निर्णय नं. ३८५३ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८५३ - अंश भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०५/२३ २५३८ निर्णय नं. ३८५३ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४६ सालको दे.पु.नं. ८२६ फैसला भएको मिति : २०४६।५।२३।६ मा पुनरावेदक/वादी : का.न.पं. वडा नं. १५ बस्ने कान्छा महर्जन विरुद्ध विपक्षी/प्रतेवादी : ऐ.ऐ. बस्ने मोहनमाया महर्जननी मुद्दा : अंश § अंश मुद्दामा पुनरावेदन तहको तारेख गुजारेमा समेत डिसमिस नगरी ठहरे बमोजिम फैसला गर्नु पर्ने कानुनी व्यवस्था भएको नदेखिने । (प्रकरण नं. १३) § पुनरावेदन परिसकेको स्थितिमा पुनरावेदन नपरेको सरह मानी इन्साफ दिन मिल्न आउने नदेखिने । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ध्रुवलाल श्रेष्ठ फैसला न्या. बब्बरप्रसाद सिंह : म.क्षे.अ. को मिति २०४५।८।१४ को फैसला उपर पुनरावेदनको अनुमतिको लागि वादीको पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. हाम्रा बाबु विपक्षी आमाका लोग्ने ज्ञानमान हुनु भई निज बाबा आमाबाट हामी फिरादीहरु समेतका जम्मा ४ छोरा र ८ बहिनी छोरीहरुको जायजन्म भएकोमा जेठा छोरा र माईलो छोराहरुले हाम्रो जो भएको श्रीसम्पत्ति लिई अघि नै भिन्न भएकोले हामी फिरादीहरु २ जना र बाबु तथा विपक्षी आमा समेत सगोलमा बसी आउँदा निज बाबु ०३०।१२।१२ गते परलोक हुनु भएबाट घरको मुख्य मालिक निज आमा हुनु भई जो भएको श्रीसम्पत्ति निज आमा मोहनमायाले घर व्यवहार गरी आउनु भएको भई जग्गा नामसारी जग्गा दर्ता आदि निज आमाका नाममा भई वहाँले जो भएको श्रीसम्पत्ति भोग चलन गरी आउनु भएकोमा हाम्रो अंश भाग मराउने नियत लिई कि.नं. ७३ को खेत समेत राजीनामा पारीत गरेतर्फ छुट्टै मुद्दा दर्ता दायर गरिसकेतर्फ उसै मिसिलबाट नै हक इन्साफ पाउने नै छु । त्यस्तो मुद्दाहरु चलिरहेको हुँदा अब हामीले अंश पाउने अंश भाग छुटाई दिनुहोस् भनी अंश माग्दा नदिएकोले जो भएको श्रीसम्पत्तिको तायदाती फाँटवारी लिई जम्मा श्रीसम्पत्ति मध्ये ३ खण्डको १ खण्ड निज विपक्षीको अंश भाग कटाई हामी २ भाइले पाउनु पर्ने २ खण्ड अंश छुटाई दिलाई पाउँ भन्ने समेत व्यहोराको मचाभाइ महर्जन तथा कान्छा महर्जनको फिरादपत्र । ३. फिराद दावी बिल्कुलै झुट्टा हो यसरी अंशबण्डा लगाउँदा स्वयम्भू डल्लु पञ्चायत वडा नं. ६(ख) कि.नं. ४९ को रो. २–४–० मा बनेको २ नाले ३ कवले ४ तले घर १ हामी लोग्ने स्वास्नीको भागमा परी लोग्नेको शेषपछि मेरो हक भोगमा छ । उपरोक्त कि.नं. ४९ मा नै बनेको अर्को २ नाले ३ कवले ४ तले पक्की घर वादी मचाभाइ र कान्छाको भागमा परी निजहरुले नै भोग चलन गरी आएका छन् । यसरी अंश छुट्याई आफ्नो भाग अंश बुझी लिई भोगी आएपछि निज मचाभाईले आफ्नो अंशको केही जग्गा ०३०।९।१७ मा हालदेखिको बकसपत्र गरी दिएको समेतको प्रमाणहरु छन् । हामी सबै अंशियारमा ५ बण्डा गरी ०३०।१०।२७ मा बण्डा खडा भएको बण्डापत्र विपक्षी वादीले हात पारी दवाएको विषयमा २०३९।४।२४ मा प्रहरी थानामा हुलिया दिएको छु र यसरी अंशबण्डा गरी छुट्टी भिन्न भई सबै अंशियारले आ–आफ्ना भाग बण्डा भोग चलन गरी आएको हुँदा वादी दावी बमोजिम अंश दिनु पर्ने होइन भन्ने समेत व्यहोराको मोहनमाया महर्जनको प्रतिउत्तरपत्र । ४. यी वादीहरु र प्रतिवादीको बीच २०३० सालमा घरसारमा बण्डापत्र भएको समर्थन हुन आउने भएबाट समेत अंश पाउँ भन्ने वादी दावा पुग्न सक्तैन भन्ने सम