निर्णय नं. १४१५ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४१५ - ज्यान भाग: २२ साल: २०३७ महिना: फागुन अंक: ११ फैसला मिति :२०३७/१०/०१ २८३८ निर्णय नं. १४१५ ने.का.प. २०३७ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३६ सालको फौजदारी पुनरावेदन नम्बर १४८ फैसला भएको मिति : २०३७।१०।१।४ मा वादी : श्री ५ को सरकार विरूद्ध प्रतिवादी : का.जि.डिल्लीबजार बस्ने रामचा खड्गी समेत मुद्दा : ज्यान (१) अधिकार प्राप्त अधिकारी समक्ष बयान भएको र मौकाको सरजमीनबाट समर्थित पनि भएको यस्तो बयानलाई प्रमाणको रूपमा लिन नमिल्ने कारण नदेखिने । (प्रकरण नं. १७) (२) आफ्नो घरमा काम गर्ने नोकरले आफ्नो छोरीलाई जवरजस्ती करणी गर्न खोज्दा समाजमा आफ्नो नोकरले छोरीलाई जवरजस्ती गर्न खोजेको रिसको झोंकमा चुप्पी प्रहार गरी मारेकोमा ऐन बमोजिम सजाय गर्दा चर्को पर्ने देखिएबाट थुनिएका मितिबाट कट्टी हुने गरी अ.बं.१८८ नं. ऐन बमोजिम कैद गर्न लगत दिने । (प्रकरण नं. १७) पुनरावेदक वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल फैसला प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : आज बिहान वडा घुम्न वानेश्वरतर्फ जान लाग्दा रामचा कसाहीको घरदेखि पछाडि पर्खाल देखि अं.३ गज फरक दक्षिण बाटोको किनारामा रामचा कसाहीको घरमा नोकरी गर्ने अं.वर्ष २२ को रत्नबहादुर कसाहीको घाँटीमा सेरी धेरै रगत बगी मरीरहेको र त्यसको पूर्वपट्टि अं.१।। गज फरकमा काठको बीँड भएको फलामे चुप्पी १ लासको उत्तर पट्टि फालिएको र हवाई चप्पल जोर १ रहेको देखिएकोले सुरक्षा गरी कानुनी कारवाइको निमित्त प्रतिवेदन गरेको छौं भन्ने हे.कं.दामोदर लामिछाने समेतको प्रतिवेदन । २. अपराधीको सुराक पत्ता लगाउँदा रामचाको पसलमा रत्नबहादुरले खसी काटिदिने काम समेत गर्ने गरेको रहेछ । खसी काट्न आउँदा बिहान मासु बेच्नलाई भ्याउने गरी आउँने रहेछ । काम गर्न आउँदा रामचाको छोरी श्यामासँग असव भएको कुरा गुप्त रूपबाट बुझिन्छ । रामचाले रत्नबहादुरलाई अर्को केटी विवाह गराई दिने कुराको चर्चा पनि चलेको पाईयो । ०३०।५।९ गतेको रात अवेरसम्म रामचाको घरमा रत्नबहादुर भएको बुझिन्छ । सोही रात करणी लिने कुरा आमा बाबुले थाहा पाएर रत्नबहादुरलाई हत्या गरी मारेको हुनुपर्छ रामचा, चन्द्रमाया र श्यामालाई पक्राउ गरी दाखिल गरेको छौं भन्ने समेत स.ई.मुकन्द घले समेतको प्रतिवेदन । ३. रत्नबहादुर डेढ महीना अघि देखि मेरो घरमा खसी काट्ने सफा गर्ने काम गरी आइरहेका थिए । ०३०।५।९ गते शनिश्चरबार बिहान साविकै खसी काटी सफा गरिसकेपछि बिहान १० बजे तिर घर फर्की गएका थिए । सोही रात म निदाई रहेको बेलामा छोरी श्यामा कराई रहेको सुनी निद्राबाट ब्यूँझी के भयो भन्दै म र स्वास्नी छिँडीमा पुग्दा रत्नबहादुरले छुरी हातमा लिई घरबाट बाहिर भागेको देखेको हुँ । रत्नबहादुर कसाहीले करणी गर्न समात्न आँटेकोले म कराएको भनी छोरी श्यामाले भनिन् । सो सुन्ने वित्तिकै रिस थाम्न नसकी निजलाई लखेट्दै जाँदा मेरो घरबाट बाहिर निस्कने मूल ढोका देखि १५ गज देखि पश्चिम धनजन थापाको घर कम्पाउण्डभित्र पस्ने ढोका भन्दा पाँच गज पर पुगे पछि रत्नबहादुरलाई समात्दा हातमा भएको छुरी समेत मैले लिएँ । मेरो पछि–पछि मेरो श्रीमती आई रत्नबहादुरलाई खसी काट्ने पर्खाल पछाडि चौरमा पछारी घोप्टो पारी ढाडमा चढी थिचेँ त्यसपछि स्वास्नी चन्द्रमायाले दक्षिणतिर अर्थात गोड