निर्णय नं. ३८६५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८६५ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०३/११ २४२२ निर्णय नं. ३८६५ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको सा.नं. फौ.पु.नं. ६०,५९९ संवत् २०४४ सालको फौ.पु.नं. ६४३ फैसला भएको मिति : २०४६।३।११।१ मा पुनरावेदक/प्रतिवादी : जि. रौ.बसनपट्टी गा.पं.वा.नं. ९ बस्ने रामदेव ठाकुर लोहार विरुद्ध विपक्षी/वादी : जोगेन्द्र सहनीको जाहेरीले श्री ५ को सरकार पुनरावेदक/वादी : जोगेन्द्र सहनी मलाहको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि. रौ.बसनपट्टी गा.पं. वा.नं. ९ बस्ने रामदेव ठाकुर लोहार मुद्दा : कर्तव्य ज्यान § इवी रहेका व्यक्तिले मिटिङ गरेको भोलिपल्ट सबेरै शंकास्पद स्थितिमा देखा परेको र वारदात समेतको क्रमबद्धता तथा निजै प्रतिवादीको बयान र घटना विवरण समेतका आधारबाट अदालतमा इन्कार रहेता पनि निज पुनरावेदक प्रतिवादीको कर्तव्यबाट मृत्यु भएको देखिने । (प्रकरण नं. २२) § सहअभियुक्तको पोललाई आधार मानी दोषी ठहर्याउन कानुनद्वारा नमिल्ने तथा पहिलेको मुद्दाको आचरणको आधारमा दोषी ठहर्याउन नमिल्ने । (प्रकरण नं. २३) श्री ५ को सरकारको तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कुलदेव राज शाही फैसला न्या. गजेन्द्रकेशरी बास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझाई वादी प्रतिवादी दुबै तर्फबाट यस अदालतमा पुनरावेदन परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. मिति २०३९।१२।११ गते विहान वसनपट्टी गा.पं. वार्ड नं. ६ बस्ने जंगिलाल सहनीलाई कर्तव्य गरी मारेको खबर आएकोले घटनास्थलमा आउँदा जंगिलाललाई धारिलो हतियारले नाक कान गाला निधार काटी मारेको लास देखी कुरुवा राखी प्रतिवेदन गर्न आएको छु । कानुन बमोजिम होस भन्ने समेतको प्र.ह. जगदेवप्रसाद यादवको प्रतिवेदन । ३. रामदेव ठाकुर लुहार, सरुप ठाकुर लुहार, लालबाबु ठाकुर लुहार, विरा ठाकुर लुहार, रामाज्ञा राउत कुर्मी, सुखल राउत कुर्मी, पासपत हजरा दुसाध समेतका व्यक्तिहरुले बेलुका पोखरीको किनारामा बसी सल्लाहा गरी राती गाउँका पूर्वपट्टिको भुस र माल समेत राख्ने घरमा सुतिरहेको अवस्थामा बाबु जंगीलाललाई धारिलो हतियारले काटी मारी भागेको अवस्थामा भोला ठाकुरले देखेकोले पहिलेको इवीको कारणले बाबुलाई मारेका हुन । कर्तव्य गरी ज्यान मारेकोमा सजाय गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०३९।१२।१४ गतेको जोगेन्द्र सहनी मलाहको जाहेरी दरखास्त । ४. टाउको तर्फ बायाँ पट्टि गालामा काटिएको लामो लामो घाउ भई रगत प्रशस्त मात्रामा बगेको निधारमा ३” x ३” काटिएको घाउ भएको बायाँ कान देखि आँखीभौं सम्म २”x१” काटिएको घाउ भएको भन्ने समेत व्यहोराको मिति २०३९।१२।१२ को लास जाँच प्रकृति मुचुल्का। ५. टाउकोमा लागेको चोटबाट मृत्यु भएको देखिन्छ भन्ने समेत व्यहोराको मिति २०३९।१२।१३ मा मेडिकल अधिकृतको राय व्यक्त भई आएको पोष्टमार्टम फाराम । ६. म समेतका पासपत हजरा दुसाध, नवलकिसोर थारु, आली मियाँ राकी, विरा ठाकुर लुहार समेत मिली मिति २०३९।१२।११ गते राती जंगीलाल सहनी मलाहलाई मैले गडासाले हानी मारेको हो अरुले समातेका हुन् भन्ने समेत व्यहोराको मिति २०४०।१।१९ को रामदेव ठाकुर लुहारले प्रहरीमा गरेको बयान कागज । ७. अभियुक्त रामदेव ठाकुर लुहारले जंगीलाल