निर्णय नं. ३८५६ - कीर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८५६ - कीर्ते भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०५/१३ २५७७ निर्णय नं. ३८५६ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत २०४४ सालको फौ.पु.नं. ५१६ फैसला भएको मिति : २०४६।५।१३।३ मा पुनरावेदक/प्रतिवादी : जि. सिराहा, गा.पं.सिराहा वार्ड नं. ४ बस्ने जगदीश राय कुर्मी विरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय सिराहाको जाहेरीले श्री ५ को सरकार मुद्दा : कीर्ते § विवादग्रस्त सही प्रतिवादीको नमुना हस्ताक्षरसँग भिड्छ भन्ने विशेषज्ञको रायकै आधारमा दस्तखत कीर्ते गरेमा पूर्ण इन्कार रहेका यी प्रतिवादीलाई बुझिएका साक्षी सरजमीनले शंकासम्म व्यक्त नगरेको तथा अन्य तथ्ययुक्त ठोस सबूद प्रमाणबाट निजले नै कीर्ते गरेको भनी किटानी गर्न नसकिने यस अवस्थामा केवल शंकाकै भरमा दस्तखत यिनी प्रतिवादीले नै कीर्ते गरेको भनी यकिन मान्न मिल्ने अवस्था विद्यमान नहुने । (प्रकरण नं. १७) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुंजविहारीप्रसाद सिंह विपक्षी/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या. बब्बरप्रसाद सिंह : पू.क्षे.अ. को मिति २०४४।२।२६ को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्रतिवादीतर्फको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. यस कार्यालयमा २०३७।५।३० गतेका दिन महिसोथा बस्ने हरिप्रसाद यादवले लेखेको अवधि महतो, रासो कोइरिन समेत ५ जना ऋणी भई थैली रु. १०००।– राखी धनी रामपुकार यादव र थैली रु. १०००।– नै राखी धनी रामनाथ ठाकूर बडहीलाई तथा सीतापुर बस्ने सम्पतलाल चौधरीले लेखेको ऋणी भोला साहु तेलीले थैली रु.१४,०००।– राखी धनी रामप्रसाद यादवलाई गरी दिएको राजीनामा लिखत पारित गराउन खोजेको, शंका लागी सम्बन्धित फाँटवालालाई बोलाई सोध्दा दस्तखत मेरो नभई मेरो नामको दस्तखत अरुले कीर्ते गरेको भनी दिएको प्रतिवेदनको आधारमा धनी र लेखकहरु मध्येका धनी रामप्रसाद यादवसँग बयान गराउँदा जगदिश कुर्मीलाई दिई निजले रोक्का भिडाउन गएका थिए । के के गरे मलाई थाहा भएन भनेका र कीर्ते गरेको कुरा थाहा हुने बित्तिकै जगदिश कुर्मी र लेखक हरिप्रसाद यादवलाई खोजतलास गर्दा फेला नपरेकोले निजहरु माथि कीर्ते गरेको शंका लाग्छ भन्ने समेत मालपोत कार्यालय सिराहाको २०३७।६।३ को पत्र । ३. हरिप्रसाद यादव र जगदिश कुर्मीलाई पक्राउ गर्न प्रहरी खटाउँदा हरिप्रसाद फेला परेका र जगदिश कुर्मी फेला नपरेका भन्ने प्र.ह.बद्रिप्रसादको प्रतिवेदन । ४. २०३७।५।२९ गतेको रामनाथ ठाकुर र रामपुकार यादव नाउँको रजिष्ट्रेशन कागज मैले लेखेको हुँ । कागज लेखी सकेपछि बाजे स्वर्गीय हुनुभएको खबर आएकोले सो काम गर्न जगदिश कुर्मीलाई दिई घर तर्फ गएको थिएँ । मैले र्कीते गरेको होइन भन्ने समेत हरिप्रसाद यादवले प्रहरीमा गरेको ठाडो कागज । ५. हरिप्रसाद यादवका बाजे स्वर्गीय भएको खबर पाउनासाथ लेखेको राजीनामा कागज धनीलाई दिई हरिप्रसाद यादव घरतर्फ गएको र निजको चालचलन समेत राम्रो छ जगदिश कुर्मीले कीर्ते गरे गरेनन् थाहा छैन भन्ने समेतको सरजमीन मुचल्का । ६. कार्यालयको सम्पूर्ण काम गर्न भनी जगदिश कुर्मीले मसंग राजीनामा कागज लिई रोक्का भिडाउन गएको थियो, निजले कहाँ कहाँ लगी के के गरे मलाई थाहा छैन भन्ने समेत रामप्रसाद यादवले प्रहरीमा गरेको ठाडो कागज । ७. संकलित सबूत प्रमाणबाट सम्प