निर्णय नं. ३८४४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८४४ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०९/२९ २०४७ निर्णय नं. ३८४४ ने.का.प. २०४६ अङ्क ६ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको रि.पु.नं. ५२ सम्वत् २०४५ सालको रि.पु.नं. ५२ आदेश भएको मिति : २०४६।५।६।३ मा संयुक्त इजलासबाट निर्णय मिति : २०४३।९।२९।३ निवेदक/रिटनिवेदक : का.न.पं.वडा नं. १५ धवलागिरी होजियारी इन्डष्ट्रिजको प्रो.ताक्ला ठकुरी विरुद्ध विपक्षी/प्रत्यर्थी : अन्तःशुल्क कार्यालय, काठमाडौं विषय : उत्प्रेषण (१) औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १४(३) ले यो ऐन प्रारम्भ हुनु अघि अनुमति प्राप्त गरे तापनि यो ऐन प्रारम्भ भइसकेपछि मात्र स्थापना भएको वा उत्पादन शुरु गरेको उद्योगले यसै ऐन बमोजिमको सुविधा सहुलियत तथा संरक्षण मात्र उपभोग गर्न पाउनेछ भन्ने व्यवस्था गरेको देखिँदा साविक औद्योगिक व्यवसाय ऐन, २०३० बमोजिम दर्ता भए पनि औद्योगिक व्यवसाय ऐन, २०३८ प्रारम्भ भैसकेपछि मात्र स्थापना वा उत्पादन शुरु गरेको उद्योगले साविक ऐन बमोजिमको सुविधा, सहुलियत र संरक्षण उपभोग गरी नसकेको स्थितिमा पछिल्लो ऐन अनुसारको सुविधा पाउन सक्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात अवलम्बित नजीर : न्यू प्रेम होजियारीको प्रो.रतनलाल संघाई विरुद्ध श्री ५ को सरकार, अर्थ मन्त्रालय समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ । रि.पु.नं. ५४।२०४३ आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका हजूरमा यस सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४३।९।२९।३ मा भएको निर्णय उपर पूर्ण इजलासबाट दोहोर्‍याई हेरी दिनु भनी हुकूम प्रमांगी बक्स पाउँ भनी ताक्ला ठकुरीले न्यायिक समिति मार्फत चढाउनु भएको निवेदनपत्र र यस बारे न्यायिक समितिद्वारा चढाई पठाएको पत्र तथा पत्रसाथ संलग्न पर्चा समेतको व्यहोरा मौसूफ सरकारको जुनाफमा जाहेर हुँदा उक्त निर्णय दोहोर्‍याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराज सरकारका प्रमुख सचिवालय राजदरवारबाट मिति २०४५।५।२ मा लेखी आए बमोजिम तथा संयुक्त इजलासबाट भएको प्रस्तुत मुद्दाको निर्णय र यसै विषय समावेश भएका अरु मुद्दाहरुमा संयुक्त इजलासबाट भएका निर्णयहरु बीच समान सिद्धान्त कायम नभै विवाद बिन्दूमा दुईवटा इजलासबाट परस्पर विरोधी सिद्धान्त कायम हुने गरी निर्णय भएको हुँदा रुलिङ्ग बाझिएकोले स.अ. नियमावली, २०२१ को नियम ३३(ख) बमोजिम प्रस्तुत रिटनिवेदन पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने सम्माननीय प्रधान न्यायाधिश श्री धनेन्द्रबहादुर सिंहबाट भएका आदेश बमोजिम यस पूर्ण इजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. मिति २०३८।१।१९ मा तत्कालिन औद्योगिक व्यवसाय ऐन, ०३० अन्तर्गत अनुमति प्राप्त गरी श्री ५ को सरकार घरेलु तथा ग्रामीण उद्योग विभागमा उद्योग दर्ता भई औद्योगिक व्यवसाय ऐन, ०३८ लागू भएको मिति ०३८।६।१४ पश्चात, सञ्चालन तथा मिति ०३८।८।१ मा उत्पादन हुन थालेको हो । साथै अ.सु. ऐन, ०१५ को दफा ३(१) अन्तर्गत अ.सु.का. काठमाडौंमा पनि मिति ०४१।५।२० मा दर्ता भई इजाजत प्राप्त भएकोमा ०४१।३।२६ को राजपत्र सूचना अनुसार अन्तःशुल्क लाग्छ भनी विपक्षीले ताकेता गर्दा उद्योग न