निर्णय नं. ६५९० - दर्ता वदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५९० - दर्ता वदर । भाग: ४० साल: २०५५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५५/०१/२१ ३१९० निर्णय नं. ६५९० ने.का.प. २०५५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याया सम्वत् २०५० सालको दे.पु.नं...... १८४४ फैसला मिति : २०५५।१।२१।२ मुद्दा : दर्ता वदर । पुनरावेदक/ प्रतिवादी : जि. चितवन भरतपुर न.पा.वा.नं. १० बस्ने उमा मैनाली विरुद्ध प्रत्यर्थी/वादी : ऐ.वा.नं.८ घर भई वा.नं. १० मा डेरा गरी बस्ने टिकासरी भन्ने टिका श्री गुरुङसेनी। § लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिदा ऐनले आफूखुसी गर्न पाउने अरुको मञ्जुरी लिनु नपर्नेमा बाहेक अरुमा एकाघरसंगका अंशियार सबै साक्षी बसेको वा निजहरुले मञ्जुरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नबसेको र मञ्जुरीको लिखत पनि नभए मञ्जुर नहुनेले रजिष्ट्रेशन भएको मितिले एकवर्ष सम्मा थाहा पाएको पैतिस दिन भत्रि उजुर गर्यो र निजको मञ्जुरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराइ दिनुपर्छ भन्ने कानूनी व्यवस्था भउकोमा मिति ०४१।५।१ मा रजिष्ट्रेशन पारित भएको लिखत उपर मिति २०४४।९।२६ मा फिराद परेको देखिदा सो बमोजिम राजिष्ट्रेशन पारित भएको मितिले एकवर्ष सम्ममा थाहा पाएको पैतिस दिन भित्र नालेश नपरेकोले समेत प्रस्तुत नालिस खारेज हुने । (प्र.नं.११) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र श्री गणेशराज शर्मा तथा विद्वान अधिवक्ता श्री प्रकाश वस्ती । प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल । अबलम्बित नजिर : x फैसला न्या. उदयराज उपाध्याय : न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को खण्ड (क) (ख) बमोजिम दोहोर्याउने निस्सा प्राप्त गरी दर्ता हुन आउको प्रस्तुत पुनरावेदनको संक्षिप्त विवरण यसप्रकार छ : २. विपक्षी मेजर इन्द्र बहादुरका दुई श्रीमती, कान्छी श्रीमती म हुँ जेठीका कोखबाट पैदा भएका छोराहरु पद्म बहादुर समेत २०२७ सालमा छुट्टी भिन्न भई सबै अंशियारको मञ्जुरीले मेरो दाइजो पेवाबाट खरिद भएको गा.वि.स. कलयणपुर वडा नं. ७ ख कि.नं. १० को जग्गा मेरो हक कायम राखी आ आफ्नो अंश भाग बुझी छुट्टी भिन्न भएको थिए, अंश मुद्दाको फैसला पश्चात सो फैसला बमोजिम पदम बहादुरको नाउमा उक्त कित्ताफोड भई कि.नं. ४६८ को ज.वि. ०.९.९.३/४ दर्ता भएको र कि.का. भएको कि.नं. ४६९ को जग्गा चाहि मेरै नाउमा राखिएकोमा सो कि.नं. ४६९ को ज.वि. १.१४.१९.१/४ जग्गा पनि सम्बन्ध विच्छेद मुद्दाको फैसलाको आधार लिई पतिको अधिकृत वारेस भई पुरेन्द्र कुमार मैनालीले मालपोत कार्यालयमा निवेदन लिई ०४१।४।३० को निर्णयानुसार मेरो नाम दर्ताको जग्गालाई विपक्षी इन्द्र बहादुरको नाउमा दर्ता गराई निज पुरेन्द्र कुमार मैनालीले आफू अधिकृत वारेस भई प्र उमादेवी मैनाली धनि भई सो कि.नं. ४६९ को १.१७.१९.३/४ जग्गा ०४१।४।३० मा पारित गरी दिनुदिनु गरेकोले सो राजिनामा लिखत र सो को आधारमा भएको दर्ता समेत वदर गरी मेरो नाउमा दर्ता गरी पाउ भन्ने समेत व्यहोराको टिकासरी भन्ने टिकाश्री गुरुङ्गको फिरादपत्र । ३. इन्द्र बहादुर म उमा मैनालीले मुद्दा पर्दापर्दैको अवस्थामा विवादित जग्गा राजिनामा गराई लिनु दिनु गरेको नभई विपक्षी इन्द्र बहादुर र टिकासरीको सम्बन्ध जिच्छेद र अंश मुद्दा फैसला भएपछि फैसला अनुसार इन्द्र बहादुरको हक हुन आएको जग्गा इन्द्र बहादुर बाट मैले ०