निर्णय नं. ३८५४ - किलास खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८५४ - किलास खिचोला भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०४/३० २६५२ निर्णय नं. ३८५४ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको दे.पु.नं. ८६९ फैसला भएको मिति : २०४६।४।३०।२ मा पुनरावेदक/प्रतिवादी : मकवानपुर हेटौंडा न.पं. वार्ड नं. ३ बस्ने रामचन्द्र श्रेष्ठ विरुद्ध विपक्षी/वादी : ल.पु.न.पं. वार्ड नं. १४ बस्ने उत्तमबहादुर श्रेष्ठ मुद्दा : किलास खिचोला § विवादित किलास गारोमा छाना अडिने गरी, प्रतिवादीले घर बनाएको भन्ने कतैबाट खुल्न नआएको साथै विवादास्पद किलास गारो प्रतिवादीको घरको छानाले थिची सोही गारोमा प्रतिवादीको घरको छाना अडेको देखिएको यस्तो अवस्थामा घर बनाउनेको १ नं. आकर्षित हुन नसक्ने । (प्रकरण नं. १२) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल फैसला न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।३।२८ को फैसला उपर पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति पाई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. मेरो पिता खड्गबहादुरको भागमा परेको पूर्व पश्चिम लङ हात २६ गज हात ११ को २ नाले ४ तले झिंगटी छाना भएको घर १ बाबु आमाको भागमा परेको लम्बाई हात १५ गज हात ५ १/२ को बाँकी टहरा घर १ मध्ये दक्षिण पट्टिको लम्बाई हात ७ गज हात ५ १/२ छाडी दिएको घर १ समेत भत्की पाताल भएबाट म बनाउँछु भनी पिताजीबाट स्वीकृत लिई मन्जूरनामा सहित राखी पूर्व पिता खड्गबहादुर, कान्छी कुस्ले र माहिली कुस्लेको साझा घर, पश्चिम साझा चोक मेरो किलास गारो र सो को पश्चिम म विपक्षी रामचन्द्रको घर उत्तर कान्छी र माहिला कुस्लेको घर साझा चोक र मेरो किलास गोरो सो को उत्तर बुद्धिबहादुर श्रेष्ठको किलास समेतको घर, दक्षिण मेरो किलास गारो र सो को दक्षिण निज रामचन्द्र श्रेष्ठकै घरको पुछेननी यति ४ किल्ला भित्रको घर भत्की पाताल भएको सो मा र पश्चिम, दक्षिण, उत्तर किलास गारो भत्काई घर बनाउन पाउँ भनी ल.पु.न.पं. मा दरखास्त गरेकोमा सो प्रति विपक्षीले विरोध जनाई मलाई विपक्षी संकेत गरी आफ्नो गारो भनी दरखास्तमा लेखेको सो गारोको घर पाताल तर्फ मेरो घरको पाखा भएको सो पाखाको पानी सो पाताल तर्फ गिर्ने हाल मौजूद भएको मेरो एकलौटी गारो मेरो हक भोगको पेटीतर्फ बार्दली राख्न नपाउने मेरो घर देखि पूर्व हाम्रो पूर्खा देखि स्थापना भई मैले भोग चलन गरी आएकोमा चिबहाल समेत भित्र पारी सार्वजनिक देखाई मेरो हक मेटने गरी भन्ने समेत उल्लेख गरी नक्सा बदर गरिपाउँ भन्ने उजूर दिनु भएबाट अर्काको घर किलासलाई आफ्नो भनी अनावश्यक कुरा दर्साई उजूर दिई मोल रु. १००।– जाने किलास गारोमा खिचोला गरेकोले नक्सा सरजमीन समेत बुझी हक इन्साफ गरी विपक्षीलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको फिराद । ३. विपक्षीले झुठ्ठा दावी लिएको किलास गारोहरु मेरो घरको छानाले थिचेको मेरै हक हो भन्ने यर्थाथ अ.बं. १७१ नं. को कानुनी रीत पुर्‍याई नक्सा गराई विपक्षीको फिराद खारेज गरी विपक्षीको दावीको किलास गारो समेत मेरै एकलौटी हक कायम गरिपाउँ भन्ने समेत प्रतिउत्तर । ४. मिति २०३८।७।२४ को नक्साको न.नं. १ को किलासमा खिचोला गरेको भनी विवाद परेको देखिन्छ । वादीले प्रमाण दिएको बण्डापत्रमा उल्लेख भएको किल्ला समेत भिडाई हेर्दा उक्त किलास