निर्णय नं. १४२० - उत्प्रेषणको आदेश जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४२० - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: फागुन अंक: ११ फैसला मिति :२०३७/०९/२५ २८१४ निर्णय नं. १४२० ने.का.प. २०३७ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३६ सालको रिट नम्वर ११५४ आदेश भएको मिति : २०३७।९।२५।५ मा निवेदक : का.न.पं. वडा नं. २४ यटखा दमाई टोल बस्ने पूर्णकुमारी खड्गीनीसमेत विरूद्ध विपक्षी : जिल्ला कार्यालय काठमाडौं प्र.जि.अ.श्री भक्तबहादुर कोईरालासमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) भोगबन्धकी निखनाई पाउँ भनी दावी लिएको सम्पत्ति निखन्न दिनुपर्ने बन्धकी सम्पत्ति हो होइन भन्ने प्रमाणित बुझी इन्साफ दिनुपर्ने देखिन्छ सो हुँदा उक्त कानुनी व्यवस्था अनुसार नालेश गर्नु भनी सुनाई दिनुपर्नेमा नसुनाई निखनाई दिने ठहराई गरेको निर्णय प्रत्यक्ष कानुनी त्रुटि निर्णय देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) आदेश न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ : २. तथ्य यस प्रकार छ : २००४।४।२१ मा कची पराले घर जग्गासमेत भोगबन्धकी दिएको एकतर्फी पास भएको थैली बुझाउनु भई निखनी देउँ भन्दा नदिएकोले घर जग्गा निखनी पाउँ भन्ने विपक्षी यदु निसानी मियाँको उजूरी हाम्रो दर्ता तिरोको हुँदा सो जग्गा भोगबन्धकी लिएको होइन भन्ने निवेदकहरूको जिकिर भएकोमा लिखित बमोजिम निखनाई दिने ठहर छ भन्ने विपक्षी भूमिप्रशासन कार्यालयबाट भएको निर्णय उपर निवेदकहरूको पुनरावेदन परेकोमा भू.प्र.का.काठमाडौंबाट भोगबन्धकी निखनाई दिने ठहराई गरेको निर्णय मनासिव ठहर्छ भन्ने विपक्षी जिल्ला कार्यालय काठमाडौंबाट ०३६।१०।३ मा निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदकहरूले दिएको रिट निवेदनपत्रमा निखनी पाउँ भनी दावी गरेको जग्गा जो छ सो होइन यो जग्गा हामीहरूको अघि देखिको विर्ता जग्गा हुँदा भोगी आएको घर घडेरी जग्गा हो भनी खोली दिएको थिएँ हकको प्रश्न समावेश भएको हुँदा हक बेहक गर्ने अधिकार विपक्षी कार्यालयहरूलाई नभएकोले अ.बं.३५ नं. ले बदरभागी छ । हाम्रो जग्गा नापीमा डल्लु गा.पं.वडा नं. १ मा कि.नं. १९ मा दर्ता भएको छ जग्गा धनी प्रमाण पूर्जा पाइसकेको छु विपक्षीको हक नभएको प्रष्टै छ त्यसमा पनि जग्गामा हक छैन भनेपछि यो हक बेहकको प्रश्न समावेश भएपछि अदालत जान पर्ने सुनाउन पर्नेमा नसुनाई यो गरेको पर्चा फैसला अनधिकृत छ यो जग्गा हामीले बिक्री गरेकाको नाउँमा समेत लिखत बदर र दर्ता बदर आदि मुद्दा दिएको का.जि.अ.मा छ यसरी अदालतको विचारमा विवाद मुद्दा परेपछि सो अदालतमा परेको मुद्दामा समेत असर पर्ने गरी यसरी फैसला गर्ने अधिकार विपक्षी कार्यालयलाई छैन विपक्षी कार्यालयको फैसला पर्चा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत मुख्य निवेदन जिकिर लिएको रहेछ । ४. भू.प्र.का.काठमाडौंबाट भएको निर्णय उपर पूर्णकुमारी खड्गीनी सुभरत्न खड्गीको पुनरावेदन परेकोमा बदनी सामियासँग घर जग्गा भोगबन्धकी लिखत पाए गराई लिएको देखिन आएकोले लेनदेन व्यवहारको १४ नं. ले भोगबन्धकी जहिलेसुकै निखन्न आए पनि साहूले निखनी दिनुपर्छ भन्ने कानुनी व्यवस्था भएको उक्त पारित भोगबन्धकी लिखत बमोजिमको घर जग्गा निखनाई दिन नपर्ने भन्न नमिल्ने हुँदा निखनाई दिने ठहर्याई यस कार्यालयबाट फैसला भएको हुँदा रिट खारेज हुन अनुरोध गरिन्छ भन्ने समेत विपक्षी जिल्ला कार्यालय