निर्णय नं. ३८५७ - जालसाज

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८५७ - जालसाज भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०४/३० २५८८ निर्णय नं. ३८५७ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. ५६० फैसला भएको मिति : २०४६।४।३०।२ मा पुनरावेदक/प्रतिवादी : जि. रौतहट भयादपुर गा.पं. वा.नं. ५ बस्ने रामअयोध्या राय यादव विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने पलिया यादवनीसमेत मुद्दा : जालसाज § जालसाजी क्रिया एकजनाबाट मात्र हुने नभई कसैको मिलोमतोबाट हुने हुँदा कुनै पनि जालसाजी क्रिया हुनलाई दुइथरी हुन अनिवार्य देखिने । (प्रकरण नं. १२) § मिलोमतोको अभावमा एकजनाले जालसाली गरेको ठहराएको इन्साफ नमिल्ने । (प्रकरण नं. १२) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री उमेश खकुरेल अवलम्बित नजीर : वादी संगीता योगी विरुद्ध शिवलाल काफ्ले समेत भएको जालसाज मुद्दामा ने.का.प. ०४२ नि.नं. २२५२ मा प्रतिपादित सिद्धान्त । फैसला न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी पर्न आएको निवेदनमा यस अदालत संयुक्त इजलासबाट मिति २०४४।१०।१७ मा पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. हामी फिरादीहरुको परिवारको म वादी फालिया यादवनीको जेठाजु, म वादी पोसन राय यादवको जेठा बाबु छठुरायको परलोक २०२८ साल मार्ग महीनामा भए पछि निजको नाम दर्ताको मायापुर गा.पं. वा.नं. ४ कि.नं. ४११ को ०–२–१७ वा.नं. ५ कि.नं. १०१ को ०–१६–५ कि.नं. १४२ को ०–३–५, कि.नं. १८७ को ०–११–५, कि.नं. २०७ को ०–२–१५ समेत १–१६–७ जग्गामा निज स्व.छुटु रायको ३ पुस्ता भित्रको अंशियार हामी वादीहरु भएकोमा अनुकूल मिलेका बखत दाखिल खारिज नामसारी गराई लिने गरी सो जग्गाहरु हामीले आपसमा बाँडफाँड गरी भोग्दै गरी आएकोमा यही २०४० साल भाद्र महिनादेखि विपक्षी रामअयोध्या राय यादवले विवाद खडा गरी हामीहरुको हकमा नोक्सान पुर्‍याउने योजना बनाई २०४०।१।७ मा प्रतिवादीहरुले स्व.छटु रायको सम्पत्तिमा प्र.राम अयोध्याको लागि सिफारिशपत्र समेत लेखाई ०४०।६।६ गतेका दिन मालपोत कार्यालय रौतहट गौरबाट प्र.मध्येको रामअयोध्या राय यादवले नामसारी दर्ता गराई सोही मितिमा १–१६–७ जग्गा मध्येको कि.नं. १०१ को ०–१६–५ मध्ये उत्तर तर्फबाट ०–१३–० कि.नं. १४२ को ०–३–५ तथा कि.नं. १८७ को ०–११–५ मध्ये उत्तर तर्फबाट जग्गा ०–३–१० समेत १–०–५ जग्गाको फार्छा लिखत २०४०।६।१।७ का दिन झुठ्ठा मुचुल्का गर्ने १७ जवानहरु मध्ये १ जना प्र.रामविलास रायको नाममा रजिष्ट्रेशन पास गरी दिएको साथै सो जग्गाहरुमा जबरजस्ती कब्जा समेत गरी लिनु भएकोमा उपरोक्त लेखिए बमोजिमको जग्गा १–१६–७ मा प्र.मध्येको राम अयोध्याको हक लाग्छ भन्ने झुठ्ठा व्यहोराको मुचुल्का सिफारिश गरे गराएको कीर्ते कागजको ३ नं. बमोजिम प्र.हरुलाई कानुन अनुसारको सजायँ समेत गरी सो जालसाजीको मुचुल्का सिफारिशबाट हामीहरुलाई कुनै नोक्सान नपुग्ने समेतको न्याय इन्साफ पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. प्र.रामअयोध्या राय आफ्नो आमा समेतको साथमा हजूरबा छटुरायको संग साथमा बसी खेती पाती तथा औषधि सेवा शुश्रूषा गरी आएकोमा स्वर्गारोहण पछि पनि क्रिया श्राद्ध समेत प्र.रामअयोध्याले नै गरेको र जग्गा पनि भोग चलन गरी आएको हुँदा सोही वास्