निर्णय नं. १०११ - उत्प्रेषण प्रतिषेधको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०११ - उत्प्रेषण प्रतिषेधको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/१२/१९ २६०३ निर्णय नं. १०११ ने का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री झपट सिंह रावल सम्वत् २०३३ सालको रि.फु.नं. ३५ आदेश भएको मिति : २०३३।१२।१९।६ मा निवेदक : गण्डकी अं. लमजुङ जि.गा.पं. वार्ड.नं.७ बस्ने तिर्थराज पौडेल विरुद्ध विपक्षी : श्री जिल्ला न्यायाधीश मनाङ्ग तथा लमजुङ जिल्ला अदालत विषय : उत्प्रेषण प्रतिषेधको आदेश जारी गरी पाउँ (१) निरापराधी व्यक्तिका जेथाजमानी लिलाम हुन्छ भनी ठहर गर्नु नेपालको संविधानको धारा ११ को उपधारा (३) को व्यवस्थाको प्रतिकुल हुने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लबदेव भट्ट विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद “विजयी” उल्लेखित मुद्दा : आदेश न्या.वाशुदेव शर्मा १. प्रस्तुत मुद्दा सार्वजनिक महत्त्वको जटिल कानून प्रश्न समावेश हुन आएको र सो प्रश्नको टुंगो फुल बेञ्चबाट हुनुपर्ने भनी स.अ.नियमावली, २०२१ को नियम ३३ (घ) बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : वादी श्री ५ को सरकार प्रतिवादी शंकरप्रसाद समेत भएको ज्यानमार्ने उद्योग गरे भन्ने मुद्दामा निवेदकले जग्गा जेथा जमानी दिंदा शंकरप्रसाद तारेखमा छुटेकोमा ज्यानमार्न उद्योग गरेको ठहर्दैन । शंकर प्रसादले तारेख गुजारी बसेको देखिंदा जमानतको जेथा मध्ये आधी शंकरप्रसादको हकमा जफत भएको धरौट रु. २०००। बापत लिलाम गरी रु. २०००। सदर स्याहा गरी बढी हुन आएको रकम जमानीलाई नै फिर्ता दिनु भन्ने समेत मनाङ तथा लमजुङ जि.अ.बाट फैसला भएको रहेछ । ३. उक्त फैसला बदर गरी लिलाम नगर्नु भन्ने गरी पाउँ भन्ने निवेदक तिर्थराजले दिएको रिट निवेदनमा मैले शंकरप्रसादको निमित्त जेथा जमानीमात्र दिएको हुँ जेथा जमानी दिएकोले सफाई पाउने ठहरी फैसला हुन्छ भन्ने मुलुकी ऐन अ.बं.१२४ नं. को अन्तिम वाक्यांशले जमानी पक्री असुल उपर गर्न हुने होइन भन्ने समेत मुख्य निवेदन जिकिर लिएको रहेछ । ४. अ.बं.१२४ नं.मा धरौट वा जमानीमा रहेको व्यक्तिले तोकिएको तारेख गुजारेर म्यादभित्र थमाई ल्याउन सकेन भने धरौटी जफत हुनेछ र जमानी राखेको भए तुरुन्तै त्यसको जमानी पक्री लाग्ने रुपैयाँ असूल गरिलिनुपर्छ भन्ने प्रष्ट कानूनी व्यवस्था जानी बुझी जमानी बस्नु भएको छ, अ.बं.१२४ नं.को प्रष्ट व्याख्या भई फैसला भएको छ, निवेदकको फजूल उजूरी खारेज गरी पाउँ भन्ने समेत मनाङ तथा लमजुङ जि.अ.को लिखितजवाफ । ५. साविक मुलुकी ऐन अ.बं.को १५५ नं.मा धरौट वा जमानीमा छुटेको मानिसले म्याद तारेखमा गैह्र हाजिर भयो भने धन जमानी भएकोबाट रुपैयाँ असुल गरी र धरौट रहेको समेत सदर–स्याहा गरी दाखिल गर्नुपर्ने सफाई पाउनेले फिर्ता पाउने व्यवस्था गरेको हालको प्रचलित मुलुकी ऐन अ.बं.१२४ नं.मा साविक मुलुकी ऐन.अ.बं.१५५ नं.मा लेखिए जस्तो सफाई पाउनेले फिर्ता पाउँछ भन्ने उल्लेख भएको देखिएन । अ.बं.१२५ नं.मा धरौट वा जमानीमा छुटेको व्यक्तिबाट फैसलाबमोजिम असुल गर्नुपर्ने केही भए असुल गरी बाँकी धरौट फिर्ता हुनेछ र जमानीपत्र स्वतः खारेज भएको मानिने छ भन्ने र जमानी गर्नेको १ नं.मा जमानी लिंदा जायजातबाट उठ्ने ठहरेको मानिसलाई जमानी लिनुपर्छ भन्दै जमानी भएको रकम असुल भईसकेपछि वा जमानी दिनेलाई नलाग्ने भईसकेपछि सो जमानीपत्र स्वतः बदर हुनेछ भन्ने उल्लेख भएको देखिन्छ