निर्णय नं. ३८४९ - शाही नेपाल वायुसेवा निगमको टिकट बिक्रीको रकम हानी नोक्सानी पारी भ्रष्टाचार गरे

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८४९ - शाही नेपाल वायुसेवा निगमको टिकट बिक्रीको रकम हानी नोक्सानी पारी भ्रष्टाचार गरे भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/१२/२१ ४२१८ निर्णय नं. ३८४९ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ४०३, ४०४, ४०५, ४०६, ४६८, ४६९, ४७० फैसला भएको मिति : २०४५।१२।२१।५ मा पुनरावेदक/प्रतिवादी : ल.पु.न.पं. वा.नं. ४ घर भई हाल शाही नेपाल वायुसेवा निगममा कार्यरत यादव लामिछानेसमेत विरुद्ध वादी : श्री ५ को सरकार, विषेश प्रहरी विभाग मुद्दा : शाही नेपाल वायुसेवा निगमको टिकट बिक्रीको रकम हानी नोक्सानी पारी भ्रष्टाचार गरे § फौज्दारी प्रकृतिको मुद्दामा अपराधको प्रश्न (Question of Crime) समावेश भएको हुन्छ, जस्को आधारमा अपराधी प्रमाणित भएमा दण्ड सजायँ गर्ने लक्ष्य हुन्छ, फौज्दारी प्रकृतिका मुद्दामा मुख्यतः मनसाय, सो अनुसारको दण्डनीय कार्य र त्यसको परिणामबारे विवेचना भएको हुने । (प्रकरण नं. ४६) § बदनियतपूर्ण तवरले आफूले गैरकानुनी लाभ र अर्कालाई गैरकानुनी हानी पुग्न गएको देखिन्छ भने सो कार्य भ्रष्टाचारजन्य फौज्दारी प्रकृतिको अपराध हुन जाने, फौजदारी प्रकृतिको मुद्दामा अपराधिक प्रबृत्तिको बाहुल्यता हुने । (प्रकरण नं. ४६) § सामान्यतः कसैको हक वा अधिकार कुनै व्यक्तिबाट हनन् भएमा सो हकको प्रचलनका लागि उठाएको कारवाईलाई देवानी प्रकृतिको मुद्दा मानिने र दावी प्रमाणित भएमा हकको प्रचलन कानुन बमोजिम हुने, अर्थात देवानी मुद्दामा मुख्यतः हक वा अधिकारको प्रश्न समावेश भएको हुने । (प्रकरण नं. ४७) § फौज्दारी मुद्दामा अपराधको प्रश्न र देवानी मुद्दामा हक वा अधिकारको प्रश्न अन्तर्निहित रहेको हुने । (प्रकरण नं. ४८) § सम्झौता बमोजिम टिकट बिक्रीको रकम बाँकी राखी नतिरेको भन्ने प्रश्न अन्तर्निहित रहेको विवादलाई फौज्दारी प्रकृतिको विवाद मान्न नसकिने । (प्रकरण नं. ५०) § आफूले रुपैयाँ पाउनु पर्ने हकको सिर्जना भएको जुन हक वा अधिकारको प्रतिकूल हुने गरी ट्राभल्सले रुपैयाँ नदिएको विषय सामान्य दृष्टिमा नै देवानी प्रकृतिको मान्नु पर्ने । (प्रकरण नं. ५०) § दुई कानुनी व्यक्ति बीचको व्यबहार बस्तुतः लेनदेन प्रकृतिको विषय देखिएको हुँदा सो रकम असूल उपर गर्न गराउन भ्रष्टाचार निवारण ऐन, २०१७ आकर्षित हुन नसक्ने । (प्रकरण नं. ५०) § भ्रष्टाचार निवारण ऐन, २०१७ मुख्यतः फौज्दारी प्रकृतिको अभियोगसँग सम्बन्धित हुँदा कानुनी व्यक्तिहरु बीचको लेनदेन प्रकृतिका देवानी व्यवहारको कार्यलाई फौज्दारी परिधि भित्र समेट्न कानुनतः नमिल्ने । (प्रकरण नं. ५०) § विवादको विषय बस्तु नै देवानी प्रकृतिको देखिँदा, देवानी प्रकृतिको प्रस्तुत विवादको निरोपण सामान्य कानुन बमोजिम सामान्य अदालत (Regular Court) बाट हुनसक्ने । (प्रकरण नं. ५०) § लेनदेन व्यवहारलाई फौज्दारी प्रकृतिको मुद्दा मानी भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत चलाइएको कारवाही नै सारगर्भित र कानुनसंगत देखिन नआउने । (प्रकरण नं. ५०) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली, विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया, विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित, विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल, विद्वान वरिष्ठ अधिवक्ता श्री सर्बज्ञरत्न तुलाधर, विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान वरिष्ठ अधिवक्ता श्री