निर्णय नं. १४१२-१ - उत्प्रेषणको आदेश जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४१२-१ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: माघ अंक: १० फैसला मिति :२०३७/१०/०२ २३८० निर्णय नं. १४१२-१ ने.का.प. २०३७ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रैलोक्यराज आर्याल सम्वत् २०३६ सालको रिट नं. ११५० फैसला भएको मिति : २०३७।१०।२।५ मा निवेदक : ल.पु.जि. गोदावरी गा.पं.वडा नं. ६ बस्ने रोहिणीप्रसाद पुरी विरूद्ध प्रत्यक्र्षी : महान्यायाधिवक्ताको कार्यालय राम शाहपथ काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) निवेदक साधारणतर्फको स्थायी पदमा बहाल रही पछि आफ्नै साधारणतर्फको पदमा फर्कने गरी विकास योजना चालू रहेसम्मको लागि गएको अवस्थामा निवेदकको साधारणतर्फको नोकरी खण्डित भएको हो भनी मूल्यांकन गर्न मिल्ने होइन । (प्रकरण नं. ६) (२) निवेदक साधारणतर्फको नोकरीमा अटूट बहाल रही रहेकोलाई कायम मानी बढुवा समितिले निवेदकको बढुवा नाम प्रकाशित गरेकोलाई बदर गरी संशोधित नामावली प्रकाशित गर्नगरेको निर्णय कानुनको दृष्टिमा त्रुटिपूर्ण हुने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश प्र.न्या. नयनबहादुर खत्री : विपक्षी महान्यायाधिवक्ताज्यूको निर्णय अनुसार भनी प्रकाशित नामावली बदर गरी बढुवा समितिको सिफारिश अनुसार नै कायम गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको छ । २. म निवेदक २०१६ साल भाद्र २३ गते देखि लोकसेवा आयोगले सिफारिश अनुसार बहिदार पदमा स्थायी नियुक्ति भई समय–समयमा बढुवा हुँदै ०२३।११।२२ मा लोकसेवा आयोगको सिफारिश अनुसार खरिदार पदमा बढुवा भएको हुँ । ना.सु.पदमा बढुवाको लागि सूचना प्रकाशित भएअनुसार म निवेदकले आफू उक्त पदको लागि योग्य उम्मेदवार भएकोले विधिवत भर्नुपर्ने फाराम भरी प्रस्तुत गरेको थिएँ निवेदकलाई निजामती सेवा नियमावली, ०२१ (यसपछि नियमावली भनिएको) को परिच्छेद ३ अनुकूल बढुवाको लागि दक्ष हुनाको कारणबाट नै बढुवा गर्ने सिफारिश शिक्षा मन्त्रालय कर्मचारी प्रशासन शाखा बढुवा समितिले गरेको कुरा ०२६।७।११ को गोरखापत्रमा प्रकाशित सूचनामा निवेदकको नाम १ देखि ७ मध्ये दोश्रोमा प्रकाशित भएको देखाउँछ । प्रत्यर्थी रामहरी शर्मा र गिरीराज कुँवरले प्रत्यर्थी महान्यायाधिवक्ताको कार्यालयमा उजूरी गरी कारवाही हुँदा बढुवा समितिले प्रकाशित गरेको नामावलीमा संशोधन गरेको निर्णयको जानकारी ०३६।१०।१० मा म निवेदकलाई दिइयो । म निवेदक उपरोक्त कथनानुसार अवछिन्न अटूट नोकरीमा रहेको छु । शुरू स्थायी नियुक्ति पछि ०२२।९।२९ गते म मेरो साविक स्थायी मुखिया पद लियनमा राखी विकास तर्फको खरिदार पदमा बढुवा प्राप्य भएको हो र ०२३।११।२२ देखि स्थायी मुखियाको लियनकै आधारमा लोकसेवा आयोगको बढुवा भएको हुँ । म निवेदक स्वेच्छाले ०२२।९।१९ देखि ०२३।११।२२ सम्म मुखिया पद लियनमा राखी विकास तर्फको खरिदार पदमा बढुवा भई गएको नभई श्री ५ को सरकारले नै साधारणतर्फ लियन राखी विकासतर्फ पठाएको हो र राजीनामा त्यागपत्र समेत दिएको नहुँदा मेरो नोकरी समेत टुटेको मान्ने कुरै आउँदैन । विकासका कर्मचारीलाई साधारणमा ल्याउने सिलसिलामा म निवेदक साधारणतर्फ आएको नभई साधारणको मुखिया पदबाट बढुवामा जाँच दिई खरिदार पदमा बढुवा भएको हुँदा नोकरी टुटेको वा खण्डित भएको भन्ने कुनै कुरै छैन तसर्थ यसरी मेरो नोकरी अवधि खण्डित नभएको कुरामा नियमावली परिच्छेद ३