निर्णय नं. १४१३-१ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४१३-१ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: माघ अंक: १० फैसला मिति :२०३७/०९/२० २६६० निर्णय नं. १४१३-१ ने.का.प. २०३७ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३६ रिट नं. १२०९ आदेश भएको मिति : २०३७।९।२६।६ मा निवेदिका : जि. धनुषा दुहवी गा.पं.वडा नं. १ चुवल्हिया ओझाइन विरूद्ध विपक्षी : रविकान्तको जाहेरीले श्री ५ को सरकारसमेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं (१) विदेशी नागरिक ठहर्याउनु अघि निजले आफ्नो नागरिकता परित्याग गरी अर्को देशमा नागरिकता प्रमाणपत्रको प्राप्तिको लागि आवेदन दिई प्रमाणपत्र प्राप्त गरेको छ छैन सो सम्बन्धमा सबूत प्रमाण हेरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री हरिहर दहाल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे उल्लिखित मुद्दा : ने.का.प.२०२३ पृष्ठ ८ नि.ने.३११ फु.बे.निवेदक नथुनिया तेली विरूद्ध जादोलाल तेली आदेश प्र.न्या. नयनबहादुर खत्री : विपक्षी अदालतहरूको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदन संविधानको धारा ७१ अन्तर्गत पर्नआएको छ । २. मुद्दाको संक्षिप्त तथ्य र विवरण यस प्रकार छ : बबुवन चौधरीसँग चुल्हिया ओझाइनले जग्गा बिगहा १–०–० राजीनामा गराई धनुषा मालबाट रजिष्ट्रेशन पास गराएको कुरा थाहा हुनआएकोले सो जग्गा तथा १९९३ साल र २०१६ सालमा बकसपत्रबाट पासको सम्पत्ति अदलको २ र ३ नं. अनुसार जफत गरिपाउँ भन्ने रविकान्तको जाहेरी दरखास्त परी विपक्षी श्री ५ को सरकारबाट उक्त बमोजिम जग्गा जफतमा कारवाही शुरू गरेकोमा म बाहेक मेरो बाबु आमा निसन्तान भएकोले मलाई माइतमा राखी बाबु आमाले १९९३ सालमा १द्र३।।१.०१६ मा १द्र२।।। बकसपत्र गरी दिएको र बबुवन चौधरीसँग १द्र०३.२०२५ सालमा नालिश गराई लिएको र बबुवन तथा रविकान्त समेत उपर लुटपिट मुद्दा दायर गर्न लागेकोले रिसले दुःख दिन झुठ्ठा उजूर गरेकोले हो भनी चुल्हिया ओझाइनको बयान । रविकान्तको चुल्हिया ओझाइनको जग्गा जफत गरिपाउँ भन्ने परेको प्रतिवेदन फिरादपत्रको प्रतिउत्तरमा बाबु आमाले गोवराही मौजाको जग्गा दिएको र त्यसपछि भारत जिल्ला दरभंगा थाना खजोडी मौजे रामनगर सिमरी बस्ने राधाकृष्ण झासँग १९९० सालमा विवाह भए पनि मलाई आफ्नो घर सगोल मै बाबुआमाले राख्नुभएको र लोग्नेले अर्को विवाह गरी मलाई हेरचाहा गर्न कहिले काँही दुहवी आउनु हुने र मेरी आमाले घर जग्गा बकसपत्र दिनुभएको हो र मेरो नाम चुल्हिया ओझाइन हो यशोवती होइन विदेशी मानिससँग विवाह भए पनि यसै सरहदमा बसी आएको जग्गा सदर गरिपाउँ भन्ने चुल्हिया ओझाइनको प्रतिउत्तर । ३. प्रतिवादीले आफ्नो नाममा रहेको जग्गा घर नेपालको नागरिकलाई बिक्री गरी अथवा छाडी जान पाउने हुनाले सो नगरे जफत गरी श्री ५ को सरकारको सम्पत्ति हुने ठहर्छ भनी धनुषा जिल्ला अदालतको फैसलामा चित्त नबुझी चुल्हिया ओझाइनले धरौट राखी पुनरावेदन गरेकोमा जनकपुर अञ्चल अदालतबाट ०३४।४।२३।१ मा डिसमिस फैसला भएको । धनुषा जिल्ला अदालतको फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परेकोमा जनकपुर अञ्चल अदालतबाटै ०३४।९।२४ मा चुल्हिया ओझाइनको सम्पत्ति जफत हुने भई श्री ५ को सरकारको हुने ठहर्छ भनी फैसला भएको उपर निज चुल्हियाको पुनरावेदनको अनुमति पाउँ भनी मध्यमाञ्चल क्ष