निर्णय नं. १४१६ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४१६ - जग्गा खिचोला भाग: २२ साल: २०३७ महिना: फागुन अंक: ११ फैसला मिति :२०३७/०९/१५ २५६२ निर्णय नं. १४१६ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको दे.पु.नं. २२६ फैसला भएको मिति : २०३७।९।१५।२ मा पुनरावेदक : जिल्ला रूपन्देही तप्पहाटी गा.पं. वार्ड नं. २ बस्ने सुकन्या उपाध्यायनी विरूद्ध विपक्षी : ऐ.ऐ. बस्ने दुर्गाप्रसाद दुबे मुद्दा : जग्गा खिचोला (१) पारित नभएको लिखतको कानुनी महत्त्व नहुने हुँदा वादी दावी नपुग्ने ठहर्‍याई गरेको फैसला समेत मनासिव ठहर्ने । (प्रकरण नं. ११) फैसला न्या. बासुदेव शर्मा : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३५।११।२३।४ को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाई यस बेञ्च समक्ष पेश हुनआएको मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. तप्तेहाटी मौजा म्यादी, सखुवानीमा २०१२।९।२०।४ मा कतारे थारुबाट विपक्ष र मैले आधा–आधा भोग गर्ने गरी लिएकोमा चक्ला नमिलेकाले मिति ०२१।११।१०।१ मा घर सारमा सट्टापट्टाको मञ्जूरनामा गरी दाखिल खारेज भई ७ नं. फाराम पनि सोही अनुरूप भरी भोग गर्दै थियौं । सो मञ्जूरनामाले मेरो हक भएको १९७८ सालको कि.नं. ४२–६२–९३ मध्ये बि.१–१४–१ जग्गा विपक्षीले आफ्नो नाममा सर्भे नापीमा दर्ता गराएछन् । सो बदर गरी मेरो नाममा दर्ता गराई पाउँ भन्ने दुर्गाप्रसाद दुबेको फिरादपत्र । ३. ०२१।११।१० को सट्टापट्टा बमोजिम नै हामी जग्गा भोग गरिरहेका छौं । पुरानो श्रेस्ताको कि.नं. ६२ र ६३ मैले पाएको तथा दुवै कित्ता मिली हाल सर्भे नापीले कि.नं. १ कित्ता काटेको वादीले त्यस्को सट्टा हाल ३३ नं. कित्ता लिएका छन् त्यस्तै साविक ९३ हालको कि.नं. ३४ मेरो नाममा दर्ता भई त्यस्को सट्टा विपक्षीले हालको कि.नं. ३६ पाएको साविक कि.नं. ४२ हालको कि.नं. १३५ मा मैले वादीको हक भोगको जग्गा ०–१४–८ खिचोला गरेको छैन मेरो नाममा कि.नं. १४५ को ज.बि.०–५–१ मात्र दर्ता भएको हुँदा वादी दावा झुठ्ठा छ भन्ने सुकन्या उपाध्यायनीको प्रतिउत्तरपत्र । ४. सट्टापट्टाको जग्गा कुन हो भनी खुलाउन नसकेको हुँदा र दावी जग्गा वादी कै हो भन्न कुनै प्रमाण मिसिल संलग्न नदेखिँदा वादी दावा नपुग्ने ठहर्छ भन्ने ०३२।७।२३ को रूपन्देही जि.अ.को फैसला । ५. सो फैसला उपर लु.अं.अ.मा परेको दुर्गा प्र.को पुनरावेदन पत्र । ६. सुकन्याले लिए पाएको जग्गा ८–५–११ देखिने तर दर्ता गराएको ७–१७–६ मात्र देखिनाले पुनरावेदन जिकिर पुग्न नसक्ने शुरूले गरेको इन्साफ मनासिव ठहर्‍याएको लु.अं.अ.को २०३४।६।२।१ को फैसला । ७. सो जग्गाको नक्सा गराई कारवाही किनारा गर्नुपर्नेमा सो गरेको नदेखिँदा लु.अं.अ.को फैसलामा अ.बं.१७१ नं. को प्रत्यक्ष त्रुटि भएकोले पुनरावेदनको अनुमति दिइएको प.क्षे.अ.सिंगलबेञ्चको मिति २०३४।१२।४ को आदेश । ८. वादी प्रतिवादीहरूबाट पेश हुनआएको राजीनामा लिखतहरू हेरिएमा प्रत्येक कित्तामा आधि–आधि पाउने दुवै पक्षहरू हकदार देखिएको र सो कुरामा दुवै पक्ष मञ्जूर भई स्वीकार गरेको पाइयो २०२१ सालमा सट्टापट्टा लिखतलाई मान्यता दिई अरू विचार गरिरहनु परेन हालको सर्भे कि.नं. ३६ वादीले दर्ता गराएका छन् भन्ने प्रतिवादीले जिकिर लिएकोमा भूमि प्र.का.रूपन्देही बुझिएकोमा कि.नं. ३६ को जग्गा वादीका नाममा दर्ता भएको छैन भन्ने जवाफ प्राप्त हुन आएबाट त्यसतर्फ प्रतिवादीको जिकिर तथ्यहिन देखिन आयो, तसर्थ वादी दावीको साविक कि.नं. ४२ हाल सर्भे कि.नं. १३५ को जग्गा बिगहा ०–५–१ को आधि