निर्णय नं. ९१५९ - मोही नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१५९ - मोही नामसारी भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७०/०९/२६ २८५० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश प्रा.डा. श्री भरतबहादुर कार्की फैसला मिति : २०७०।९।२६।६ ०६८–CI–०५७८ मुद्दा : मोही नामसारी । पुनरावेदक/प्रतिवादी : जिल्ला बारा, साबिक नगवा गा.पं. वडा नं. ६ हाल जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं. १९ बस्ने महारानी देवी बरैनीसमेत विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला बारा, साबिक नगवा गा.पं. वडा नं. ६ हाल जिल्ला पर्सा वीरगन्ज उपमहानगरपालिका वडा नं. १९ बस्ने तारादेवी बरैनीको मु.स. गर्ने ऐे.ऐ. बस्ने अमरदेव राउत बरै § भूमिसम्बन्धी नियमहरू, २०२१ बमोजिम मोहियानी हकको प्रमाणपत्र वितरण गर्न टोली खटाउन सकिने व्यवस्था रहेको र त्यसरी टोली खटाई वितरण गरेको प्रमाणपत्रको एक प्रति अभिलेख सम्बन्धित गाँउ पञ्चायतमा रहने र एक प्रति भूमिसुधार कार्यालयमा पठाउनुपर्ने व्यवस्थासमेत उक्त नियमावलीमा रहेको देखिँदा गाँउ पञ्चायतबाट मोहीको प्रमाणपत्र उपलब्ध हुन नसक्ने वा त्यस्तो प्रमाणपत्रको कानूनी अस्तित्व नै नहुने भन्न नमिल्ने। (प्रकरण नं. ३) § पुनरावेदक प्रतिवादीले धेरैअगाडि नै यी वादीका पति पितालाई मोहीमा स्वीकार गरी सकेको र निज मोहीको मृत्युपश्चात् निजको श्रीमती र छोराहरूबाट साल सालको कुतबाली बुझी भरपाई गरी दिएको, सो बाली बुझेको भरपाईलाई कीर्ते जालसाज भनेकोमा विशेषज्ञको परीक्षण प्रतिवेदनसमेतका आधारमा कीर्ते प्रमाणित नभई सद्दे ठहरी अन्तिम भईरहेको अवस्थामा वादीहरू दावीको जग्गाको मोहियानी हकका सम्बन्धमा अन्यथा विचार गरी रहनु नपर्ने । (प्रकरण नं. ६) § वादीका पितालाई र निजको मृत्युपछि निजको पत्नी र छोराहरूलाई मोहीको रूपमा आफ्नो आचरण र काम व्यवहारबाट स्वीकार गरी बालीसमेत बुझी आएको देखिएकोमा हाल यी वादीहरू र निजका पति पिता विधिवत् मोही होइनन् भनी यी प्रतिवादीहरूले भन्न नमिल्ने । (प्रकरण नं. ७) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भुवन भण्डारी प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : § भूमिसम्बन्धी नियमहरू, २०२१ § भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा फैसला गर्नेः भूमिसुधार अधिकारी श्री वीरेन्द्र नारायण मल्लिक पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या. श्री मोहनरमण भट्टराई मा.न्या. श्री सुष्मालता माथेमा फैसला न्या. रामकुमारप्रसाद शाह : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)बमोजिम यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ : विपक्षीको पति पिता रामध्यान राउत बरै आफ्नो कालगतिबाट २०४१ सालमा परलोक भई सक्नुभएको छ । निज स्व. रामध्यान राउत बरै र विपक्षी महारानी देवी बरैनीको दाम्पत्य जीवनबाट ३ छोराहरूको जायजन्म भएकोमा जेठो रामजीप्रसाद चौरसिया, माहिला श्यामप्रसाद चौरसिया र कान्छा बलिरामप्रसाद चौरसिया हुन् । निज विपक्षीहरूको पति पिता स्व. रामध्यान राउत बरैका नाउँमा दर्ता रहेको जिल्ला पर्सा, नगवा (बी) वडा नं. ७ कि.नं. ४१ को ज.वि. ०–९–०, ऐ.ऐ. कि.नं. ४५ को ज.वि. ०–१–१५, ऐ.ऐ. कि.नं. ५१ को ज.वि. ०–१५–१५ र ऐ.ऐ. कि.नं. ५२ को ज.वि. ०–१०–० जग्गाहरूको विधिवत् मोही मेरो पति धुपनारायण राउत बरै भई जोतकोड गरी आउनु भएकोमा पतिको २०२७ सालमा परलोक भयो । त्यसपछि मैले जग्गा आवाद गरी सालसालैको बाली बुझाई भरपाईसमेत प्राप्त गरेकी छु । स्वः पति धुपनारायण राउत बरै र म तारादे