निर्णय नं. ८९२४ - उत्प्रेषण परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९२४ - उत्प्रेषण परमादेश भाग: ५४ साल: २०६९ महिना: फागुन अंक: ११ फैसला मिति :२०६९/०६/११ ३१३८ ने.का.प. २०६९, अङ्क ११ निर्णय नं. ८९२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की २०६७–WO–०५०४ फैसला मितिः २०६९।६।११।५ मुद्दा : उत्प्रेषण परमादेश । निवेदकः लुम्बिनी अञ्चल, रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. ६ शारदापथ बस्ने पहलसिँह वराइली विरुद्ध विपक्षीः गिताकुमारी पाण्डे समेत § एक व्यक्तिले धेरै व्यक्तिलाई शेषपछिको बकसपत्र दिएको अवस्थामा शेषपछिको बकसपत्र पाउनेमध्ये कुनै एकको मृत्यु दाताको भन्दा अघि भएमा सम्पूर्ण लिखतको अस्तित्व समाप्त नभई मृतकका हकमा सम्म समाप्त भई निष्क्रिय हुने । (प्रकरण नं.४) § पति नाता भएका कारणले सम्पत्तिमा हक प्राप्त गर्नु, तर पतिले लिएको ऋणको दायित्व सो सम्पत्तिबाट व्यहोर्न इन्कार गर्नु न्यायोचित नहुने । (प्रकरण नं.७) § अपुताली नखाएको अवस्था हुनका लागि मृतकका हकमा रहेको कुनै पनि सम्पत्ति आफ्ना नाउँमा हक हस्तान्तरण गरी नलिएको वा मृतकको हकमा कुनै सम्पत्ति नभएको अवस्था हुनुपर्ने । § पतिको मृत्यु भएको भन्ने व्यहोरा उल्लेख गरी जग्गा अन्य व्यक्तिका नाउँमा दर्ता गर्न मञ्जूरी दिई आफ्ना छोरा बुहारीका नाममा जग्गा दर्ता समेत गराएको स्थितिमा पतिको अपुताली नलिएको नखाएको भन्ने अर्थ गर्न नमिल्ने । § भिन्न भएको भन्ने आधारमा मात्र लिएको ऋणको दायित्व व्यहोर्नु नपर्ने भन्न नमिल्ने । (प्रकरण नं.११) § मुलुकी ऐन दण्ड सजायको महल, जिल्ला अदालत नियमावली जस्ता कानूनहरुले अदालतलाई फैसला कार्यान्वनको जिम्मेवारी तोकिदिएको हुनाले अदालतले नै फैसला कार्यान्वनका लागि विशेष सक्रियता देखाउनु पर्ने । § पत्नी, छोरा, बुहारी समेतको नाममा सम्पत्ति भेटिएन भन्ने आधारमा अदालतको अन्तिम फैसला आफैँ निष्क्रिय तुल्याउन नहुने । (प्रकरण नं.१२) निवेदक तर्फबाटः विद्वान अधिवक्ता गोपालप्रसाद शर्मा विपक्षी तर्फबाटः वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी अवलम्बित नजीरः § नेकाप २०४३, अङ्क ८, नि.नं. २९०९, पृ. ७४५ सम्बद्ध कानूनः § दान वकसको २ नं. § अपुतालीको २ नं. आदेश न्या.प्रकाश वस्तीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ :– वादी म निवेदक पहलसिँह बराइली र प्रतिवादी चन्द्रिकाप्रसाद पाण्डे भएको संवत् २०६१ सालको दे.नं. १४१४ को लेनदेन मुद्दामा वादी दावीबमोजिम तमसुकी साँवा रु १,६५,०००।– र कानूनबमोजिमको व्याज कोर्टफी तथा अन्य दस्तूर समेत प्रतिवादीबाट वादीले भरिपाउने ठहर्छ भनी विपक्षी रुपन्देही जिल्ला अदालतबाट मिति २०६१।९।१८ मा फैसला भयो । सो फैसला अन्तिम हुन गएकोले फैसलाबमोजिम विगो भराई पाउन प्रतिवादीको नाममा कुनै जेथा नदेखिँदा निजको एकासगोलका श्रीमती विपक्षी गीताकुमारी पाण्डेको नामको जेथा देखाई फैसला कार्यान्वयनको लागि दरखास्त दिई कारवाही चल्दै जाँदा छुटृी भिन्न भई बसेकी पत्नीको सम्पत्तिबाट लोग्नेले खाएको विगो भराउन मिलेन भनी विपक्षी रुपन्देही जिल्ला अदालतका तहसिलदारबाट मिति २०६४।३।२८ मा आदेश भयो । तत्पश्चात् प्रतिवादी चन्द्रिकाप्रसाद पाण्डेको एकाघरको आमा सुरत पडाइनको जेथाबाट विगो असूलउपर गरिपाऊँ भनी मेरो दरखास्त परी कारवाही हुँदै जाँदा २०१६ सालमा छुटृी भिन्न भएकी आमा सुरत पडाइनको जेथाबाट विगो भराउन नमिल्ने भनी मिति २०६५।२।१३ म