निर्णय नं. ३८६३ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८६३ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०१/३० २३२४ निर्णय नं. ३८६३ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.सा.नं. ९२ फैसला भएको मिति : २०४६।१।३०।६ मा वादी : गणेशप्रसाद वर्तौला समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : जीतबहादुर गोवा मुद्दा : कर्तव्य ज्यान § अदालतमा आई आफूले प्रहरीमा गरेको बयानलाई इन्कार गरे पनि प्रहरीमा सो बयान दवाव, धम्की वा प्रलोभनमा परेर गरेको भन्न नसकेबाट सो बयानलाई अन्यथा मान्न नसकिने । (प्रकरण नं. २६) फैसला न्या. गजेन्द्रकेशरी बास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट साधक सदरका लागि आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ :– २. हाम्रो नामाटार गा.पं. वार्ड नं. ३ वासुकी तारुवासको कुलाको मुहान डेढ खोलामा जमेको बाँध पानी भित्र ठिङ्ग उभिएको कपाल र मुखको चिन्हद्वारा लोग्ने मानिसको अनुहार भएको बेवारिस जस्तो मानिस पानी भित्र देखिएकोले ऐन बमोजिम जाँचबुझ गर्न अनुरोध गर्दर्छौ भन्ने समेत व्यहोराको प्र.पं. गणेशप्रसाद वर्तौला समेतको जाहेरी । ३. वारदात स्थलमा अं. ४” ठाउँको पानी देखि माथि रही डुबिरहेको, अर्धमुठी पारेको देखिएको मुख बन्द भई मुखबाट केही रगत निस्केको, पेट तनक्क भई पानी नरहेको लिङ्ग, गुद्वारबाट केहि चिन्ह नरहे, ननिस्केको निलडाम समेत नदेखिएको भन्ने समेत व्यहोराको ०३९।२।१६।१ को लाश प्रकृति विवरण मुचुल्का । ४. मेरो भाइ नाताका टेकबहादुर गोले तामाङकी श्रीमती हराएकी र भाइ टेकबहादुर आफ्नो श्रीमती खोज्न गएकोमा खोलामा एकजना मानिस डुबी मरेको भन्ने थाहा पाई लाश हेर्न अनुरोध गर्दा सो टेकबहादुरको लाश भनी चिनेको र बुहारीले पसल गरी बसेका घरवाला जीतबहादुर गोङवा पनि हराएका र मर्ने भाइको श्रीमती निज जितबहादुरले लगेको हो वा कहाँ गए निज भाइ टेकबहादुर निजहरुकै कर्तव्यबाट मरे वा भवितव्य परी मरे अनुसन्धान गरिपाउँ भन्ने कुलबहादुर गोले तामाङको २०३९।२।१७ को दरखास्त । ५. पहिले टेकबहादुरलाई कस्ले मार्‍यो थाहा थिएन, पछि बखु जितबहादुरले रक्सीमा विष हाली खान दिई निजलाई मारे भन्ने कुरा मानबहादुर स्याङ्ताङले भनेकोले थाहा पाएको हुँ भन्ने समेत व्यहोराको जितबहादुरको छोरा राजकुमार गोङवाको कागज । टेकबहादुरको श्रीमतीलाई जितबहादुरले लगेकोले टेकबहादुरलाई मार्ने सल्लाह गरी रक्सी खान लागेका बखत रक्सीमा विष हाली खान दिई मारी गणेश गोवा, गोरे तामाङ, माइला भमजन, च्याङमा भमजन समेतलाई लाश फाली आउ भनी जितबहादुरले अह्राएकोले निजहरुले उक्त लाश बोरामा हाली काठमा बाँधी चारैजनाले पालो पालो गरी बोकी लगी लाश खोलमा फाली आएको हो भन्ने समेत व्यहोराको मानबहादुर स्याङताङ तामाङको बयान कागज । ६. म समेत भई टेक बहादुरलाई विष खुवाई मारी लाश लगी फालेको होइन भन्ने समेत व्यहोराको गणेशबहादुर गोङवाको बयान कागज । ७. कुल्लीमा काम गर्न जाँदा मानबहादुरसंग भनाभन भै झगडा भइरहने हुँदा सोही रिसइविबाट म समेत भई टेकबहादुरको ज्यान मारेको भनी म समेतलाई दोष लगाएको हुनुपर्छ । जितबहादुरको मत सल्लाहमा पसी टेकबहादुरको ज्यान मारी म समेत भई बोकी लगी फालेको समेत होइन भन्ने समेत व्यहोराको माइला भम्जनको बयान कागज । ८. वारदात भएको भन्ने ०३९।२।१४ का दिन म सडक विभागको चौकीदारी डिउटीमा छु भन्ने समेतले टेकबहादुरको ज्यान मारेको होइन भन्ने समेत व्यहोर