निर्णय नं. १४१८ - उत्प्रेषणको आदेश जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४१८ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: फागुन अंक: ११ फैसला मिति :२०३७/११/२२ २२७२ निर्णय नं. १४१८ ने.का.प. २०३७ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको रिट नं. ११८० आदेश भएको मिति : २०३७।११।२२।५ मा निवेदक : का.जि.का. नगर पं.वडा नं. २० बस्ने जानकी देवी श्रेष्ठ विरूद्ध विपक्षी : काठमाडौं नगर पञ्चायत बैठकसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) मोहीले कमाएको जग्गा मलाई बसोवास गर्न घरबारीको निमित्त क्षतिपूर्ति दिई मोहीसँग झिकी पाउँ भन्ने निवेदकको परेको उजूरी, सरजमीन मुचुल्कामा पनि पक्की घर बनिराखेको देखिएको हुँदा घरबारीको लागि जग्गा झिक्न नमिल्ने भन्ने विपक्षी का.न.पं.वैठकबाट निर्णय भएको देखिन्छ । यस्तो उजूरीमा निर्णय दिनपाउने विपक्षी का.न.पं.लाई भूमिसम्बन्धी ऐन,२०२१ को दफा २७ ले अधिकार प्राप्त भएकै र कानुनद्वारा अधिकार प्राप्त अधिकार विपक्षी का.न.पं.बैठकले आफ्नो अधिकारक्षेत्रभित्र रही सरजमीन समेतको सबूत प्रमाणको मूल्यांकन गरी गरेको उक्त निर्णयमा प्रत्यक्ष त्रुटि नदेखिने । (प्रकरण नं. ६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भुकुमार थापा र विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी आदेश प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयाथ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यस प्रकार छ : मेरो नाउँमा भू.प्र.का.मा दर्ता भएको मोही पुकार नरसिंले कमाएको कि.नं. ५८ को रोपनी १–१०–२ मलाई बसोवास गर्न घरबारी निमित्त झिक्नु परेको हुँदा क्षतिपूर्ति दिई जग्गा झिक्न पाउँ भन्ने निवेदक जानकी देवीको उजूरी परेकोमा मिति ०३६।१।१० को सरजमीन मुचुल्कामा पनि कि.नं. ५८ को कित्तामा पक्की घर बनी राखी देखिएको हुँदा घरबारीको लागि जग्गा झिक्न नमिल्ने भन्ने समेत विपक्षी का.न.पं.बैठकबाट ०३६।८।१९ मा निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक जानकी देवीले दिएको रिट निवेदनपत्रमा दिपक शमशेर ज.ब.रा.बाट का.न.पं.वडा नं. २३ स्थित कि.नं. ५८ को १–१०–२ कि.नं. ५९ को १–०–३ मिति ०३४।२।२५ मा राजीनामा रजिष्ट्रेशन पारित गरी लिएको थियो । ०३४।८।३ मा उक्त जग्गाहरूमा बनेको घर र पर्खाल समेत पुनः निज दिपक शमशेरबाट राजीनामा गराई लिए उक्त जग्गाहरू मलाई घर बनाउँन आवश्यक परेको हुँदा झिक्न पाउँ भनी का.न.पं.मा निवेदन गरे कि.नं. ५९ नं. को मोही आसामायासँग मिलापत्र भई जग्गा झिकी पाए कि.नं. ५८ को विपक्षी मोही पुकार नरसिंले कि.नं. ५८ को जग्गा धनी अमृतबहादुर भन्नुभएको छ । कि.नं. ५८ को कित्तामा पक्की घर बनीराखेको देखिएको भनी जग्गा मोहीबाट झिक्न नमिल्ने भनी निर्णय गरेको छ, न्यायिक अर्धन्यायिक निर्णय गर्ने अधिकार प्राप्त अधिकारीले पक्ष विपक्षीको बीच मुख नमिलेको हुँदाको वस्तुनिष्ठ निरूपण गर्न अ.बं.१८४ क.१८५ र १८९ नं. ले बाध्य गरेको छ यी कुराहरूको परिपालना का.न.पं.बाट भएको छैन जुन सरजमीन मुचुल्कालाई आधार मानिएको छ त्यो प्रमाण ऐन, २०३१ दफा १८ अनुरूप का.न.पं.मा आई बयान गरेको छैनन् उक्त कि.नं. ५८ को जग्गा धनी अमृतबहादुरलाई देखाउनुभएको छ निजलाई अ.बं.१३९ नं. बमोजिम झिकाई बयान गराइएको छैन । सरजमीन मुचुल्कामा जुन पक्की घर देखाइएको छ त्यो नै मैले ०३४।८।३ को राजीनामाबाट प्राप्त गरिसकेको हुँ पुकार नरसिं राणालाई मेरो द