निर्णय नं. ३८६४ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८६४ - लेनदेन भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०३/०८ २७४७ निर्णय नं. ३८६४ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको दे.पु.नं. ७०७ फैसला भएको मिति : २०४६।३।८।५ मा पुनरावेदक/प्रतिवादी : जि. सुनसरी, इटहरी गा.पं. वा.नं १ बस्ने प्रविण आचार्य विरुद्ध विपक्षी/वादी : नेपाल बैंक लिमिटेड सिटी अफिस विराटनगर तर्फबाट ऐ. का. शाखा प्रबन्धक जगन्नाथ उप्रेती मुद्दा : लेनदेन § प्रतिवादीले आफ्नो हिस्सेदार अन्य व्यक्तिलाई गराउँदैमा वादीले आफ्नो जमानी बापतको रकमलाई पनि हिस्सा लगाई अन्य हिस्सेदारबाट असूल गर्न जानु पर्दछ भन्ने कुरा मिल्ने देखिन नआउने । (प्रकरण नं. १४) § भरिभराउ हुने मितिसम्मको ब्याजको दावी गरेको वादीको अधिकार भित्रको होइन भन्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदक, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटी फैसला न्या. गजेन्द्रकेशरी बास्तोला : श्री पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटाको फैसला उपर प्रतिवादी पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ। २. लक्ष्मी ढुङ्गा उद्योग प्रा.लि.को तर्फबाट विपक्षी प्रविण आचार्यले उद्योगको तर्फबाट भविष्यमा बैंक ग्यारेण्टी बनाउने विषयमा सहीछाप आदि र भैपरी आउने कार्य गर्नलाई इनरुवा गा.पं. १ बस्ने निलम निर्माण सेवाका प्रोप्राइटर श्री डम्बरलाल साहलाई ०३८।८।११ मा अधिकार पत्र दिएको थियो । तत्काल कुनै कामको लागि बैंक ग्यारेण्टी जारी गर्न माग गर्नु भएन । ०३८।१२।१५ गते लक्ष्मी ढुङ्गा उद्योग प्रा.लि. को हकमा प्रविण आचार्यले श्री ५ को सरकार सुनसरी मोरंग सिंचाई योजना विराटनगरको ठेक्का नं. ५६ मा टेण्डर हाल्न विड बण्ड वापत रु. १५०००।– जमानी पत्र निष्काशन गरी दिनको लागि यस बैंकमा निवेदन गर्दा रु. १५०००।– मात्रको प्रतिज्ञापन (प्रोमिसरी नोट) क्षति पूरक कबुल पत्रमा मन्जूरी साथ सहीछाप गरी दिए पछि यस बैंकले श्री लक्ष्मी ढुङ्गा उद्योग प्रा.लि. को तर्फबाट श्री ५ को सरकार सुनसरी मोरंग सिंचाई योजना विराटनगरको नाममा जमानी पत्र ०४४।१८२ टेण्डर दिन अर्नेष्ट बापत भनी रु. १५०००।– को जमानी यस बैंकले जारी गरेका थिए । जसमा बोलपत्र रीतपूर्वक स्वीकृति भएमा बोलपत्रदाताले काबु बाहिरको परिस्थितिको कारण बाहेक बोलपत्र बमोजिम करार गर्न मञ्जूर नगरेमा प्रमाणित गरी म्यादभित्र प्राप्त हुने गरी बैंक उपर लिखित रुपमा दावी गर्नु भएमा सो जमानी पत्रको रकम नबढने गरी बोलपत्रदाताले खास व्यहोर्नु पर्ने रकम बैंकले बुझाउने छ भन्ने शर्त यस बैंकले स्वीकार गरी ६ महीनाको लागि उक्त जमानीपत्र जारी गरेको थियो । ६ महीना भित्र उक्त योजनाको लिखत दावी यस बैंकमा पर्न आई शर्त अनुसार यस बैंकले उक्त योजनालाई रु. १५०००।– मिति ०३९।११।६ मा उक्त योजनाको खाता नं. ख. ३–०५० मा चेकद्वारा भुक्तानी दिएको सो भुक्तानी दिनु भन्दा पहिला उक्त रकम यस बैंकमा बुझाउन ल्याउनु होला भनी विपक्षीलाई ०३९।१०।१२ मा पत्र लेखी पठाउँदा बुझाउन नसकेको र बाध्य भई यस बैंकले जमानीपत्र शर्त अनुसार बुझाउन परेको, विपक्षीलाई पटक पटक पत्र लेख्दा ०४०।२।६ मा रु. ५०००।– यस बैंकमा जम्मा गरी बुझाएको र बाँकी रु.१०,०००।– नबुझाएकोले साँवा रु. १०,०००।– र १२ प्रतिशतका दरले हुने ब्याज समेत रु. १७,७८७।३६ समेत र अन्य खर्च समेत विपक्षीबाट यस बैंकलाई दिलाई भराई पाउँ भन्ने समेतको फि