निर्णय नं. ३८५५ - हिन्दू धर्ममा खलल पर्ने गरी इसाई मत प्रचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८५५ - हिन्दू धर्ममा खलल पर्ने गरी इसाई मत प्रचार गरेको भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०५/११ ७६५८ निर्णय नं. ३८५५ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४५ सालको फौ.पु.नं. ४०१ फैसला भएको मिति : २०४६।५।११।१ मा पुनरावेदक/वादी : प्र.स.नि. कृष्णबहादुर दुवाडीको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : ल.पु.न.प.वा.नं. ४ बस्ने चार्ल्स मेण्डिजसमेत मुद्दा : हिन्दू धर्ममा खलल पर्ने गरी इसाई मत प्रचार गरेको § संवैधानिक व्यवस्थाबाट सनातन देखि चलिआएको आफ्नो धर्मको अवलम्बन गर्न र सो अवलम्बन गरी आएको धर्मको धार्मिक कृतसम्म गर्न पाउने हकको संरक्षण प्रदान गरेको तर धर्म जुन सनातन देखि चलिआएको छैन भने त्यस्तो धर्म सम्बन्धी हकलाई भने संविधानमा संरक्षण प्रदान गरेको नदेखिने । (प्रकारण नं. २६) § संविधानको धारा १४ मा परम्पराको मर्यादा राखी सनातन देखि चलिआएको आफ्नो धर्मको अवलम्बन र आफ्नो धार्मिक कृत गर्न पाउने हकलाई अदलको १ नं. मा भएको व्यवस्थाले संकुचित पारेको नदेखिने । (प्रकरण नं. २६) § प्रतिवादीलाई मुलुकी ऐन अदलको १ नं. बमोजिम ६ वर्ष कैद हुने ठहरी प्रतिवादी विदेशी समेत देखिँदा देश निकाला समेत हुने । (प्रकरण नं. २७) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिं बोगटी विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला फैसला न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।१।१६।४ को फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि वादी श्री ५ को सरकारतर्फबाट पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. २०४०।४।२२ गते बिहान म एरियाको हाल खबर बुझ्न भनी जाँदा ल.पु.न.पं. धोविघाट नजिकको सडकमा धोविघाट बस्ने चार्ल्स मेण्डिज भन्ने व्यक्तिको फोटो समेत भएको क्रिश्चियन धर्म सम्बन्धी प्रचारको कुराहरु अंग्रेजी भाषामा लेखिएको पम्पलेट थान १ फेला परेकोले बुझ्दै जाँदा ल.पु.न.पं. धोविघाट बस्ने चार्ल्स मेण्डिज र दार्जलिङ घर भई हाल ल.पु.न.पं. ५ महापाल डेरा गरी बस्ने एडोन रंगोंग समेतका व्यक्तिले हिन्दू धर्मावलम्बीका व्यक्तिहरुलाई विभिन्न प्रलोभनमा पारी हिन्दू धर्मबाट क्रिश्चियन धर्ममा परिवर्तन गर्न लगाई इसाई मत प्रचार गरेको भन्ने बुझिएकोले निजहरुलाई कानुन बमोजिम कारवाई हुन फेला परेका पम्पलेट समेत यसै साथ राखी जाहेर गरेको छु भन्ने समेत व्यहोराको प्र.स.नि. कृष्णबहादुर दुवाडीको मिति २०४०।४।२२ को प्रतिवेदनपत्र । ३. क्यानेडीयन गिडिवन भन्ने पत्रिकामा लेखिएको सम्पूर्ण कुराहरु सत्य हुन् मैले क्यानाडामा गै दिएको स्पीच उक्त पत्रिकामा लेखिएको छ । मैले नेपालमा आज भन्दा करीब ९–१० वर्ष देखि क्रिश्चियन धर्मको बाइवल किताबहरु बेची क्रिश्चियन धर्म प्रचार प्रसार गर्दै आएको । मैले प्रचार गर्न लागे देखि हालसम्म क्रिश्चियन संख्या बढ्न गएको र प्रचार प्रसारबाट नेपाली हिन्दूमा असर प्रभाव भने परेको छ । प्रचार प्रसारबाट कुनै असर नपरोस भनी मैले कुनै कदम चलाएको छैन पुलचोक स्थित नारायणी होटलमा समेत मैले इसुकृष्टको बारेमा नेपाली तथा विदेशीहरु समेतमा ज्ञान होस भनी गिडेन वाइवलका किताबहरु दिएको छु भन्ने समेत व्यहोराको जि. प्र.का. समक्ष चार्ल्स मेण्डिजले गरेको ततिम्बा सहितको बयान कागज । ४. मेरो धर्म क्रिश्चियन हो मैले पहिले देखि नै क्रिश