निर्णय नं. ३८५२ - निर्णय बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८५२ - निर्णय बदर भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०५/०९ २४४९ निर्णय नं. ३८५२ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४५ सालको दे.पु.नं. ७१६, ७९९ फैसला भएको मिति : २०४६।५।९।६ मा पुनरावेदक/प्रतिवादी : भोलानाथ गिरीको मु.स.गर्ने का.जि. रामकोट गा.पं.वा.नं. ९ बस्ने गणेशबहादुर गिरी विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने कालु गिरी पुनरावेदक/प्रतिवादी : गुठी संस्थान केन्द्रीय कार्यालयका तर्फबाट कार्यकारिणी अध्यक्ष विश्वमान श्रेष्ठ विरुद्ध विपक्षी/वादी : का.जि. रामकोट गा.पं. वा.नं. ६ बस्ने कालु गिरी मुद्दा : निर्णय बदर § वादीले मोहियानी हक खरीद गरेको लिखत अस्तित्वमा छँदाछँदै लिखत साक्षी भएको नाताले मात्रै उक्त जग्गामा वादीको मोहियानी हक टुटेको भनी मान्न नमिल्ने । (प्रकरण नं. १२) § गुठी संस्थानलाई मोहीको विवादमा निर्णय गर्न पाउने अधिकार भएको देखिन नआएकोले अधिकारै नभएको कुरामा पनि गुठी लगत तथा तहबिल कार्यालयले निर्णय गरेकोलाई कानुनसंगत भनी मान्न नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री हेमराज सुवेदी विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउत फैसला न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४४।९।१३ को फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्न प्रकार छ । २. का.जि. रामकोट बस्ने कृष्णबहादुर ठकुरीको हक भोग दर्ता तिरोको साल एकको धान मुरी ३ पाथी ७ गहुँ पाथी ६ बिउ रु. ।२४ पैसा तिरो लागेको का.ई. मरुटोल बस्ने ख. मोतीमान गोलका हकको मोही निज कृष्णबहादुर ठकुरी कायम भएको थानकोट अन्बल खुसी महाकाल डडयाबिमिरा खेत १५ भन्ने रसिदमा जनिएको पूर्व रैकर, पश्चिम बिर्ता, उत्तर खोला, दक्षिण बिर्ता यति ४ किल्ला भित्रको उक्त जग्गा निज कृष्णबहादुर परलोक भई निजका छोराबाट मेरो बाबुले रु. ९०१।– मा ०१६।११।५ मा खरीद गरी लिएको हो । उक्त जग्गा नापी हुँदा कि.नं. २२, २३, २४ कायम भएको । नापीका बखत मेरो पिता नहुँदा बाबुरामको सौतेनी आमा कृष्णकुमारीले उन्को नाममा नापी गराएपछि पिताको फिराद परी फिराद बमोजिम हुने गरी का.जि. अ.को फैसला भएपछि उक्त जग्गाको स्वामित्व म मा सरेकोमा विपक्ष भोलानाथ गिरीले उक्त जग्गा आफूले कमाएको प्रमाणपत्र पाउन भनी ०४०।६।१९ मा भू.सु.का. काठमाडौंमा निवेदन दिई सनाखत गरेको रहेछ । उक्त जग्गाको नामसारी गर्न विपक्ष भोलानाथ गिरीले उक्त जग्गा मेरो नाउँमा नाउँसारी गरिपाउँ भनी मेरा पिता ज्ञानबहादुर गिरीबाट हक सरेको भन्ने कुराको कुनै प्रमाण पेश गर्न नसकी रामकोट गा.पं. को सिफारिश खडा गरी मिति ०४०।८।६ मा गुठी लगत तहबिल कार्यालयमा निवेदन दिएछन् । सो बमोजिम विपक्ष गुठीले मलाई जानकारी समेत नदी विपक्ष भोलानाथको नाममा मोही कायम गरी दर्ता गरी दिने गरी मिति २०४१।८।१५ मा गरेको रहेछ । सो मैले ऐ. २२ मा थाहा पाई आएको छु । निजले पेश गरेको मनकल्पित लिखतलाई स्थान दिई अधिकार क्षेत्र भन्दा बाहीरको भएकोले सो निर्णय बदर गरिपाउँ भन्ने वादी कालु गिरीको फिरादपत्र । ३. वादीको फिराद झुट्टा हो । उक्त जग्गा मैले २०२४ साल देखि नै मैले कमाई आएको छु सम्बन्धित व्यक्तिलाई मैले अबिछिन्न रुपमा बाली बुझाई आएको छु । भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५, ३४ मा गुठी संस्थान ऐन, २०२१, २०२९