निर्णय नं. १४१४-१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४१४-१ - कर्तव्य ज्यान भाग: २२ साल: २०३७ महिना: माघ अंक: १० फैसला मिति :२०३७/०९/२६ २४०७ निर्णय नं. १४१४-१ ने.का.प. २०३७ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३६ को फौ.पु.नं. १२३ फैसला भएको मिति : २०३७।९।२६।६ मा पुनरावेदक : रामबहादुर थापा मगरको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी : जि. सिन्धुपालचोक साँगाचोक गा.पं.वार्ड नं. ६ बस्ने इन्द्रबहादुर राना मगर मुद्दा : कर्तव्य ज्यान (१) आफ्नो श्रीमतीलाई ज्यान लिनेसम्मको इवी अदावत भएको पनि कतैबाट देखिँदैन भात नपकाएको र किन नपकाएको भन्दा पकाउँदिन भनी जवाफ दिएकोमा झगडा उठी रिसले कुटपिट गरेकोमा माइत गई बसेको बोलाउन जाँदा नआएकोमा रिस उठने स्वभाविकै देखिएकोले त्यसरी उठेको रिसको आवेसमा भएको कुटपिटको चोटबाट ऐनको म्यादभित्र मर्न गएकोले निजलाई ज्यानसम्बन्धीको १४ नं. लगाई १० वर्ष कैदको सजाय गरेको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. ११) (२) शुरू जिल्ला अदालत र म.क्षे.अ.समेत २ अड्डाको राय मिलेकोमा साधक जाहेर गर्न नपर्ने। (प्रकरण नं. ११) फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (क) अनुसार मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदन परी फौजदारी पुनरावेदनको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : विपक्षी सोने भन्ने इन्द्रबहादुरलाई वर्ष २३ कि मेरी छोरी सुन्तलीको विवाह गरी दिएकोमा हाल वर्ष ३ को निजबाट छोरी जन्मेकी छन् मेरी छोरी सुन्तलीलाई के कुरामा हो विपक्षीले २०३३ साल बैशाख २५ गतेका दिन १० बजेको समयमा कुटपिट गरी घरबाट निकाला गरेछन छोरी मेरो घर नजिकै हुँदा आई बसेकी थिई रात अं.७ बजे पुनः विपक्षी आई छोरीलाई चुल्ठो समाती घिसारी बाहिर निकाल्न लाग्दा म समेतले त्यसो गर्न हुँदैन भने । छोरीले यसै कार्यालयमा ०३३।१।२८ मा दरखास्त दिई घा जाँच समेत गराएकोमा छोरी सुन्तली लाई सोने भन्ने इन्द्रबहादुरले कुटपिट गरेको चोटबाट २०३३।२।२ गते छोरीको मृत्यु हुनगएकोले दरखास्त गर्न आएको छु भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ३. २०३३ साल वैशाख २५ गते बिहान म आफ्नो बारीमा काम गरी अं.९ बजे घर आउँदा श्रीमती सुन्तली भात नपकाई सुतिरहेकी रहिछन किन सुतिरहेको भात पकाउन पर्दैन भनी मैले भन्दा निज नबोली बसेकीले म आफैं भात पकाउन लाग्दा वर्ष ३ कि छोरी रुदै म बसेको ठाउँमा आएकीले यतिखेर सम्म छोरीलाई खान नदिइराखेको भनी मैले श्रीमतीलाई चिरपट दाउरा र लातले हानी कुटपिट गरे बेलुकी श्रीमती निजको माइत घर गएकीले ससुराली गई चुल्ठो समाई घिसारी घर जाँउ भने निज श्रीमती मैले कुटेको चोटबाट मरेकी हुन भन्ने इन्द्रबहादुरको प्रहरीमा भएको ०३३।२।३।१ को कागज । ४. सोने भन्ने इन्द्रबहादुरलाई ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सजाय हुनुपर्ने भन्ने प्रहरी प्रतिवेदन । ५. ०३३ साल बैशाख २५ गतेका दिन बिहान उठनासाथ म बारीमा खोर्सानी रोप्ने ठाँउ बनाई बिहान ९ बजे घर आएको घर आउँदा भोक लागिसकेको थियो । श्रीमतीले भात नपकाई सुतिराखेको देखेँ । किन भात नपकाएको भनी सोध्दा भात पकाउन सक्दिन भनी जवाफ दिएकोले सुतिरहेकै ठाउँमा लातले हानी म भात पकाउन लागेँ । भात पकाउन ल्याएको दाउरा लिई सो दाउराले श्रीमतीलाई कुटी सकेपछि माइत गईछ । बेलुकी ७ बजे ससुरालीमा हेर्न जाँदा सुतिरहेकी रहिछ घर जाँउ भनी भन्दा जान्न भनेकीले श्रीमतीको चुल