२ निर्णय नं. ३८४३ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पु.नं. ५२२ फैसला भएको मिति : २०४६।४।३१।३ मा पुनरावेदक/वादी : जि. महोत्तरी, गा.पं.घिरापुर वडा नं. ३ बस्ने लाल ठाकुर विरुद्ध विपक्षी/प्रतिवादी : जि. महोत्तरी, गा.पं. नैनही वा.नं. ५ बस्ने हुकुम पाण्डेसमेत मुद्दा : जग्गा खिचोला हक कायम § जिल्ला कार्यालयबाट २०३४।१।३१ मा हक बेहक गराउन सुनाई दिएको देखिँदा विवादको जग्गाको सम्बन्धमा ०३४ सालमा नै विवाद उठी सकेको मान्नु पर्ने । (प्रकरण नं. १६) § वारदात मिति पछिको कायम गरेर फिराद दिन आउँदैमा फिराद हदम्याद भित्र परेको भन्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना फैसला न्या. महेशरामभक्त माथेमा : श्री मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ :– २. जि. महोत्तरी नैन्ही गा.पं.सा.वा.नं. वार्ड नं. ९ मा पर्ने सार्दीन मिश्रको हकभोगको हुकुम पाण्डे देखि उत्तर, रामसिनेही देखि दक्षिण सडक देखि पश्चिम, हुकुम पाण्डे देखि पूर्व यति ४ किल्ला भित्रको ऐलानी बेनम्बरी जग्गा उत्तर दक्षिण ४४ हात पूर्व पश्चिम २१ हात र सो जग्गामा बनेको पूर्व मुखको फुसको घर एक समेत सारदीन मिश्रले मलाई २०३२ साल माघ १८ गते ठाडै बकसपत्रको लिखत रजिष्ट्रेशन गरी दिनुभयो । उक्त घर जग्गा भोगी आएको थिएँ । ०३८ साल चैत्र २७ गते बेलुका अन्दाजी ६।६१२ बजेको बखतमा प्र.हरु मेरो उक्त फुसको पूर्व मुखको घरलाई आफ्नो सहयोगीहरुको मद्दतबाट उखेली तोडी लग्नुको साथै उक्त जग्गामा मिसाई लिनु भएको भन्ने कुरा जानकारी पाई जग्गा भएको ठाउँमा जाँदा कुरा साँचो नै देखी यस्तो अनाधिकार किन गर्नुभयो भनी सोध्दा यो जग्गा तपाईको हैन मेरो हो जो मन लाग्छ गर्नु होस भनी भन्दै भयमास समेत देखाउनु भयो । प्रतिवादीहरु माथि फिराद लिई उपस्थित भएकोछु । रु. १२००।– मोलिने मेरो हक भोगको उक्त उल्लेखित ०–०–६ घडेरी जग्गाबाट प्रतिवादीहरुको खिचोला छोडाई चलन चलाइपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. लिखत अनुरुपको दावी नै नभएको चौहद्दी र घरको लम्बाई चौडाई समेत फरक परेकोले वादीको दावा पुग्नसक्ने हैन । वादी दावीको जग्गामा खिचोला गरेको छैन । सरदीन मिश्रको मात्र ०–०–६ धुर जग्गा थियो । सरदीन मिश्रको स्वास्नी मानकीले उपार्जन पाण्डेबाट २००३ साल वैशाख १७ गते रोज २ मा बकसपत्रको लिखत लेखाई महोत्तरी माल अड्डाबाट पारित समेत गरे गराएको थियो । उक्त जग्गाको साविक नं. ८६४६ र चौहद्दी मुटुक धारी से पूर्व श्रीधर से उत्तर माननीको दाता उपारजन पाण्डेले नै मात्र ०–०–६ जग्गा दिएको सोही जग्गालाई आफ्नो इच्छाले चौहद्दी उल्लेख गरी क्षेत्रफल पनि बढाई सारदीन मिश्रले आफू माथि विदेशी मुद्दा परेपछि जग्गाको बचाउको लागि ज्वाई लाल ठाकुरलाई बकसपत्र गरी दिएको थियो । जग्गामा घर पनि छैन । अझ पनि ०–०–६ जग्गा वादीकै भोगमा छ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. बुझिएका वादीका साक्षी राजनन्दन राउत समेत जवान २ को वादी मिलानको र प्रतिवादीका साक्षी चलितर राउत समेत जवान २ को प