निर्णय नं. ३८४८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८४८ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०२/२६ ३४९५ निर्णय नं. ३८४८ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. ४२१ फैसला भएको मिति : २०४६।२।२६।५ मा पुनरावेदक/वादी : सुन लामा समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि. बारा निजगढ गा.पं. वडा नं. ६ बस्ने कुलध्वज लामा मुद्दा : कर्तव्य ज्यान § अभियुक्तले जानीबुझी आफूले गरेको कामको परिणाम थाहा पाउन सक्ने अवस्थामा कर्तव्य गरी मारेको भन्न सकिने अवस्था प्रमाणहरुबाट पुष्टि हुन नसकेकोले जानीबुझी आफ्नी श्रीमतीलाई कुटपीट गरी मारेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १९) § मगज असन्तुलन भएको अवस्था ज्यान मारेको देखिँदा दण्ड सजायँको १ नं. अनुसार पागल देखिएकोले सजायँ केही गर्नु नपर्ने । (प्रकरण नं. १९) पुनरावेदक तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी वादी श्री ५ को सरकारको तर्फबाट न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) (ग) अनुसार पुनरावेदन परी पेश हुन आएको मुद्दाको तथ्य यस प्रकार छ :– २. ०४०।६।१९ गते १२.३० बजे कुलध्वज लामा आफ्नी श्रीमती टुकुनी मायालाई कुटपीट गरी मारेकोले आवश्यक कारवाही हुन अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको प्र.ना.नि.डम्बरबहादुर भण्डारीको जाहेरी । ३. पछाडि ढाडको बीचको भागमा ६” गोलाईको निलो डाम देखिएको, दाहिने स्तन मुनी ३।। सिरिक्क लामो कोरिएको जस्तो घाउ देखिएको, दाहिने हातको कुहिनाको भागमा २।। लम्बाई ।। चौडाई १,१ गहिराई जतिको चोट देखिन गई भित्री हड्डी समेत देखिएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का । ४. मेरो छोरा कुलध्वज आज करिब ६ दिन भयो दिमाग बिग्रेकोले कहिले रुने कराउने घर छाडी भाग्ने गर्दथे । २०४०।६।१९ गते १२ बजे छोराले बुहारी टुकुनीमायालाई कोदालोले दायाँ पाखुरामा २ चोट हत्केलामा १ चोट प्रहार गर्दा बुहारी मार्यो मार्यो भनी कराएकोले घर पुग्दा मौकैमा परलोक भई छोरालाई पक्री प्रहरी कार्यालयमा दाखिल गरेको हुँदा जाहेर गर्न आएको छु । कानुनी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको सुनलामा तामाङको जाहेरी दरखास्त । ५. कुलध्वजको दिमाग मानसिक सन्तुलन के कस्तो छ । सो को औषधि उपचार गर्नुका साथै प्रतिवेदन पठाई दिन अनुरोध छ भन्ने समेत व्यहोराको कलैया अस्पताललाई जिल्ला प्रहरी कार्यालय बाराले लेखेको पत्र । ६. कुलध्वज लामालाई सरसर्ति जाँच्दा निजको मानसिक अवस्था सन्तोषजनक भए तापनि गहिरिएर सोच्ने शक्तिमा ह्रास तथा साधारण मानसिक असन्तुलन चाहीं पाइएको छ भन्ने समेत व्यहोराको कलैया अस्पतालको पत्र । ७. २०४० साल श्रावण महीना देखि नै मेरो मानसिक असन्तुलन भएको अवस्थामा मैले मेरी कान्छी श्रीमती टुकुनी मायालाई मारेको भन्ने कुरा थुनामा रही उपचार भई होसमा आएपछि मात्र थाहा पाएको हो । मैले मारौं भन्ने नियतबाट कुटपीट गरी मारेको होइन भन्ने समेत व्यहोराको कुलध्वज लामाले प्रहरीमा गरेको कागज । ८. कुलध्वज लामाले मेरै घर छेउमा घुम्ती राखी किराना दोकान गरी आएकोमा घटना हुनुभन्दा ४ दिन अघिदेखि बन्द गरी जे पायो त्यही बोली व्यापार गर्दा पनि कसैलाई सामान बढी दिने र बेला कुबेला दोकान बन्द गरी हिड्ने गरी आएका थिए । यसरी पागल भएको अवस्था २०४०।६।१९ गते निज