निर्णय नं. ३८५८ - राजनीतिक उद्देश्यले संघ संस्था खोलेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८५८ - राजनीतिक उद्देश्यले संघ संस्था खोलेको भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०४/३२ ३१२४ निर्णय नं. ३८५८ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको फौ.पु.नं. ६३७ फैसला भएको मिति : २०४६।४।३२।४ मा पुनरावेदक/वादी : प्रहरी प्रतिवेदनको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : का.न.पं. वा.नं. १ बस्ने ऋषिकेश शाह समेत मुद्दा : राजनीतिक उद्देश्यले संघ संस्था खोलेको § संघ संस्था नियन्त्रण ऐन, २०१९ को दफा २(१) ले राजनैतिक उद्देश्यले प्रेरित दल, संगठन, संघ संस्था खोल्न, खोलाउन, चलाउन वा चलाउन लगाउन हुँदैन भन्ने कानुनी व्यवस्था गरेको पाइने । (प्रकरण नं. २५) § सम्मेलन र तदर्थ समितिलाई राजनैतिक दल, संगठन संघ, संस्थाको संज्ञा दिन नमिल्ने । (प्रकरण नं. २५) § देशको आर्थिक, राजनैतिक र सामाजिक व्यवस्थाहरु बारे छलफल गर्ने सन्दर्भमा सम्मेलन गर्न संघ संस्था नियन्त्रण ऐन, २०१९ ले रोक लगाएको छैन र उक्त ऐनले अपराध समेत मानेको छैन । (प्रकरण नं. २५) पुनरावेदक, वादी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री नुतन थपलिया फैसला न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ :– २. २०३८।१२।२६ गते नयाँसडक पिपलबोट पुग्दा एम.आर.श्रेष्ठको संपादनमा निस्कने मदरल्याण्ड नामक पत्रिकाको पहिलो पेजमा ऋषिकेश शाह बारे ए न्यु पोलिटिकल बडी लन्चड् नामक लेख र विश्वदूत साप्ताहिक समाचार पत्रमा शाहको संयोजकत्वमा राजिष्ट्रय लोकतांत्रिक समाजवादी सम्मेलन लेख र समाज नेपाली राष्ट्रिय दैनिक पत्रिकाको पहिलो पेजमा राजनैतिक रुपको समिति गठन शीर्षक भएका लेखहरु छापिएको पत्रिकाहरु बिक्री भएको र पाना ३ को रा.लो.स. सम्मेलनमा पारित कार्यक्रम शीर्षक भएको र कृषि र ग्रामीण विकास बुंदाहरु लेखिएको पत्रमा ऋषिकेश शाह समेत भई रा.लो.स. गरी तदर्थ समिति गठन समेत गर्नुभएको कागज विशेष सुत्रबाट फेला परेकोले उक्त पत्रपत्रिकाहरु समेत यसैसाथ पेश गरेको छु । आवश्यक कारवाही हुन अनुरोध गर्दछु भन्ने समेत व्यहोराको प्र.ह. नरबहादुरको २०३८।१२।२६ को प्रहरी प्रतिवेदन । ३. २०३८ माघ १२।१३ गते तिर जस्तो लाग्छ, ऋषिकेश शाह नेपालगंज आउनु भई २०३८।१०।१८ गते प्रकाशित (किरण साप्ताहिक) पत्रिकाको लेखहरु ऋषिकेश शाहले दिनुभएको वक्तव्य हो भन्ने समेत व्यहोराको किरण पत्रिकाको का.वा.प्र. सम्पादक पन्नालाल गुप्ताले २०३८।१२।१ मा भेरी अञ्चालधीश कार्यालयमा गरेको कागज । ४. २०३८।१२।२३।२ को विश्वदूत नामक पत्रिका, २०३८।१२।२४ गतेको समाज पत्रिका, १९८२ अप्रिल ६ तारेखको मदरल्याण्ड नामक पत्रिकाहरु मिसिल संलग्न रहेको । ५. १९८२ मार्च २९, ३० र ३१ तारेखका दिन राष्ट्रिय लोकतान्त्रिक समाजवादी विचारका व्यक्तिहरु मेरो निवासस्थानमा भेला भई विचार विमर्श भएको हो । उपरोक्त ३ दिनसम्म आपसमा छलफल गरी एक तदर्थ समिति समेत गठन गरी देशको आर्थिक, राजनीतिक र सामाजिक समस्याहरु बारे विस्तृत छलफल भई एक कार्यक्रम समेत तयार गरियो । त्यसैको सिलसिल