निर्णय नं. ३८४५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८४५ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०६/०३ २०९७ निर्णय नं. ३८४५ ने.का.प. २०४६ अङ्क ६ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४५ सालको रि.पू.इ.नं. ५० आदेश भएको मिति : २०४६।६।३।३ मा संयुक्त इजलासबाट निर्णय मिति : २०४३।११।४ निवेदक/रिटनिवेदक : का.न.पं.वडा नं. ३२ कालिकास्थान बस्ने बिनोदराज शर्मा विरुद्व विपक्षी/प्रत्यर्थी : सञ्चालक समिति, शाही नेपाल चलचित्र संस्थान बालाजु, काठमाडौंसमेत विषय : उत्प्रेषण § परीक्षणकालको समयावधि भित्र नोकरीबाट हटाउने भनी निर्णय समेत नगरी परीक्षणकाल समाप्त भैसकेपछि पनि लगातार रुपमा बहाल रहेको पदमा राखी राखेको अवस्थामा संस्थानको विनियम ११(२) अनुसार स्थायी नियुक्ति स्वतः सदर हुने । (प्रकरण नं. ८) § परीक्षणकाल समाप्त भइसकेपछि पनि परीक्षणकालमा रहे सरहको मानी नोकरीबाट हटाउने गरी निर्णय गर्ने अधिकार प्रत्यर्थीलाई रहे भएको नदेखिँदा रिट निवेदकको काम सन्तोषजनक नभएको भनी नोकरीबाट हटाउने गरी गरेको निर्णय एवं तत्सम्बन्धी सूचना कारवाही त्रुटिपूर्ण देखिँदा उक्त काम कारवाही तथा निर्णय उत्प्रेषणको आदेशले बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त अवलम्वित नजीर : नेपाल यातायात संस्थान केन्द्रीय कार्यालय समेत भएको २०४२ सालको रि.फु.नं. ३० को उत्प्रेषणको मुद्दा (ने.का.प. २०४३, अंक ५, पृष्ठ ३७७, नि.नं. २७०१) आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४३।११।४ मा भएको निर्णय दोहोराई पाउँ भनी बिनोद शर्माको हकमा प्रकाशमणी प्रधानले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका हजुरमा चढाई पठाएको बिन्तिपत्र र यसबारे न्यायिक समितिबाट भएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२ (ख) बमोजिम उक्त निर्णय दोहोराई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखी आए अनुसार पेश हुन आएको प्रस्तुत रिटनिवेदनपत्रको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. निवेदक मिति २०३९।४।२६ गतेको करारनामा बमोजिम मिति २०३९।४।२७ गतेदेखि शाही नेपाल चलचित्र संस्थानमा अधिकृत स्तर छैठौं तह सरहको सुविधा पाउने गरी निर्माण व्यवस्थापन सम्बन्धी काम गर्ने गरी करार सेवामा प्रवेश पार्र्र्ई संस्थापनमा कार्यरत रहेकोमा पटक पटक करारका अवधि बढाउदै लगी आखिर मिति २०४०।१२।३० गतेको पत्रबाट मिति २०४१।१।१ गतेदेखि मिति २०४१।३ मसान्तसम्मको लागी करारनामाको अवधि थप गरिएकोमा सोही अवधिभित्र अर्थात मिति २०४१।२।१५ गतेको निर्णय अनुसार एक वर्ष परीक्षणकालमा रहने गरी २०४१।२।१६ गते देखि स्थायी नियुक्ति पाई संस्थानमा सेवारत थिएँ । परीक्षणकाल मिति ०४२।२।१५ गतेमै समाप्त भइसकेपछि मिति ०४२।३।७ गतेको निर्णय भनी महाप्रवन्धकले मिति २०४२।२।१६ गते देखि लागू हुने गरी अर्को ३ महीनाको लागि परीक्षणको अवधि थप गरिएको पनि २०४२।५।१५ मा पूरा भई परीक्षणकालको अवधि भुक्तानी भएकोले महाप्रवन्धकले दशै पेश्की सुविधा समेत प्रदान भएको थियो । विपक्षी महाप्रवन्धकले मिति २०४२।८।३० गतेको निर्णय अनुसार भनी मिति २०४२।९।१ गतेदेखि लागू हुने गरी निवेदकलाई परीक्षणकालमा रहने गरी निय