निर्णय नं. ३८५९ - खिचोला हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८५९ - खिचोला हक कायम भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०५/२१ २९६१ निर्णय नं. ३८५९ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ७९८ फैसला भएको मिति : २०४६।५।२१।४ मा पुनरावेदक/वादी : भ.पु.न.पं.वा.नं. ५ बस्ने अमिरबहादुर साखकर्मी विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने कृष्णभक्त साखकर्मी मुद्दा : खिचोला हक कायम (१) हदम्यादको प्रश्न कानुनी प्रश्न भएकोले जुनसुकै अड्डाले पनि मुद्दामा ठहर निर्णय गर्नु पूर्व फिराद कानुनको म्याद भित्रको छ छैन हेर्नु अनिवार्य भएकोले हदम्यादमा यस अदालतबाट विचार गर्न नमिल्ने भन्ने पुनरावेदक तर्फको जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. १६) (२) आफ्नो नाउँमा नापी दर्ता हुने जग्गा अरुले नापी दर्ता गरे तत्कालिन जग्गा मिच्नेको १८ नं. र जग्गा पजनीको १७ नं. बमोजिम २ वर्ष भित्र उजूर गर्नु पर्ने । (प्रकरण नं. १६) पुनरावेदक,वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान वरिष्ट अधिवक्ता श्री कुशुम श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री शिवकुमार श्रेष्ठ प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानाङ्ग अवलम्वित नजीर : नि.नं. २९७३ लाला बुद्धिमान विरुद्ध पूर्णकला उपाध्याय भएको दर्ता बदर मुद्दामा प्रतिपादित सिद्धान्त । फैसला न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विरण यस प्रकार रहेछ । २. साविक कि.नं. १४।१४ को ४–२–० हाल भ.पु.न.पं. वडा नं. ४ को (ग) कि.नं. २२ कायम भएको ३–१३–३–० जग्गा २००० सालको अंशबण्डामा मेरो पिताको भागमा परेको जग्गा मेरो नाउँमा दर्ता गरी पाउन भक्तपुर माल कार्यालयमा निवेदन दिंदा सो जग्गा विपक्षीले आफ्नो नाउँमा दर्ता गराई जग्गा धनी प्रमाणपुर्जा समेत लिइसकेकोले ३५ दिनभित्र अदालतमा गई आफ्नो हक कायम गराई ल्याउनु भनी सुनाएको हुँदा यो फिराद गर्न आएको छु । तसर्थः मेरा बाबुले विपक्षीलाई कुनै किसिमबाट हक छाडी नदिएको जग्गा विपक्षीले के कति कारणबाट दर्ता गराएका हुन । बदर गरी मेरो नाउँमा दर्ता गरी हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको अमिरबहादुरको मिति २०४१।६।१४ को फिराद । ३. वादी दावी झुट्टा हो विपक्षीका बाबु तथा मेरा बाबु २००० सालमा छूटी सके पछि मेरो बाबुको अंश भागमा परेको मैले भोग चलन गरी आएको जग्गा मध्ये २०२१ सालको सर्भे नापीमा भ.पु.न.पं. वडा नं. ४ (ग) कि.नं. २२ को ३–१३–३ जग्गा विपक्षीका बाबुले नै मेरो नाउँमा हस्ते भई दर्ता गरी दिनु भएको हुँदा मिति २०२२।१०।८ मा दर्ता भई जग्गा धनी प्रमाण पूर्जा प्राप्त गरेको हुँ । यसरी दर्ता भएको २० वर्ष पछि आएर दर्ता बदर गरी पाउँ भन्ने फिराद तत्काल जग्गा पजनीको १७ नं. तथा विपक्षीले भर गरेको अन्य ऐनले विपक्षीलाई मद्दत गर्ने होइन । तसर्थः विपक्षीको फिराद अ.बं. १८० नं. बमोजिम खारेज गरी पाउँ भन्ने समेत व्यहोराको कृष्णभक्तको प्रतिउत्तरपत्र । ४. वादी दावीको कि.नं. २२ को जग्गा बण्डापत्रबाट हक प्राप्त गर्ने व्यक्तिहरुको हक छोडेको लिखत बिना प्रतिवादीका नाउँमा दर्ता गर्न कानुनले नमिल्ने हुँदा सो जग्गाको मिति २०२२।१०।८ मा भएको प्रतिवादीका नाउँमा भएको दर्ता वादी दावी अनुसार बदर भई वादीका नाउँमा दर्ता गरी वाद