निर्णय नं. ३८६१ - लकडीको परिमाण ढाँटी निकासी गर्न लाग्यो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८६१ - लकडीको परिमाण ढाँटी निकासी गर्न लाग्यो भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०२/२४ २४८७ निर्णय नं. ३८६१ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.पु.नं. ४३० फैसला भएको मिति : २०४६।२।२४।३ मा पुनरावेदक/प्रतिवादी : वि.न.पं.वा.नं. १९ बस्ने सीताराम अग्रवाल विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, भन्सार कार्यालय विराटनगर मुद्दा : लकडीको परिमाण ढाँटी निकासी गर्न लाग्यो § प्रज्ञापनपत्र भरेर भन्सार निर्धारणको लागि पेश भएको देखिँदा भन्सार नतिर्ने मनसायले हटाएको भनी मान्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या. पृथ्वीबहादुर सिंह: पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. प्र.द.न. ३२४५ मा मिति २०४२।३।२१ मा घोषणा गरेभन्दा ३०८–३–९ क्यू.फि. बढी परिमाण निस्केको भन्ने २०४२।३।२१ को मुचुल्का साथै तीन ट्रकमा रहेको लकडी मध्येको घोषित ११० नं. ट्रकमा लोड रहेको चिरान लकडीको घोषित परिमाणलाई परीक्षण गर्दा ठीक दुरुस्त देखिएकोले सो को छुट्टै प्रज्ञापनपत्र भराई लाग्ने महसूल लिई जाँचपास गर्ने प्रज्ञापनको अ.ख. २१२ र १०९ को ट्रकहरुको हकमा उक्त मौका मुचुल्कालाई प्रतिवेदन सरह मानी लकडीको साइज र परिमाण ढाँटी चोरी निकासी गर्न लागेकोमा मुद्दा दायर गर्ने भन्ने समेतको २०४२।३।३० को आदेश । ३. यस्मा कार्यालयबाट नाप जाँच हुँदा लकडी बढी निस्केको मिलमा काम गर्ने मुख्य कर्मचारी बाहिर गई काममा अनुभव नभएको कर्मचारीबाट लोड गराउँदा नाप जाँचमा गल्ती भई फरक हुन गएको हो भन्ने समेत सीताराम अग्रवालको बयान रहेछ । ४. लोड गर्दा २५० थान लिंदा नापमा घटी बढी के छ मलाई थाहा छैन भन्ने को.अ.ख. २०९ को ट्रक चालक रामबहादुर श्रेष्ठको बयान । ५. को.अ.ख. ११२ को ट्रकमा २१४ थान लकडी लोड गरी थन्काई भरियामा ल्याई रोकी राखेको लकडी के कति छ थाहा छैन, लकडी सीताराम अग्रवालले लोड गर्न पठाएको हो भन्ने समेत चालक दिलिप श्रेष्ठको बयान । ६. लकडी लोड भएको दिन काम गर्ने सब कर्मचारी विदा लिई घर गएकोले सो काममा कम अनुभव भएका मुन्सीद्वारा लोड भएको हुँदा फरक पर्न गएको हो । सीताराम मेरो तर्फबाट हुने निकासी पैठारीको कार्यमा काम गर्ने मेरो मुख्य कर्मचारी हुन् भन्ने समेत ट्रक धनी रामेश्वर दयाल गोयलको बयान । ७. भन्सार छली महसूल नबुझाउने मनसायले कागज पत्रसाथ थान गन्ती मिलाई बढी क्यु. फिटको बेसाइज लकडी लोड गराई निकासी गर्न लागेको ठहर भएकोले बिगो बमोजिम रु. ३२,४६४।– बापत रु. ५४०। समेत धरौट राखेको हुँदा शुरु रकम सदर स्याहा गर्ने भन्ने समेत मिति २०४२।११।१।४ को भन्सार कार्यालय विराटनगरको फैसला । ८. जम्मै लकडी जफत गर्दै सो सबैको मोल बिगो अनुसार जरिवाना गर्नुभएको फैसला कानुनी त्रुटिपूर्ण भएकोले इन्साफ उल्टाई पाउँ भन्ने समेतको पुनरावेदकको पुनरावेदनपत्र । ९. छलफलका निमित्त अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई पेश गर्नु भन्ने आदेश । १०. भन्सार ऐन, ०१९ को दफा २ को (ठ) ले गरेको भन्सार चोरी निकासी परिभाषा भित्रै प्रस्तुत मुद्दामा प्रतिवादीले गरेको काम कारवाही पर्ने हुँदा सोही ऐनको दफा ३४(२) बमोजिम सजाँय गर्ने