निर्णय नं. १४१३-२ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४१३-२ - ज्यान भाग: २२ साल: २०३७ महिना: फागुन अंक: ११ फैसला मिति :२०३७/०९/२८ २७९९ निर्णय नं. १४१३-२ ने.का.प. २०३७ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३६ सालको पुनरावेदन नम्बर ११९ सम्वत् २०३७ सालको फौजदारी साधक नम्बर ६४ फैसला भएको मिति : २०३७।९।२८।१ मा पुनरावेदक : श्री ५ को सरकार विरूद्ध विपक्षी : जिल्ला अर्घाखाँची गा.पं.गोखुगा वडा नं. ४ साझरूख बस्ने ईश्वर सार्कीसमेत मुद्दा : ज्यान (१) विधवा स्त्री जाति गाउँ घरको सिधा अवला नारी, आफू भन्दा तल्ला जातको व्यक्तिसँगको सहबासबाट उत्पन्न भएको गर्भलाई राखी रहँदा समाजको भनाइलाई लुकाउने प्रयासबाट आफूले जन्माएको बच्चालाई निजको भनाई र अठोटमा लागी मारेमा सावित हुँदैमा ऐन बमोजिम सजाय गर्दा चर्को पर्ने देखिएबाट अ.बं.१८८ नं. ऐन बमोजिम आजसम्म थुनिसकेकोबाट पर्याप्त हुनाले यस मुद्दाको थुनाबाट मुक्त गरी दिने । (प्रकरण नं. ११) फैसला न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : खगी मगर्नी र ईश्वरे सार्कीले आपसमा अनुचित करणी लिनु दिनु गरी रहेको गर्भको किसिमबाट हो पतन गराई बच्चालाई मारी गाडेको समेत पत्ता लागेको र निजहरू समेत मुख सावित भएकोले कानुन बमोजिम कारवाई होस् भन्ने समेत प्र.पं.ऋषिराम थापाको जाहेरी दरखास्त । २. लोग्ने मरेको ८ वर्ष भयो । वनमा गाई वस्तु चराउन गएको बखत राजीखुशीबाट ईश्वरे सार्कीसँग करणी लिन दिन भई गर्भ रहन गएको ईश्वरेलाई गर्भ रहन गएको ०३३।९।२३ मा बताउँदा ईश्वरे सार्कीले एउटा बटुकोमा हरियो झोल र सेतो धुलो जस्तो अर्को औषधी खान दियो खाँदा टर्रो थियो पेटको बच्चा आफैं झर्छ, मरेको जन्मेको लुकाई राख्नु ज्यूँदै जन्मे मारी लुकाउनु भनी ईश्वरे सार्कीले भनेको थियो ०३३।९।३० गतेको बिहान मेरो पेटबाट ज्यूँदो छोरा जन्म्यो जन्मनासाथ दुवै हातले बच्चाको कम्परमा समाती जोडले भित्तामा र जमीनमा ठोकी दिएकोले बच्चा मर्न गयो र कोदालोले खाल्टो खनी खरान पोखरीमा गाडि माटो खर पातले ढाकी राखेको हुँ भन्ने खगी मगर्नीले प्रहरीमा गरेको कागज । ३. ०३३।१।१० गते गाई हेर्न वनमा जाँदा राजीखुशीबाट करणी लिनु दिनु भयो । त्यसपछि पनि समय–समयमा करणी लिनु दिनु हुन्थ्यो । चिउरीको बोक्राको रस र सेतो वरुवा भन्ने रुखको जराको धुलाले पनि गर्भ झर्ला मर्ला भनी खगीलाई खान दिएको हुँ गर्भ झरे फाली दिनु तँ र म आफ्नो जातमा बसौंला जिउँदै जन्मे जन्मने वित्तिकै मारी फाली दिनु भनेर मैले भने अनुसार खगीले बच्चामारी फाली छ भन्ने समेत ईश्वरे सार्कीले प्रहरीमा गरेको कागज । ४. जिउँदो बच्चा मार्न बचन दिएमा प्र.ईश्वरे सार्कीलाई ज्यानसम्बन्धीको १३(४) र बच्चालाई जमीन भित्तामा ठोकी मारेमा प्रतिवादी खगी मगर्नीलाई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सजायको माग दावी भएको प्रहरी प्रतिवेदन । ५. खगीलाई गर्भ तुइने औषधी खान दिएको थिएँ । यसबाट नभए, जन्मने बेला भएको छ मरेको वा ज्यूउँदो जे भए पनि नराख्नु फाली दिनु भनी म घरतर्फ आएँ त्यसपछि ज्यूँदो छोरा जन्मेछ र मैले भने अनुसार बालकलाई खगीले मारी फाली छ भन्ने समेत प्रतिवादी ईश्वरे सार्कीले अदालतमा गरेको बयान । ६. ईश्वरेसँग करणी लिनु दिनु भई गर्भ रहेकोले ईश्वरले दिएको झोल र धुलो औषधी खाएँ । अब औषधिले मरेकै जन्मन्छ जिउँदै जन्मेमा बालकलाई मारेर फाल्नु भनेको थियो बच्चा ज्यूँदो जन्मेकोले मैले हातले ठोकी मारेको हुँ भन्ने समेत प्रतिवादी खगीले अदालतम