निर्णय नं. ३८५० - लिखत दर्ता बदर दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८५० - लिखत दर्ता बदर दर्ता कायम भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०३/१९ ३१४१ निर्णय नं. ३८५० ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको दे.पु.नं. ७८४ फैसला भएको मिति : २०४६।३।१९।२ मा पुनरावेदक/वादी : जिल्ला महोत्तरी जलेश्वर न.पं. वार्ड नं. ६ बस्ने समतुलियादेवी कनुआइनसमेत विरुद्ध प्रतिवादी : जलेश्वर न.पं. वा.नं. ६ बस्ने महेश्वर साहु कानूसमेत मुद्दा : लिखत दर्ता बदर दर्ता कायम § अंश हक जस्तो नैसर्गिक अधिकारलाई कानुनले समान रुपबाट निरन्तर संरक्षण प्रदान गर्दै आइरहेको पाइँदा कानुनले रोक लगाएको अवस्थामा बाहेक निजको नैसर्गिक अधिकारलाई पारीत बण्डापत्रमा उल्लेखित शर्तनामाले कुनै असर पुर्‍याउन नसक्ने । (प्रकरण नं. १४) § शर्तनामालाई नैसर्गिक अधिकारको अवरोधकको रुपमा मानी दिँदा कानुन प्रदत्त निजको साम्पतिक हकको कानुनी संरक्षण हुन जाँदैन, अंश हकको निर्वाध प्रयोग हुन नसक्ने गरी शर्तनामा राख्नु र सोही शर्तनामाको आधारमा नैसर्गिक अधिकारमा प्रश्न खडा गर्न खोज्नु कानुनले नमिल्ने । (प्रकरण नं. १४) § अंश हकमा रोक लगाउने शर्तनामा स्वभावतः प्रारम्भिक देखि नै शून्य अर्थात् कानुनी मान्यता बिहीन रहने । (प्रकरण नं. १४) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : जनकपुर अञ्चल अदालतको फैसला उपर मध्यमाञ्चल क्षेत्रीय अदालतबाट अनुमति प्रदान नहुने गरी भएको आदेशमा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५)(ख) बमोजिम पुनरावेदनको अनुमति पाई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ । २. मूल पुरुष प्रयाग साहको चार छोरामा जेठो लक्ष्मी साहको पिता मुकुन्द साह, माहिला सत्यदेवको पिता राम लखलावन, साहिला प्रतिवादी जानकीवतीको पति रामनारायण र कान्छा समतुलियादेवीको पति विश्वनाथ भएको निजहरु पर्लोक हुँदा मुकुन्द साहको छोरा नभएको हुँदा आफ्नो अंश लगायत अरु अंशियारहरुको अंश भाग समेत छुटाई २०१५।४।१५ मा बण्डापत्र पारीत भएको छ । सो बमोजिम जानकीवतीको छोरा छोरी नहुँदा जीवरभर हेरविचार, स्याहार, संभार र दाहसंस्कार समेत देवर विश्वनाथ, भतिजो सत्यदेव, जेठाजु मुकुन्द समेतले गर्ने भनी शर्त बन्देज राखी बण्डापत्र भएको यसरी हाम्रो हक भएको जग्गा जानकीवतीबाट २०३९।१२।११ मा दशै साहुले सर्लाही तथा महोत्तरी मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गराएको सोही जग्गा दशै साहुले महेश्वरसँग सट्टापट्टाको लिखत २०४०।६।१९ मा गराई लिएको २०४०।६।२५ मा सुनी २०४०।६।२६ गतेका दिन नक्कल लिँदा थाहा भएकोले राजीनामा गराई लिएको जग्गाको दर्ता बदर गरी जानकीवतीको नाउँमा दर्ता कायम राखी पाउँ भन्ने समेत व्यहोराको मिति २०४०।८।१ को फिरादपत्र । ३. अधिकृत व्यक्तिबाट सुक्रिबिक्री राजीनामाको लेखत पारीत गराई हक हुन आएको र सट्टापट्टा गरेको लिखत वैध छ । आफ्नो हकको सम्पत्ति अरुलाई जुनसुकै किसिमबाट हस्तान्तरण गर्न पाउने हुँदा फिराद दावी झुट्टा हो भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. वादीको जानकीवतीको अंशमा हक नभएको भन्न मिल्ने नहुँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरु जिल्ला अदालतको फैसला । ५. महोत्तरी जिल्ला अदालतको फैसला कानुनसंगत नहुँदा बदर गरी फिराद दावी बमोजिम गरिपाउँ भन्ने समे