निर्णय नं. ३८५१ - हक कायम दर्ता समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८५१ - हक कायम दर्ता समेत भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०४/१७ २०९७ निर्णय नं. ३८५१ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको दे.पु.नं. ६०६ फैसला भएको मिति : २०४६।४।१७।३ मा पुनरावेदक/वादी : बनेपा न.पं. वार्ड नं. ८ वकुटोल बस्ने चिनियालालको मु.स.गर्ने ऐ.ऐ. बस्ने ऐ. को छोरा केशवलाल प्रधान विरुद्ध प्रतिवादी : ऐ.वा.नं. ८ वकुटोल बस्ने जयन्द्र प्रधान मुद्दा : हक कायम दर्ता समेत § वादीले घर जग्गा दर्ता सम्बन्धमा दिएको निवेदन उपर छानबीन भई कारवाहीको टुंगो नलाग्दा सम्म हक बेहकतर्फ अदालतमा नालेश गर्नु पर्ने कारण पर्न नआएको । (प्रकरण नं. ११) § विवादित घर जग्गा को कस्को हो छानबीन गर्न कार्य क्षेत्रभित्र नपरेकोले ३५ दिनभित्र नालेस दिई रेखरुप गरी ल्याउनु भनी वादीलाई सुनाउने भनी पर्चा भएबाट सो पर्चाको आधारमा वादीलाई विवादित घर जग्गाको हकबेहक सम्बन्धमा अ.बं. १८० नं. बमोजिम अदालतमा नालेस दिने हक नभएको भन्न नसकिने । (प्रकरण नं. ११) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली फैसला न्या. बब्बरप्रसाद सिंह : यस्मा म.क्षे.अ. को मिति ०४४।१।२ को निर्णय उपर चित्त नबुझाई न्या. प्र.सु. ऐन, ०३१ को दफा १३(४) बमोजिम पुनरावेदन गर्ने अनुमतिको लागि निवेदन पर्न आई यस अदालतबाट अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्न बमोजिम छ । २. बनेपा न.पं. वार्ड नं. ८ अन्तर्गत वकुटोल स्थित हाल बनेपा न.पं. वडा नं. २ ख. कि.नं. १४ क्षेत्रफल ०–०–०–३ तीनदाम भई नापी भएको ३ कवलको पसलको जग्गा हरिदास समेतको १९६८।१२।२४ को बकसपत्रबाट बाबुको हक भई शेषपछि २०१७।२।३ का मध्यमाञ्चल उच्च अदालतको फैसलाले समेत मेरो ठहराएको मेरो हक हुन आएको जग्गा पसल हो । चिनियालाललाई छोडपत्र गरिदिएँ भनी विपक्षीका बाबु जनकलालले ०३१।१।१५ गते कागज लेखी दिनु भई मेरो हक हुन आएको पसल आफ्नो होइन भनी प्रमाणित हुँदाहुँदै जनकलालको छोरा विपक्षी जयन्द्र प्रधानले नापीमा दावी उजूर गर्न आउँदैमा बिना सबूद प्रमाण उक्त कि.नं. १४ को पसल विपक्षीको हक कायम हुने सवालै नआउने हुँदा विपक्षीले मेरो पसल जग्गामा ०३९।११।१५ मा खिचोला पनि गर्न आएकोले खिचोला मेटाई मेरो हक कायम गरी मेरो नाउँमा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०३९।१२।१६ को फिरादपत्र रहेछ । ३. विपक्षीका बाबु लक्ष्मीलाल र मेरो पिता जनकलाल भतिजा नाता पर्छ । निज लक्ष्मीलालले मेरो बिर्ता जनकलाललाई २००२ सालमा अंश बापतमा दिई सो पसल भोग चलन गर्दै आउनु भएकोमा राम झुपडी मजनियासंग मुद्दा पर्दा लक्ष्मीलाल र मेरो पिता जनकलालको ठहरी मध्यमाञ्चल उच्च अदालतबाट ०१७।२।३ मा फैसला भएको हो । त्यस्तै बण्डापत्र नगरी मेरो पिता जनकलाल र दाजु राजभाईले २०२८ साल माघ महीना देखि मलाई अंश भनी दिनु भएको हो । सो जग्गा नाप जाँच हुँदा कि.नं. १४ क्षेत्रफल ०–०–०–३ भनी मेरो नाउँमा नाप जाँच भएको सो घर पसल मेरो हो । तदनुरुप मालपोत कार्यालयबाट ०३९।११।१२ गते भएको पर्चा कानुन बमोजिम छ वादी दावी कानुनसंगत छैन भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. वादीले प्रतिवादीको बाबुबाट बहाल लिएको भन्ने कुनै प्रमाण पेश गर्नसकेको छैन । ०३१ सालको छोडपत्रको लिखतमा वादीको हकको पसल प्रतिवादीको बाबुले सोही मितिदेखि भोग च