निर्णय नं. १०१० - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१० - जग्गा खिचोला भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/११/२१ २८६६ निर्णय नं. १०१० ने.का.प. २०३४ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३३ सालको स.अ.दे.फु.नं. ३० फैसला भएको मिति : २०३३।११।२१।९ मा निवेदक : पाल्पा गाडाकोट गाउँपञ्चायत अन्तर्गत वार्ड नं.९ अतरवास बस्ने धर्म बहादुर मश्राँगी मगरको वा डुकबहादुर मश्राँगी मगर विरुद्ध विपक्षी : ऐ ऐ बस्ने जुद्धबहादुर मश्राँगी थापा मगर मुद्दा : जग्गा खिचोला (१) आफ्नु जग्गामा प्रतिवादीले जवरजस्ती गोठ घर बनाएको भए मुलुकी ऐन, घर बनाउनेको ११ नं. को म्याद भित्र वादीले नालेस गरी आफ्नो गराउन सक्नु पर्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा उल्लेखित मुद्दा :  फैसला न्या.वासुदेव शर्मा १. मु. परजित बोटे माझीका नाउँमा ०९ सालमा दर्ता भएको निजैका तालुक भित्रको पाल्पा गाडा कोट गाउँपञ्चायत अन्तर्गत वार्ड नं.७ अन्तर्गतमा पर्ने तिरो रु. ६।७३ मध्य आधी तिरो रु. ३।३६ बढको रु. १।३५ समेत जम्मा रु. ४।७१।२ लागेको पूर्व साइवारीको सिउँडीको बार, राम सिंहको बुटो, पश्चिम डहर केतुकी धारी, उत्तर गैरा वारीको आठो, दक्षिण खाक्री खोला, यति ४ किल्ला भित्रको भलापटार भन्ने पाखो जग्गा मु.परजित बोटेबाट २०२०।७।२९।६ मा म धर्मबहादुरले रु. २७५०। मा राजीनामा लिई मेरो हक भोग भएको जग्गामा २०२५ साल चैत्र ९ गतेका दिन विपक्ष प्रतिवादीले मलमाथि मल खापि हाली खनजोत समेत गरी खिचोला गरेकाले खिचोला मेटाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । २. वादीको जग्गामा खिचोला गरेको छैन मु परजित बोटेसँग निजका नाउँमा दर्ता भएको भलायटार भन्ने पाखो जग्गा बढ समेत तिरो रु. ४।७१।२ लागेको पूर्व ठाडो बार, गिदरीको रुख पश्चिम डहरबाटो, उत्तर मूल बाटोदेखि सोही पाखोवारीको आठो, यति ४ किल्ला भित्रको भलायटार भन्ने जग्गा रु २७५०।मा २०२०।७।२७ मा घरसारमा र ऐ २९ गते रजिष्ट्रेशन पास गरी म जुद्धवीरले राजीनामा गरी लिई हक भोग भई रहेकोमा भतिजा छकबहादुरले पनि इच्छा गर्दा उक्त जग्गा मध्येबाट तिरो रु. १।३५।३ लागेको पूर्व धरमबहादुरको बारी, ढिक पश्चिम बाटो, उत्तर काभ्राको रुख र ढिक, दक्षिण बाटो, यति ४ किल्ला भित्रको जग्गा म जुद्धवीरले रु.४५। मा छकबहादुरलाई राजीनामा दिएको हुँदा ०२० साल फाल्गुण १७ गते म छकबहादुरले राजीनामा लिई धेरै पर्ति पाखो हुँदा कैयौं पैसा खर्च लगाई अवाद कमोद गरी त्यसैमा घर धुरी समेत खडा गरी तिरो रकम चलाई भोग चलन गरी आएका छौं । वादीको जग्गा हाम्रा जग्गादेखि पूर्वपट्टि छुट्टै भएकोबाट हाम्रो जग्गा घुसाई खाने नियतबाट झुटो उजूर गरेको हो भन्ने समेत व्यहोराको प्रतिउत्तर । ३. वादीको राजीनामाको जग्गामा प्र.ले नक्सा नं.१४/१ को घर बनाएको र प्रतिवादीको घर भनी नक्सामा जनिएको प्रतिवादीले देखाएको ४ किल्ला भित्रको जग्गा मध्ये अरू जग्गा वादीलाई छाडी नक्सा नं.१३/१ को आँपको रुख सिमाना कायम राखी मिल्नामा मञ्जुर गरी डोरमा दरखास्त समेत दिएको समेतबाट नक्सा नं.३/१, ३/२, ३/३, ३/४, ३/५ र ३/६ आठोडिल ढिक नै उल्लेखित २०।७।२९।६मा पास भएको वादी धरमबहादुरको राजीनामाको उत्तर किल्ला साँध देखिएकोले सोदेखि दक्षिणतर्फ वादी दावी राजीनामाका किल्ला साँध सिमाना भित्रको वादी दावी बमोजिमको नक्सामा झगडा परेको भन