निर्णय नं. ४६९३ - धर्मपुत्र लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६९३ - धर्मपुत्र लिखत बदर भाग: ३५ साल: २०५० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५०/०२/१० ३०३७ निर्णय नं. ४६९३ ने.का.प. २०५० (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय २०४६ सालको दे.पु. नं.– ५३८ फैसला मिति : २०५०।२।१०।१ पुनरावेदक/प्रतिवादी: भ पु जि., भ.पु.न.पं. वडा नं. २ तौलाछे टोल बस्ने पुनलक्ष्मी कोजू समेत । विरुद्ध प्रत्यर्थी/वादी: भ पु जि., भ.पु.न.पं. वडा नं. १ बस्ने दुगु नारायण कोजू समेत । मुद्दा :– धर्मपुत्र लिखत बदर । (१) धर्मपुत्र राख्दा आफू जन्मेका एकै भुंडीका सन्तानले पहिलो प्राथमिकता पाउने (प्र.नं.१५) (२) धर्मपुत्रको १ नं. मा उल्लेखित एकै भुडीका सन्तान भन्ने वाक्यांशको व्याख्या गर्दा आफ्नै भतिजाहरू हुंदा हुंदै पनाती अर्थात दुई पुस्ता मुनिकालाई राख्न पाउने भन्ने अर्थ गर्न मिल्ने नदेखिने (प्र. नं. १५) (३) एक भुंडीका सन्तान वादीहरू भतिजा छंदा छंदै निजहरूको मन्जुरी वेगर पनातीलाई धर्मपुत्र राखेको मिलेको नदेखिनाले सो धर्मपुत्रको लिखत बदर हुने । (प्र.नं. १५) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा । प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर विद्वान अधिवक्ता श्री गजेन्द्र बहादुर पधानाङ्ग विद्वान अधिवक्ता श्री सुर्यराज दाहाल फैसला न्या. सुरेन्द्र प्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्राप्त भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । :– २. हाम्रो पुस्तेवारी नारायण कोजूको दुई भाई छोरा जेठा नारायण कृष्ण कोजू, कान्छा कृष्णनारायण कोजू, हाम्रा बाबु नरायण कृष्ण कोजूको तीन भाईमा जेठा लक्ष्मी नारायण कोजू पहिना नै स्वर्गे भएको हुँदा हामी फिरादि मात्र जीवित छौं, बिपक्षी काका कृष्ण नारायणको दुई छोरी गणेश मायाँ र कृष्णमायाँ बिपक्षी काका कृष्ण नारायण कोजूले विपक्षी कर्मनारायण कोजूलाई ब्यहोरा ढाटी धर्मपुत्र राखेको ०४४।२।२० मा नक्कल सारी लिंदा थाहा पायौं । धर्मपुत्रको १ नं. अनुसार हामी धर्मपुत्र बस्न नचाहेमा मात्र हाम्रो मन्जुरी लिई सो नं. मा व्यवस्था गरिए अनुसार अरुलाई राख्न पाउने हो । सो विपरित धर्मपुत्र लिनेदिने गरेको मिति ०४३।१०।४ गते र.नं. २१९१ को लिखत बदर गरी पाउँ भन्ने समेत फिरादपत्र । ३. मिति ०४३ माघ २, ३ गते म ज्वरोको व्यथाले थला परी रहेको अवस्थामा नाती नाता पर्ने तुलसीनारायण कोजू समेतले मलाई उपचारको लागि अस्पताल लैजान्छु भनी म होस ठेगाना नभएको वृद्धालाई घरसम्म ट्याक्सी ल्याई झुठ्ठा बहाना लगाई अस्पतालको सट्टा ०४३।१०।४ गते भ.पु.मा.पो.का. लगि निज तुल्सीनारायणको छोरा वर्ष १५ को कर्मनारायणको धर्मपुत्र भनी लेखी दिई तुल्सी नारायण कोजू संरक्षक साक्षी र निजका श्रीमति पुनलक्ष्मी कोजू लिखतमा अन्तरसाक्षी बसी मेरो कुनै सल्लाह मंजुरी बेगर धर्मपुत्रको लिखत पास गरिदिएकामा उक्त लिखत बदर गरी पाउन विपक्षीहरू तीनजनाका नाउँमा यसै अदालतमा फिराद दर्ता गरी कारवाही चलि रहेको छ । अतः फिराद दावी बमोजिम कानून प्रतिकूलको धर्मपुत्र लिखत कानून बमोजिम बदर गरिदिएमा मेरो मन्जुरी छ भन्ने समेत प्रतिवादी कृष्ण नारायण कोजूको प्रतिउत्तर पत्र । ४. हामी प्रतिवादीहरू एकै भुँडीको सन्तान भएको हुँदा ०४३।१०।४ गते हामी प्रतिवादीहरूको बीचमा रीतपूर्वकको धर्मपुत्रको लिखत भक्तपुर मालपोत कार्यालय मार्फत रजिष्ट्रशन भएको छ । लक्ष्मीनारायण कोजू